सामाजिक सञ्जालमा भाइरल चिप्ले झरना, सुरक्षामा गम्भीर चुनौती

शेयेर गर्नुहोस


धनगढी । सामाजिक सञ्जालमा भाइरल बनेपछि कैलालीको चुरे गाउँपालिका–५ सुरुगडास्थित चिप्ले झरनामा पर्यटकको चहलपहल बढेको छ। फेसबुक, टिकटक लगायतका सामाजिक सञ्जालमा झरनाका आकर्षक तस्बिर तथा भिडियो सार्वजनिक भएपछि कैलालीसँगै डडेल्धुरा, कञ्चनपुरलगायत जिल्लाबाट पर्यटक यहाँ पुग्न थालेका छन् ।


प्राकृतिक सौन्दर्यले भरिएको चिप्ले झरना पर्यटकका लागि आकर्षणको केन्द्र बने पनि सुरक्षा व्यवस्थापन भने चुनौतीपूर्ण देखिएको छ। चिप्लो चट्टान, भिरालो भू–बनोट, गहिरो पानी र पानीको बहावका कारण झरना क्षेत्रमा दुर्घटनाको जोखिम उच्च रहेको स्थानीय बताउँछन्।


यसको पछिल्लो उदाहरण डडेल्धुराका २१ वर्षीय खगीराज पन्तको मृत्यु हो। भदौ ६ गते झरना घुम्न पुगेका पन्त चिप्लिएर बेपत्ता भएका थिए। उनको शव भोलिपल्ट भदौ ७ गते फेला परेको थियो। घटनापछि प्रहरीले तत्कालका लागि झरना क्षेत्रमा सर्वसाधारणको आवागमनमा रोक लगाएको छ।


अस्थायी प्रहरी पोष्ट खानीडाँडाका प्रहरी सहायक निरीक्षक गजेन्द्रसिंह कार्कीका अनुसार झरना क्षेत्रमा चिप्लो चट्टान, भिरालो भू–बनोट र पानीको बहावका कारण दुर्घटनाको जोखिम उच्च छ। सम्भावित मानवीय क्षति रोक्न तत्काल प्रवेशमा रोक लगाइएको उनले बताए।
उनका अनुसार सामाजिक सञ्जालमा झरना भाइरल भएपछि पर्यटकको सङ्ख्या बढेको र कतिपयले जोखिमको ख्याल नगरी चट्टान तथा पानीको नजिक पुगेर फोटो तथा भिडियो खिच्ने गरेका छन्। स्थानीय तहसँगको समन्वयमा जोखिमबारे जानकारी गराउने सूचना तथा चेतनामूलक बोर्ड राख्ने तयारीसमेत भइरहेको उनले बताए।


चुरे गाउँपालिकाका अध्यक्ष चक्र बोगटीले चिप्ले झरना हेर्नलाई जति सुन्दर छ, त्यति नै जोखिमपूर्ण रहेको बताए। उनका अनुसार वर्षायाममा चट्टानमा लेउ लाग्ने भएकाले सतह थप चिप्लो हुन्छ। पर्यटकको सङ्ख्या बढे पनि सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माण हुन नसक्दा व्यवस्थापन चुनौतीपूर्ण बनेको उनले बताए।


बोगटीका अनुसार अहिले ‘चिप्ले झरना’ भनेर चिनिने उक्त स्थान पहिले ‘भूत खोला’ नामले परिचित थियो। स्थानीयस्तरमा लामो समयदेखि परिचित भए पनि सामाजिक सञ्जालमा चर्चा पाएपछि बाहिरी जिल्लाबाट समेत पर्यटक आउन थालेका हुन्। बिदाका दिन चार–पाँच सयसम्म मानिस झरना क्षेत्रमा पुग्ने गरेको चुरे गाउँपालिका–५ का अध्यक्ष वीरबहादुर धामीले बताए।


खानीडाँडा बजारबाट करिब तीन किलोमिटर दूरीमा रहेको झरनालाई व्यवस्थित पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने सम्भावना भए पनि आवश्यक पूर्वाधारको अभाव छ। सुरक्षित पदमार्ग, रेलिङ, तारबार, सिँढी, विश्रामस्थल र जोखिमयुक्त स्थानमा चेतावनी बोर्ड निर्माण गर्नुपर्ने देखिन्छ।

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !