सुखड विद्यालयको नाम जोडेर अवैध काठ तस्करी

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलालीमा एक विद्यालयको नाम जोडेर वन बाट अवैध काठ तस्करी गर्ने गरेको पाइएको छ ।

जील्लाको घोडाघोडी नगरपालिका–८, तरानगरमा रहेको राष्ट्रीय माध्यमिक विद्यालयको नक्कली लेटर प्याड प्रयोग गरि तस्करहरुले स्थानिय विभिन्न सामूदायीक वन बाट सहयोग बाफत काठ माग्ने र बेच्ने गरेको पाइएको छ । शुक्रबार स्थानिय जरही सामुदायीक वन उपभोक्ता समिति बाट ७ थान गोलीया लुकाइ छिपाइ ल्याउने क्रममा फेला परेपछि यो रहस्य बाहिरिएको हो । विद्यालयको सहयोगका नाममा जरहि सामुदायीक वनलाइ लेखिएको नकलि पत्रमा सोहि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र ठकुल्लाको हस्ताक्षर सहितको पत्र फेला परेको छ ।

तर काठ विद्यालयलाइ अवश्क पर्ने त हो, काठ कसरी आयो भन्ने विषयमा आफ्नो कुनै संगलनता नरहेको र आफुलाइ कसैले फसाउने नियतले यस्तो गरेको हुन सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुल्लाले बताए ।

विद्यालयले अघिल्लो वर्षमा पनि यसै गरि जरहि र स्थानिय अन्य सामुदायीक वन बाट विद्यालयलाइ दुइ कोठे भवन र चर्पि निर्माण तथा बेन्च बनाउन काठ आवश्क परेको भन्दै लेखिएका पत्र समेत प्राप्त भएका छन् ।
हरेक वर्ष यसरी नै विद्यालयका तथा अन्य सामाजिक कार्यका लागी भन्दै स्थानिय सामुदायीक वन बाट काठ संकलन गर्ने र बिक्री गर्ने गिरोह रहेको स्थानिय बताउन्छन् ।

सामाजिक कार्यका लागी भन्दै काठ विद्यालयले तथा अन्य संस्थाले माग्ने गरेको तर जुन प्रयोजनका लागी काठ मागीएको हुन्छ । त्यसमा नगएर बाहिरनै लुकाउने र बेच्ने गरेको पाइएको जरहि सामुदायीक वनका अध्यक्ष बिर बहादुर साउदले बताए ।

“शुत्रबारको घटनामा पनि विद्यालय र अन्य दुइ सामाजीक संस्था बाट यस अघि पत्र आएको थियो । तर आफुहरुले लिखित रुपमा दिन नमिल्ने हुदा व्यवहारिक हिसाबले मिलाएर लग्न बताएको थिए । काठ पुग्नु पर्ने ठाँउमा नपुगेर अन्तै लैजान खोजेका रहेछन् ।” सो बरामद गरिएको काठ अहिले साडेपानी सव–डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको र संगलन व्यक्तिको खोजी भैरहेको सब डिभिजन बन साडेपानी प्रमुख गौचरण चौधरीले बताए ।

यो वर्ष काठ मागको लागी राष्ट्रीय माध्यमिक विद्यालय तरानगरले कुनै पनि सामुदायीक वनलाइ आफ्नो विद्यालय बाट पत्र नगएको विद्यालयले बताएको छ । तर काठ सहयोगका लागी भन्दै लेखिएको पत्रमा विद्यायलयको लेटर प्याड प्रयोग भएको विषय अहिले चर्चामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जेसिज सप्ताह सुुरुः पहिलो दिन विरुवा वितरण

धनगढी । धनगढी जेसिजको आयोजनामा आजदेखि जेसिज सप्ताह सुरु भएको छ । समुदायसँग जेसिज नाराका साथ जेसिज सप्ताह सुरु भएको हो । सप्ताहको पहिलो दिन

अझै पढ्नुहोस्
समाचार

प्रदेश सचीवलाई विभिन्न संगठनद्वारा स्वागत

जमुना न्युरे,धनगढी/सुदूरपश्चिम प्रदेश उधोग पर्यटन वन तथा वातावरण मन्त्रालयका प्रदेश सचिव जीवनाथ पौडेललाई धनगढिमा स्वागत गरेका छन् । पेसागत सगठनहरु द्वारा वन तथा वातावरण मन्त्रालय

अझै पढ्नुहोस्
समाचार

कृष्णपुरमा चितुवा पासोमा परेको छ

धनगढी/कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो। बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको

अझै पढ्नुहोस्
समाचार

धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका

अझै पढ्नुहोस्