सहकारी पीडितको पीडा राज्यको समस्या बन्न नसक्नु चिन्ताको विषय हो : नेता महर

शेयेर गर्नुहोस

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले समस्याग्रस्त सहकारी व्यवस्थापनमा सरकार गम्भीर बन्नु पर्ने बताएका छन्। धनगढीमा बुधबार बिहान पत्रकारहरूसँगको भेटघाटमा नेता महरले १५ वटा सहकारीबाट २८ हजार बचतकर्ताको १२ अर्ब ९९ करोड ६४ लाख अपचलन भएको पाइएकाले समस्या समाधानमा सरकार गम्भीर बन्नुपर्ने बताएका हुन्।

‘सरकारद्वारा गठित काशीराज दाहाल नेतृत्वको ‘समस्याग्रस्त सहकारी व्यवस्थापन समिति’को कार्यालयले कृषि, सहकारी तथा प्रकृति स्रोत समितिमा आइतबार गरेको बिफ्रिङमा १५ वटा समस्याग्रस्त सहकारीबाट २८ हजार १०८ जना बचतकर्ताहरूको १२ अर्ब ९९ करोड ६४ लाख रुपैयाँ बराबरको बचत अपचलन भएको देखाएको छ। १५ वटा सहकारीलाई समस्याग्रस्त घोषणा गरिए पनि ३१ हजार बढी सहकारी संघ संस्थाहरूमध्ये करिब ५ सय सहकारी समस्यामा रहेका छन्,’ उनले भने।

पूर्व गृहमन्त्री हुन् वा ठूला व्यापारी जनताको रकम अपचलन गर्ने छुट कसैलाई नभएको महरको भनाइ छ। सहकारी क्षेत्रको नियमनका लागि नेपाल राष्ट्र बैंक पनि सक्रिय हुनुपर्ने महरले बताएका छन्। सहकारी सम्बन्धी ऐनमा भएका राम्रा व्यवस्थाको उचित कार्यान्वयन गर्दै दोषीलाई कानुनी कारबाही गर्न महको माग छ।

सहकारी ऐनमा भएको बचत तथा ऋण सुरक्षण कोष स्थापना, स्थिरीकरण कोष स्थापना, कर्जा सूचना केन्द्रको स्थापना गर्नुपर्नेजस्ता व्यवस्थालाई सरकारी जानाजान कार्यान्वयन नगरेको उनले बताए। ‘ऐनको दफा १०१ मा कर्जा सुरक्षण कोषको व्यवस्था गरिएको छ। यो कोषले बचतकर्ताको निश्चित रकमको बिमा गर्छ। ऐनमा भएको यस्तो व्यवस्था अहिलेसम्म कार्यान्वयन भएको छैन,’ उनले भने।

‘सहकारी ठगी र बचतकर्ताको रकम अपचलनको विषय बचतकर्ताहरूको जीवनसँग जोडिएको हुन्छ। दैनिक सानोतिनो कारोबार गरेर जनताले नजिकको सहकारीमा थोरै थोरै रकम जम्मा गरिरहेका हुन्छन्। उक्त रकममा सहकारीमा सुरक्षित हुने र आफूलाई आवश्यक परेको समयमा काम लाग्ने उनीहरूको विश्वास हुन्छ। सोझा र न्यून आए भएका जनताको त्यही रकम हिनामिना गरिदिनु ठूलो अपराध हो। अपराधीले उन्मुक्ति पाउनु हुँदैन,’ उनले भने।

सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि सहकारी ऐन संशोधनको आवश्यक रहेको विषय बहसमा रहेकाले उक्त ऐन संशोधनमा सरकारले ढिलाइ गर्न नहुने महरले बताए।

गलत नियत राखेर नै खुलेका केही सहकारीबाट वित्तीय जोखिम बढेको महरले औँल्याएका छन्। ‘केही सहकारी गलत नियतका साथ खुलेका र सहकारीको मूल्य मान्यता तथा सिद्धान्त विपरीत चलेका छन्। त्यस्ता सहकारी सञ्चालकहरूले आफू खुसी चल्ने र कर्जासमेत मनलाग्दी क्षेत्रमा हाल्ने गरेका छन्। उनीहरूले नक्कली ऋणी बनाएर नक्कली धितोमा समेत करोडौंको कर्जा लगानी गर्ने गरेका घटना हामीले सुन्ने गरेका छौं। यो गम्भीर विषय हो,’ महरले भने।

सहकारी एक अर्का बिचको सहकार्यात्मक अवधारणा भएकाले समुदायका व्यक्तिहरू संगठित भई सदस्यको हित प्रवर्धनमा काम गर्नुपर्ने उनले बताए। व्यक्ति, परिवार, समाज र समग्र राष्ट्रको आर्थिक एवं सामाजिक उत्थानको लागि गरिने एकीकृत प्रयास नै सहकारी भएको महरले बताए।

‘सहकारीले छरिएर रहेको श्रम, सीप, प्रविधि र पुँजीलाई एकत्रित गर्दछ। सहकारीको मूलभूत उद्देश्य संलग्न सदस्यहरूको आर्थिक उत्थान गरी सामाजिक न्याय र समानता दिलाउनु हो। नेपालमा पहिलो पटक चितवनको शारदा नगरमा २०१३ साल चैत्र २० ‘बखान ऋण सहकारी संस्था’ स्थापना भएको थियो।

संघीय सहकारी विभागमा भएको रेकर्डअनुसार हाल देशभरबाट करिब ३१ लाख ३७३ वटा सहकारी संघ संस्थाहरू सञ्चालनमा छन्।

ताजा खबर

Westace Free Spin Country Restrictions

Verified Automobile Rental Industry: The Ultimate Overview

Der Ultimative Überblick für Online-Casino Einzahlung von 5 Euro

Beste Online Casino-Seite Tatsächliches Bargeld: Ein Umfassender Überblick für Spieler

Spin the Reels Anywhere with Mobile Casino Apps in Australia

VillaSpin Chargeback Policy Verbot

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा

धनगढी/धनगढीमा हुने ‘श्रमाधान रोजगार मेला’को तयारी पुरा भएको छ । जेठ २७ र २८ गते कैलालीको धनगढीमा हुने सुदुरपश्चिम प्रदेश स्तिरिय मेलाको तयारी पुरा भएको

अझै पढ्नुहोस्