शैक्षिकसत्र सुरु भएको नौ महिना सम्म धनगढीका बिद्यार्थीले पाएनन् पाठ्यपुस्त

शेयेर गर्नुहोस

दिपक बम, धनगढी । कैलालीको धनगढीमा शैक्षिक सत्र सुरुभएको नौ महिना बितिसक्दा समेत बिद्यार्थीहरुले पाठ्यपुस्तक पाएका छैनन् । आधारभूत तह (कक्षा १ देखी ८ सम्म) पढाई हुने स्थानीय बिषय अन्तरगतको“हाम्रो धनगढी”नामक पाठ्यपुस्तक हाल सम्म पनि नपाएका हुन् । बिद्यार्थीको हातमा नौ महिना सम्म पनि पाठ्पुस्तक नहुँदा पठन–पाठनमा समस्या भईरहेको सामुदायिक तथा निजी बिद्यालयहरुले गुनासो गरेका छन् । धनगढी उप–माहानगरपालिकाले स्थानीय बिषय “हाम्रो धनगढी”को पाठ्क्रम लागु गरे पनि पाठ्यपुस्तक नहुँदा बिद्यार्थीको गृहकार्य देखि लिएर पाठन–पाठनमा समस्या भएको सामुदायिक तथा निजी बिद्यालयहरुको भनाई छ ।


पाठ्यपुस्तक नपाउँदा बिद्यार्थी र शिक्षकलाई सो बिषयको पठन–पाठनमा समस्या भएको त्रिनगर माद्यामिकका स्थानीय विषयका शिक्षक कलम बमले गुनासो गरेका छन् । उनले पाठ्यपुस्तक नहुदा हरेक कुरा कक्षा कोठामा लेखाएर पढाउन समस्या भइरहेको बताए । पाठ्यपुस्तक विद्यार्थीको हातमा नहुँदा पठन–पाठन गर्न असहज भइरहेको त्रिनगर माद्यामिक विद्यालयका प्रधानाध्यापक भुपाल खड्काले बताए । उनले पाठ्यक्रमलाई आधार मानेर शिक्षकले पढाइरहेको भए पनि विद्यार्थिहरुलाई गृहकार्य गर्न समस्या भईरहेको बताए ।


उप–महानगरपालिकाले पाठ्यपुस्तक तयार पारेर अर्को शैक्षिक शत्रबाट पठन–पाठन गाराउदा पनि हुन्थ्यो उनले भने,“उपमहानगरले पाठ्यक्रम बनायर पठायो त्यसले पठन–पाठनमा समस्य भइरहेको छ ।” आउँदो वार्षिक परिक्षा अगावै विद्यार्थीको हातमा पाठ्यपुस्तक भए वार्षिक परिक्षमा सहज हुने प्रधानाध्यापक खड्काले बताए । उनले उप–महानगपालिका तथा शिक्षा शाखालाई पाठ्यपुस्तक विद्यार्थीको हातमा पुर्याउन माग समेत गरेका छन् ।


“हाम्रो धनगढी”नामक स्थानीय विषयमा पाठ्यक्रमका अध्यपन गराउदा विभिन्न विद्यालयका शिक्षकको फरक ज्ञान र अनुभवले परिक्षाको प्रश्नपत्रमा विद्यार्थीको उत्तर फरक हुन जाने शारदा माद्यामिक विद्यालयका शिक्षक हरिभक्त भट्टले बताए । पाठ्यपुस्तक निर्माणमा उप–महानगर गम्भिर नभएको उनको आरोप छ ।धनगढी उप–महानगरमा विज्ञ व्याक्ति नभएका होइनन् उनले भने, “स्रोत साधनको अभाव पनि छैन तर पाठ्यपुस्तक निर्माण गर्ननसक्नु धनगढी उप–महानगरको कमजोरी हो ।”
सामुदायिक विद्यालयहरुले पाठ्यक्रमका आधारमा कक्षा १ देखी ८ सम्म पठन–पाठन गराए पनि निजी स्तरका केही विद्यालयहरुले कक्षा ८ मा मात्र पढाइरहेका छन् । पाठ्यक्रम बनाएको छ तर त्यसमा कति सम्म पढाउने र के–के पढाउने? भनेर यकिन नहुँदा नगर स्तरिय परिक्षालाई मध्यनजर गरी कक्षा ८ मा मात्र पढाउने गरेको हिमाल एकेडेमिकी प्रिन्सीपल माया सर्माले बताईन् ।


