सालको पातमा पनि धनगढी उप–महानगरपालिकले लगायो कर

शेयेर गर्नुहोस


धनगढी/ धनगढी उप–महानगरपालिका वडा नं ६ कि सुग्घर चौधरी मंगलवार ५ बिड्की (मुठा) सालको पात बेच्नलाई त्रिनगर हाट बजारमा बसेकी थिईन । दिनभरी हाटबजारमा बस्दा पनि एक मुठो सालको पात बेच्न नसक्नुको पिडा त छदै थियो त्यो भन्दा बढी धनगढी उप–महानगरपालिकाको ठेकेदारलाई बेलुकी कर कहाँबाट बुझाउने भन्ने चिन्ता थियो ।


पात बेचिएपनि नबेचिएपनि धनगढी उप–महानगरपालिकालाई कर बुझाउनै पर्छ चौधरीले भनिन्,‘कहिले त कर बुझाउन घरबाट पैशा बोकेर आउनुपर्छ ।” एक मुठो सालको पात मुस्कीलले ५० रुपियाँमा बेच्न सकिन्छ चौधरीले भनिन्,‘ त्यो पनि श्राद्ध, पुजाआजाको समयमा बेचिने हो । ” जंगलमा गएर पात खोज्न निकै सयम खर्च गर्नुपर्छ त्यो पनि बेचिदैन धनगढी उप–महानगरपालिकाले अव पात बेचेर पनि खान नदिने भयो उनले पिडा सुनाईन ।


उप–महानगरपालिकाले सालको पात हाट बजारमा लगेर बेचेमा दैनिक ३५ रुपियाँ कर लिने गरेको छ । जो मासिक रुपमा बेचेमा १ हजार ५० र बर्षिक रुपमा १२ हजार ६ सय हुन आउँछ । धनगढीले सालको पात बेच्ने, साईकलमा तरकारी बेच्ने लगायत सामान्य काम गरेर छाकटार्नेहरुबाट पनि चर्को कर अशुली रहेको गुनासो आईरहेको छ । धनगढी उप–महानगरपालिकाका राजश्वशाखा प्रमुख योगेन्द्रबहादुर चन्दले हाट बजारमा कारोवार गर्नेबाट बहाट बिटौली कर बाफत कर लिने गरेको बताए ।

ताजा खबर

Casino mit PayPal mit Turnieren: Alles, was Sie wissen müssen

Trixino USDT Withdrawal: Choisir le Bon Réseau

Vérification de l’âge chez Wildies : Quelles Preuves Sont Acceptées

Casino Anbieter neu: Alles, was Sie wissen müssen

Casino Echtgeld mobil: Alles, was Sie wissen müssen

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सालको गोलिया सहित घोडाघोडीबाट ट्याक्टर बरामद

सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा नं. ९ को भगतपुर गाउँ बाट गएको राती सालको गोलिया सहित ट्याक्टर बेबारिसे अवस्थामा बरामद गरिएको छ । सब डिभिजन

अझै पढ्नुहोस्