TRENDING
Kasyno online Vulkan Vegas – Metody płatności
Kasyno online Vulkan Vegas – Metody płatności
Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы
Lemon Casino – szczegółowa recenzja Lemon Kasyno
Lemon Casino – Online Casino Recenzje
Next
Prev

लम्पी स्किन रोग सङ्क्रमित पशुहरुको उपचारको लागि प्रयोग गर्न सकिने उपचार विधि

शेयेर गर्नुहोस

टीकापुर/लम्पी स्किन रोग गाई गोरु / राँगा/भैंसीमा क्याप्रीपक्स भाइरस अन्तर्गतको लम्पी स्कीन डिजिज भाइरसका कारण लाग्ने रोग हो। यो रोग सामान्यतया टोक्ने वा रगत चुस्ने झिंगा (डॉस), लामखुट्टे, किर्ना, भुसुना जस्ता किराहरूको टोकाइ, सङ्क्रमित पशु एक स्थानबाट अन्यत्र लैजाँदा वा सङ्क्रमित पशुको सम्पर्कमा आएका अन्य पशुमा सजिलै सरी छोटो समयमा धेरै स्थानमा फैलिन सक्ने प्रकृतिको भएकोले यस रोगको शीघ्र पहिचान तथा नियन्त्रण गर्न आवश्यक छ ।

हाल नेपालका अधिकांश जिल्लामा यो रोग देखा परेको सन्दर्भमा फिल्डस्तरमा कार्यरत प्राविधिकहरूले सङ्क्रमित पशुहरुको उपचारको लागि निम्नानुसारको उपचार विधिको प्रयोग गर्न सकिने जानकारी गराईन्छ ।

रोग देखिएका पशुलाई गरिने उपचार विधिः
१. रोगी पशुलाई निरोगी पशुबाट छुट्टाई अलग्गै राख्ने
२. रोगी पशुलाई प्रशस्त मात्रामा पानी, कुँडो वा नरम घाँस, झोलिलो पदार्थ, सख्खर / गुँड पानी, इलोक्ट्रोलाइट खुवाउने
३. ज्वरो आएको पशुलाई आराम गराउने, जोने, गाडा तान्ने काममा नलगाउने
४. रोगको लक्षणका आधारमा देहाय अनुसारको उपचार गर्ने

ज्वरो घटाउनका लागि:-
बजारमा उपलब्ध हुने पारासिटामोल 1500mg र मेलोक्सिकेम 100 mg भएको बोलस वा इन्जेक्सनः ठूला पशुलाई २ बोलस हरेक ८ घण्टाको फरकमा खुवाउने वा 1 ml/ 10 kg body weight अनुसार सुई लगाउने।

  • पाडापाडी/बाच्छाबाच्छी १ बोलस हरेक ८ घण्टाको फरकमा मुखबाट खुवाउने वा 1 ml/10kg body weight अनुसार सुई लगाउने ।
    -८ घण्टाको फरकमा औषधि दिँदा ज्वरो कम नभएमा ४ देखि ६ घण्टाको फरकमा पुनः प्रयोग गर्ने ।
    -शरीरमा चिसो पानीमा भिजाइएको कपडा, बोरा प्रयोग गरी पानी पट्टी लगाउने ।

गाँठागुठी / गिर्खा र चिलाउने कम गर्नका लागि:-

  • Chlorpheniramine maleate Pheniramine maleate: ठूला पशुलाई 10-15 ml २४ घण्टाको फरकमा सुई लगाउने।
  • पाडापाडी/बाच्छाबाच्छी: 3-5 ml २४ घण्टाको फरकमा सुई लगाउने।

दाना पानी खान नसकेका र अत्यन्तै कमजोर पशुमा २०% रिन्टोज / डेकस्ट्रोज सलाईन दिने।
थप जानकारीको लागि नजिकै को पशु प्राविधिक संग सम्पर्क गर्ने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Kasyno online Vulkan Vegas – Metody płatności

Kasyno online Vulkan Vegas – Metody płatności

Онлайн казино Dragon Money (Драгон Мани) 2026 – обзор платформы

Lemon Casino – szczegółowa recenzja Lemon Kasyno

Lemon Casino – Online Casino Recenzje

सम्बन्धितखवर

छुटाउनु भयो कि !

खेलकुद

बर्दगोरोयामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुँदै, विजेतालाई २ लाख

कैलाली / कैलालीको बर्दगोरियामा जिल्ला स्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । आज बैनियामा आयोजक बर्दगोरिया स्पोर्टस एन्ड इभेन्टले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतियोगिताको बारेमा

अझै पढ्नुहोस्