शैक्षिक शत्र सुरु भएको नौ महिना वितिसक्दा पनि पुस्तक नपाउदा पढ्न निकै समस्या भएको पञ्चोदय माद्यामिक विद्यालय कक्षा आठमा अध्यनरत विद्यार्थी हिमान्सु विष्टले बताए । शैक्षिक शत्रको दोस्रो अर्धवार्षिक परिक्षा दिइसक्दा पनि पुस्तक नपाएको गुनासो गरे । शिक्षकले दिएको गृहकार्य गर्न निकै समस्या हुने गरेको कक्षा आठमा अध्यनरत विद्यार्थी रुपेश शाहले बताए । उप–महानगर स्तरीय वार्षिक परिक्षा नजिकिदै गर्दा पुस्तक नहुदाँ पढ्न गाह्रो भएको उनको भनाई छ ।

पाठ्यपुस्तक लेखनका लागी उप–महानगरपालिकाले तिन पटक सूचना निकाल्दा कसैको दरखास्त नपरेको धनगढी उप–महानगरपालिका नगरप्रमुखको सचिवालयले सत्तिकर्णाली अनलाइन लाई बताएको छ । उप–महानगरपालिकाले पहिलो सूचना २०८० भाद्र ६ गते प्रकाशित गरेको थियो । पहिलो सूचनामा दरखास्त नपरेपछि असोज महिनामा दोस्रो सूचना प्रकाशित र तेस्रो पटक मंसिर ७ गते फेरि सूचना प्रकाशित गरेको थियो ।

तेस्रो पटक सूचना प्रकाशित गर्दा कसैको दरखास्त नपरेपछि पुनः शिक्षकहरुबाट समिति बनाएर काम पाठ्पुस्तक निर्माणको काम भैरहेको उप–महानगरपालिले जनाएको छ । आउदो शैक्षिक सत्रको सुरुमा नै पाठ्यपुस्तक प्रकाशन गरिसक्ने नगर प्रमुखको सचिवालयले जानकारी दिएको छ ।

ताजा खबर

SlotLair – Ein Spiel der Chance und des Ruhms in Glücksspielanlagen

LExpérience BravoPlay en Ligne : Jouer les Machines à Sous avec Précaution

Hry v kasíne GTbet podľa šance a šťácie.

Luckyhaul: Gelukkige Winst bij Gokmachines en Spellen

Avia Masters: Where the Skies Become Your Playground

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы

Обзор Пинап казахстанского сайта казино и букмекерской платформы Пинап — это один из самых популярных казахстанских сайтов, предлагающий услуги онлайн-казино и букмекерской платформы. В данной

अझै पढ्नुहोस्
समाचार

भारत जाने श्रमिकको तथ्याँक राख्न प्रदेश सचिबलाई मुख्यमन्त्रीको निर्देशन

कैलाली /सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भारतमा रोजगारीका लागि जाने श्रमिकको सन्दर्भमा प्रदेश सरकार संबेदनशिल रहेको बताउनु भएको छ । नेपाल बीमा प्राधिकरण सुदुरपश्चिम प्रदेशले

अझै पढ्नुहोस्

Υπέροχα σχέδια διακόσμησης σπιτιού με το sweetyspin και έξυπνες ιδέες ανακαίνισης

Υπέροχα σχέδια διακόσμησης σπιτιού με το sweetyspin και έξυπνες ιδέες ανακαίνισης Δημιουργικές Εφαρμογές του Sweetyspin στην Κουζίνα Επιλογή Χρωμάτων και Υφών Sweetyspin στο Σαλόνι: Δημιουργία

अझै पढ्नुहोस्