सत्ती कर्णाली सामुदायिक वनको अध्यक्षमा जितराम चौधरी निर्वाचित

शेयेर गर्नुहोस


सत्ति / टीकापुर ७ स्थित सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा जितराम चौधरी निर्वाचित हुनु भएकाे छ ।


शनिबार भएको मतदानमा उनले ५३३ मत ल्याउनुभएकाे छ भने उनका प्रतिस्पर्धी शेर बहादुर ठकुल्लाले ३५३ मत प्राप्त गर्नुभएकाे थियाे । त्यसैगरी चौधरी प्यानलका उपाध्यक्ष मन्जु चौधरी ४८० मत ल्याई विजयी भएकी छन भने उनका प्रतिस्पर्धी कला धामीले ३३० मत ल्याउनुभएकाे छ । 


त्यस्तै कोषाध्यक्षमा अस्मिता ठकुल्ला ५१९ मत ल्याइ विजयी हुनुभएको छ । भने उनका प्रतिस्पर्धा राधा जिसीले ३११ मत ल्याइन् । सहसचिवमा मोहन रावल ५२२ मत सहित विजय भएका छन् । सहसचिवका उम्मेदवार ओमलाल सुनारले ३०७ मत ल्याए भने सचिवमा रामकृष्ण चौधरी निर्वाचन अघि नै निर्विरोध निर्वाचित भैसकेका थिए ।


त्यसैगरी सदस्यमा ठकुल्ला प्यानलका साविक धनसिंहपुर गाविस वडा न २ चेतना नेपाली, सेतबहादुर साउँद, गंगा बिक विजयी भएका छन् । नारायणपुर ८ बाट गायत्री देवी स्वाँर, जसु देवी बिष्ट, सन्तोष नेपाली विजयी भएका छन् ।
साविक नारायणपुर ७ बाट साधुराम चौधरी, दिलकुमारी पुन विजयी भएका छन भने नारायणपुर ५ का प्रेमलाल श्रेष्ठ र जानकी चाैधरि यस अघि नै निर्विरोध चयन भएका छन् ।

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

मेसीद्वारा पेलेको कीर्तिमान बराबरी

 स्पेनिस क्लब बार्सिलोनाले ला लिगा फुटबलमा भ्यालेन्सियाबिरुद्ध बराबरी खेलेको खेलमा कप्तान लियोनेल मेसीले पेलेको कीर्तिमान बराबरी गरेका छन्। एउटै क्लबका लागि पेलेले बनाएको सर्वाधिक गोलको

अझै पढ्नुहोस्