लागू औषध खैरो हेरोईन सहित प्रहरीद्वारा दुई युवक पक्राउ

शेयेर गर्नुहोस


टीकापुर/कैलालीकाे टीकापुरमा लागू औषध खैरो हेरोईन सहित दुइ युवकलाई प्रहरीले पक्राउ गरेकाे छ ।


टीकापुर नगरपालिका-९ खक्रौलाबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित जानकी गाउँपालिका-९ बस्ने २३ वर्षीय नैन सिंह साउदलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हाे ।


इलाका प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यसैगरी कैलालीकाे लम्कीचुहा नगरपालिका-१ लम्की बसपार्कबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४ ग्राम ५ सय ३० मिलिग्रामसहित सोही नगरपालिका-५ बस्ने भारत उत्तर प्रदेश घर भएका ४० वर्षीय मनमोहन तिवारीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रदेश प्रहरी कार्यालय धनगढी र इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Highlights

कृष्णपुरमा निशुल्क आँखा शिविर सम्पन्न, पाँच हजार ७ जनाले लिए सेवा

जमुना न्युरे ,गुलरिया/कृष्णपुर नगरपालिकाको आयोजना र धनगढी नेत्रालयको प्राविधिक सहयोगमा संचालन भएको निशुल्क आँखा शिविर मंगलबार सम्पन्न भएको छ । पौष १ गते वडा न.१

अझै पढ्नुहोस्
समाचार

निसर्ग अस्पतालका अध्यक्ष पन्त सम्मानित

धनगढी/धनगढी स्थित निसर्ग अस्पताल एण्ड रिसर्च अस्पतालका अध्यक्ष तिर्थराज पन्त सम्मानित भएका छन् । नेपाली कांग्रेस कैलालीको दोस्रो सम्मेलनमा स्वास्थ्य क्षेत्रमा योगदान पुराएको भन्दै अध्यक्ष

अझै पढ्नुहोस्
पर्यटन

थारु परम्परागत शैलिका माटोको लिपपोत, खरले छाएको चिटिक्क “होमस्टे बसेरा”

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा न -३ स्थित बसेरा होमस्टेमा पाहुनालाइ स्वागत गर्न थारु पहिरनमा सजियर महिलाले डेलुवामा फुलमाला र पुरुषको काधमा हलो

अझै पढ्नुहोस्
समाचार

आपसी विवादका कारण गौरीगङ्गा साझेदारी वन कार्यान्वयनमा समस्या

सुखड/कैलालीको गौरीगङ्गा साझेदारी वन आन्तरिक विवादका कारण कार्यान्वयनमा आउन सकेको छैन । साझेदार पक्ष तथा सरोकारवालाहरूको सहभागितामा वनको दिगो व्यवस्थापन गरी राष्ट्रिय तथा स्थानीय अर्थतन्त्रमा

अझै पढ्नुहोस्