सांसद चाैधरीकाे विना सर्थ रिहा नगरे आन्दोलनमा जाने नागरिक उन्मुक्तिकाे चेतावनी

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले माननीय सांसद अरुण कुमार चाैधरीकाे विना सर्थ रिहा नगरे आन्दोलनमा जाने चेतावनी दिएको छ ।
बिहीबार नागरिक उन्मुक्ति पार्टीले कैलाली क्षेत्र नं. २ बाट बिजयी सांसद माननीय अरुण कुमार चाैधरीकाे विना सर्थ रिहा नगरे आन्दोलनमा जाने बिज्ञाप्ति द्वारा चेतावनी दिएको हाे ।

विज्ञप्ति जारि गर्दै नागरिक उन्मुक्ति पार्टीका प्रवक्ता दामोदर पण्डितले २४ घण्टा भित्र सरकारले नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नं. २ बाट बिजयी संघिय सांसद माननीय अरुण कुमार चाैधरीकाे विना सर्थ रिहा नगरे आन्दोलनमा जाने चेतावनी दिनुभएको छन् ।

नेपाल सरकारकाे वार्ता टाेली र  थारू संयुक्त  संघर्ष समिति, नेपालबीच १० वर्ष अघि २०६९ साल जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएकाे सहमति विपरीत कैलाली २ बाट निर्वाचित प्रतिनिधि सभाका सांसद अरूण कुमार चाैधरीलाई  संसद चलिरहेकाे अवस्थामा २०७९ माघ १९ गते पक्राउ गरेकाे छ ।

थारू संयुक्त  संघर्ष समितिका संयाेजक चन्द्रकुमार चाैधरी, सरकारी वार्ता टाेलीका संयाेजक तथा तत्कालीन शान्ति तथा पुनर्निर्माण मन्त्री टाेपवहादुर रायमाझी, सूर्यमान गुरूङ्ग  तत्कालीन मन्त्री संघीय मामिला तथा स्थानीय विकास सरकारी वार्ता टाेलीका सदस्य, राधा ज्ञवाली, मन्त्री उर्जा,  सरकारी वार्ता टाेलीका सदस्य र थारू संयुक्त  संघर्ष समितिकाे तर्फबाट तत्कालीन माननीय रामचरण थारू, उपेन्द्र गच्छादार, बलदेव चाैधरी, गाेपाल दहित, फूलमति चाैधरी, भानु चाैधरी, माननीयहरू सन्ताेष थारू, ईन्द्रजित थारू, लक्ष्मण थारू, माननीयहरू वीरमान चाैधरी,  रूपा चाैधरी,   सन्त कुमार चाैधरी, विष्णु प्रसाद चाैधरी, सुन्दरा थारूहरूका साथै  राजाराम चाैधरी, मा. कृष्ण कुमार चाैधरी,  धनीराम चाैधरी, मिनराज चाैधरी, मा. भगवती चाैधरी, मा. देवीलाल चाैधरी र सरस्वती चाैधरी समेतकाे वार्ता टाेलीले २०६९ साल जेठ १० गते शान्ति तथा पुनर्निर्माण मन्त्रालयमा भएकाे नेपाल सरकारकाे वार्ता टाेली र  थारू संयुक्त  संघर्ष समितिसँग १० बुँदे सहमति गरेकाे थियाे ।

नेपाल सरकारकाे वार्ता टाेली र  थारू संयुक्त  संघर्ष समितिसँग भएकाे १० बुँदे सहमतिकाे बुँदा नम्बर आठमा भनिएकाे छ-” थारूहरूकाे चरणाबद्ध रपमा गरेकाे आन्दाेलनकाे क्रममा पक्राउ परेकालाई निसर्त  रिहा गर्ने, आन्दाेलनकाे क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने ।”

”आन्दाेलनकाे क्रममा लगाइएका सबै मुद्दा फिर्ता लिने ।” सहमति गरेकाे नेपाल सरकारले अहिले आएर त्यही आन्दाेलनकाे क्रममा लगाइएका मुद्दालाई  आधार मानेर नेपाल सरकारले गरेकाे सहमति विपरीत मुद्दा फिर्ता लिएकाे १० वर्षपछि सांसद अरूण कुमार चाैधरीलाई पक्राउ गरेर  किन पुन थारूहरूलाई बिच्काएर संकट निम्त्याउँदैछ ?

ताजा खबर

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

Comprehending ESA Letters in South Carolina: A Comprehensive Overview

Roulette Test System Best Bonus: A Comprehensive Guide

Comprehending ESA Letters: A Comprehensive Overview

सम्बन्धितखवर

छुटाउनु भयो कि !