लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न

शेयेर गर्नुहोस

धनगढी/कैलालीको धनगढीमा लागूऔषध दुर्व्यसनविरुद्धको बृहत पैदलयात्रा धनगढीमा सम्पन्न भएको छ।धनगढी चौराहा हुँदै पार्कमोडसम्म नेपाल विद्यार्थी संघ धनगढी उपमहानगर कार्यसमितिको आयोजनामा बृहत पैदलयात्रा गरिएको नेविसंघ धनगढी नगर इकाइका सचिव कमल एडीले बताए।

पछिल्लो समयमा लागूपदार्थ दुर्व्यसनले गर्दा हजारौं संख्यामा युवा कुलतमा लागेर धन र जीवनको क्षतिसँगै घरपरिवारलाई समेत तहसनहस बनाइरहेको अवस्थालाई नियाल्दै समाजमा सचेतना फैलाउने उद्देश्यले उक्त पैदल यात्रा गरिएको नेविसंघ धनगढी नगर इकाईका सभापति तथा कार्यक्रम संयोजक दिपेश बोहराले जानकारी दिए।

‘लागू औषध त्यागौं ,स्वस्थ र सुखी जीवनतर्फ लागौँ’ भन्ने मूल नाराका साथ आयोजना गरिएको बृहत पैदलयात्रामा नेपाल सरकारका परराष्ट्रमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाको प्रमुख आतिथ्यता र सुदूरपश्चिम सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्कालगायतका मन्त्रीहरुको आतिथ्यता रहेको थियो।

यस्तै कार्यक्रममा जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला अधिकारी, नेपाल प्रहरी प्रमुख, शसस्त्र प्रहरी प्रमुख, नेविसंघका केन्द्रीय पदाधिकारीदेखि जिल्ला नगर इकाइका पदाधिकारीको उपस्थिति रहेको थियो।

यस्तै कार्यक्रममा जेसिज धनगढी महानगरपालिका भित्रका विभिन्न क्याम्पस विद्यालयका विद्यार्थीहरू सामाजिक अभियान्ता लगायतका व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको कार्यक्रम संयोजक बोहराले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

नागरिक उन्मुक्ति पार्टीको वडा नं. १ मा प्रथम वडा भेला सम्पन्न

धनसरा बुढा,टीकापुर/नागरिक उन्मुक्ति पार्टीको टीकापुर १ मा प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ । शनिबार कैलालीको टीकापुर नगरपालिका वडा नं. १ मा

अझै पढ्नुहोस्
Highlights

निजामती सेवामा फेरि आन्तरिक प्रतिस्पर्धा राख्न लबिङ

टीकापुर/ निजामती सेवामा आन्तरिक प्रतिस्पर्धाबाटै माथिल्लो पदमा जान पाउने व्यवस्था कायम राख्न लबिङ सुरु भएको छ । सरकारले ‘निजामती कर्मचारी सेवासम्बन्धी विधेयक’ फिर्ता लिएर पुनः

अझै पढ्नुहोस्
समाचार

भूकम्प प्रभावित क्षेत्रका लागि कांग्रेसले केन्द्रीय स्तरबाटै रणनीति बनाउनुपर्छ : नैनसिंह महर

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले भूकम्प पीडितका समस्या समाधानमा सरकार सुस्त देखिएको अवस्थामा कांग्रेस सक्रिय बन्नुपर्ने धारणा व्यक्त गरेका छन्। विश्व शौचालय दिवसको

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी तालमा सुचक प्रजाती गणना कार्य सुरु

जमुना न्युरे,सुखड/देशभरि का जलाशय, सिमसारक्षेत्र र रामसारक्षेत्रमा आगन्तुक जलपन्छी गणनाका लागि चराकर्मी , चराप्रेमी भने देश भरिका जलाशयमा जलपन्क्षी गणना मा ब्यस्त रहेका छन् ।

अझै पढ्नुहोस्