TRENDING
Como Ganhar na Roleta Jogo a Dinheiro Real
Sites de Roleta: Tudo o que você precisa saber para jogar online
Casino Games No Deposit: A Comprehensive Review
Roulette gratis echtgeld: Alles, was Sie wissen müssen
Next
Prev

सुखड विद्यालयको नाम जोडेर अवैध काठ तस्करी

शेयेर गर्नुहोस

जमुना न्युरे,
सुखड/कैलालीमा एक विद्यालयको नाम जोडेर वन बाट अवैध काठ तस्करी गर्ने गरेको पाइएको छ ।

जील्लाको घोडाघोडी नगरपालिका–८, तरानगरमा रहेको राष्ट्रीय माध्यमिक विद्यालयको नक्कली लेटर प्याड प्रयोग गरि तस्करहरुले स्थानिय विभिन्न सामूदायीक वन बाट सहयोग बाफत काठ माग्ने र बेच्ने गरेको पाइएको छ । शुक्रबार स्थानिय जरही सामुदायीक वन उपभोक्ता समिति बाट ७ थान गोलीया लुकाइ छिपाइ ल्याउने क्रममा फेला परेपछि यो रहस्य बाहिरिएको हो । विद्यालयको सहयोगका नाममा जरहि सामुदायीक वनलाइ लेखिएको नकलि पत्रमा सोहि विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र ठकुल्लाको हस्ताक्षर सहितको पत्र फेला परेको छ ।

तर काठ विद्यालयलाइ अवश्क पर्ने त हो, काठ कसरी आयो भन्ने विषयमा आफ्नो कुनै संगलनता नरहेको र आफुलाइ कसैले फसाउने नियतले यस्तो गरेको हुन सक्ने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ठकुल्लाले बताए ।

विद्यालयले अघिल्लो वर्षमा पनि यसै गरि जरहि र स्थानिय अन्य सामुदायीक वन बाट विद्यालयलाइ दुइ कोठे भवन र चर्पि निर्माण तथा बेन्च बनाउन काठ आवश्क परेको भन्दै लेखिएका पत्र समेत प्राप्त भएका छन् ।
हरेक वर्ष यसरी नै विद्यालयका तथा अन्य सामाजिक कार्यका लागी भन्दै स्थानिय सामुदायीक वन बाट काठ संकलन गर्ने र बिक्री गर्ने गिरोह रहेको स्थानिय बताउन्छन् ।

सामाजिक कार्यका लागी भन्दै काठ विद्यालयले तथा अन्य संस्थाले माग्ने गरेको तर जुन प्रयोजनका लागी काठ मागीएको हुन्छ । त्यसमा नगएर बाहिरनै लुकाउने र बेच्ने गरेको पाइएको जरहि सामुदायीक वनका अध्यक्ष बिर बहादुर साउदले बताए ।

“शुत्रबारको घटनामा पनि विद्यालय र अन्य दुइ सामाजीक संस्था बाट यस अघि पत्र आएको थियो । तर आफुहरुले लिखित रुपमा दिन नमिल्ने हुदा व्यवहारिक हिसाबले मिलाएर लग्न बताएको थिए । काठ पुग्नु पर्ने ठाँउमा नपुगेर अन्तै लैजान खोजेका रहेछन् ।” सो बरामद गरिएको काठ अहिले साडेपानी सव–डिभिजन वन कार्यालयको नियन्त्रणमा रहेको र संगलन व्यक्तिको खोजी भैरहेको सब डिभिजन बन साडेपानी प्रमुख गौचरण चौधरीले बताए ।

यो वर्ष काठ मागको लागी राष्ट्रीय माध्यमिक विद्यालय तरानगरले कुनै पनि सामुदायीक वनलाइ आफ्नो विद्यालय बाट पत्र नगएको विद्यालयले बताएको छ । तर काठ सहयोगका लागी भन्दै लेखिएको पत्रमा विद्यायलयको लेटर प्याड प्रयोग भएको विषय अहिले चर्चामा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Como Ganhar na Roleta Jogo a Dinheiro Real

Sites de Roleta: Tudo o que você precisa saber para jogar online

Casino Games No Deposit: A Comprehensive Review

Roulette gratis echtgeld: Alles, was Sie wissen müssen

Ruletka doświadczenie darmowe spiny – Recenzja kasyna online

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

किसान सहकारीले गर्याे दुई  जना सेयर सदस्यकाे ऋण मिनाह

धनगढी/किसान बहुउद्देश्यीय  सहकारी संस्थाले  दुई जना  सेयर सदस्यकाे ऋण मिनाह गरेकाे छ । सहकारीकाे फूलवारी शाखाले  धनगढी-१८का दुई जना सेयर सदस्यकाे ऋण मिनाह गरेकाे हाे

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

पाचौं जिल्ला अधिबेशन सम्पन्न ,अध्यक्षमा बोहरा

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढीमा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाको पाचौं अधिबेशन आज सम्पन्न भएको छ । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिस्ठान कैलाली जिल्लाका

अझै पढ्नुहोस्
राजनीति

५ दिन बितिसक्दा पनि भएन निर्वाचन नेतृत्व चयनका लागि

जमुना न्युरे,सुखड/नेकपा एमाले कैलालीको अधिवेशनमा जात्रा भएको छ । फागुन ६ गते शुरु भएको अधिवेशन ५ दिन बितिसक्दासम्म सम्पन्न हुन सकेको छैन । पार्टी अध्यक्ष

अझै पढ्नुहोस्
मनोरंजन

बजार सरसफाइ संगै संस्कृतीकाे जगेर्ना गर्न ऐकाडेमीले सुरु गर्याे टीकापुरमा देउसी भैलाे ।

कैलालीको टीकापुर स्थित शितल ऐकाडेमी टीकापुर शाखाले टीकापुरमा बृहत बजार सरसफाइ संगै संस्कृतीकाे जगेडा गर्न शुक्रबार देखी देउसी भेलाे सुरु गरेको छ । शिक्षाकाे क्षेत्रमा

अझै पढ्नुहोस्