सबडिभिजन बन कार्यालय पन्डौनको भवन उदघाटन

शेयेर गर्नुहोस

जमुना न्युरे,पण्डौन/कैलाली जिल्लाको मोहन्याल गाउँ पालिका वडा ४ खिमडिमा सब डिभिजन बन कार्यलय पन्डौनको नव निमिर्त भवन आज एक कार्यक्रम बिच उदघाटन गरिएको छ ।

उदघाटन कार्यक्रममा बोल्दै मोहन्याल गाउँपालिका अध्यक्ष देबिदत्त उपाध्यायले वन कार्यलय र अरु कार्यलयहरु एउटै निकाए हो निकाए फरक फरक होइन ,। स्थानीय सरकार सन्चालन ऎन २०७६ अनुसार गाउँ पालिकाले सामुदायिक वनको कुल आम्दानीको १० प्रतिशत रकम गाउँ लाई दिनु पर्ने बताए ।उनले भने सामुदायिक बनले गाउँपालिका सग समन्वय नगरे सामुदायिक बनको रकम बिधालय , बाटो निर्माण , विभिन्न कार्यक्रममा पदाधिकारीहरुले आफू खुसि रकमको खर्च गरेर अहिले मोहन्याल गा.पाका धेरै सामुदायिक बन अख्तियारको फन्दा परेको बताए ।

कार्यक्रममा बोल्दै मोहन्याल गाउँ पालिका वडा २ अध्यक्ष जय प्रकाश मल्लले सब डिभिजन पन्डौन कार्यलय बनेकोमा खुशी छौ आफ्नो कार्यलय क्षेत्रगत रुपमा जिल्ला बनले चासो दिनु पर्छ , पहाडि क्षेत्रमा सामुदायिक वनहरु मोहन्याल गाउँपालिकाको बिकासमा टेवा पुर्‍याएका छन् । सामुदायिक बनहरुलाइ डिभिजन बनले निगरानी गर्नु पर्ने , आर्थिक पारदर्शितामा जोड दिनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै भुकृटी माध्यामिक बिधालयका प्र अ चक्र बहादुर रास्कोटीले सामुदायिक बनको आम्दानी सुरक्षित छैन , आम्दानी को उपलब्धि छैन , उपभोक्ताहरु लाई आर्य आर्जन जस्ता कार्यक्रम गरिदैन , सामुदायिक बनको निर्णय होटेल बाट गरिन्छ , सामुदायिक बनमा काठ बिक्रीवितरणमा प्रत्यक्ष रुपमा काठ ब्यबसायीको भुमिका हुने जस्ले गर्दा आम उपभोक्ताहरुलाइ केही कुरा थाहा नहुने बताए ।

शिव शक्ति सामुदायिक बन अध्यक्ष गोपाल थापाले
स्थानीय तह सङ समन्वय नभएको पालिकालाई सामुदायिक बनको आम्दानी १० % रकम दिने घोषणालाई
आम्दानी को स्रोत लाई परिचालन पालिकाले निगरानी गर्न , सामुदायिक बनलाइ हेर्ने नजर फरक रहेको , जहिले पनि आर्थिक मात्र नहेरेर सामुदायिक बनको सरक्षणमा ध्यान दिनु पर्नेमा जोड दिए ।

सब डिभिजन बन पन्डौनको भवन उदघाटन गर्दै डिभिजन वन कार्यलय पहलमानपुरका प्रमुख रामबिचारी ठाकुरले सब डिभिजन पन्डौनको भवन निमार्णका लागि जग्गा उपलब्ध गराएका सकर दर्नलालाई विशेष धन्यवाद दिदै , आगामि दिनहरुमा बन कार्यलयलाइ सहयोग गर्न आसाबादी रहेको बताए ।


जुनसुकै निकाए भए पनि यहाको बिकासमा जोड , बिकासमा एक जुट , हामी सबै , बन ऎन र स्थानीय ऎन यहाको बन बिकास , सामुदायिक वनको सरक्षण तथा सदुपयोग गर्दै ,आर्थिक पारदर्शिता बनादौ बजेट बाडफाट गर्न बनको कार्यसम्पादन गर्न आफ्नो भवन बाट सेवा दिदा सेवाग्राहीलाई अब सहज हुने जोड दिए ।
कार्यलयको भवन निर्माण डिभिजन बनको ४६ लाख ३६ हजार लागतमा बनाएको थियो ।

ताजा खबर

The Ultimate Guide to Neospin Official: Everything You Need to Know

Mummyland Treasures: почему казахстанцы выбирают этот слот

Free Online Slot Games – How to Win Real Money at Home

Les Machines Électroniques de Hasard du Ludothèque Spinrise Casino

Overview of Stardust Casino Gaming Services and Facilities.

Understanding Nitro Casino: A Guide to Online Gaming Options

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा भूमिहिन र अव्यवस्थितकाे फारम भर्न छुटेकाले फारम भर्न पाउने

टीकापुर/कैलालीको टीकापुरमा राष्ट्रिय भूमि प्राप्तिको अभियान अन्तर्गत भूमिहिन दलित भुमिहिन सुकुम्वासी र अव्यवस्थित बसोबासीमा यस अघि फारम भर्न छुटेका परिवारले फेरि फारम भर्न पाउने भएका

अझै पढ्नुहोस्