लगानी सम्मेलन आयोजना गरिने

शेयेर गर्नुहोस

धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा कृषि र औद्योगिक क्षेत्रमा लगानी भित्र्याउने उद्देश्यका साथ लगानी सम्मेलन आयोजना गर्ने भएको छ ।

प्रदेश मन्त्रिपरिषद् बिहिबार बसेको बैठकले आउँदा फागुन २३ र २४ गते लगानी तथा विकास सम्मेलन आयोजना गर्ने निर्णय गरेको हो । मुख्यमन्त्री कमलबहादुर शाहले कुनै नकुनै लगानी गर्ने प्रतिबद्धता हुने गरी प्रदेश लगानी सम्मेलन आयोजना गरिने बताए । उनले लगानी सम्मेलनले कृषि, उद्योग, विकासको क्षेत्रमा लगानी ल्याउन मद्दत गर्ने निर्णय भएको बताए ।

मुख्यमन्त्री शाहले कृषि र उद्योगमा लगानी गर्न चाहने व्यक्तिलाई जमीन, पानी, सडक र विद्युत सम्बन्धी समस्या समाधान गर्न प्रदेश सरकारले सहयोग गर्ने बताए । उनले संघीय सरकारबाट गर्नुपर्ने सहयोगका लागि पनि प्रदेश सरकारले पहल गर्ने बताए ।

लगानी सम्मेलनमा देश र विदेशमा रहेका लगानीकर्ताहरुलाई सहभागी गराउने निर्णय समेत भएको मुख्यमन्त्री शाहले बताए । उनले लगानी सम्मेलनबाट सुदूरपश्चिम प्रदेशमा लगानी गर्नका सम्मेलनबाटै केही नकेही लगानीको प्रतिबद्धता गर्ने गरी सम्मेलन आयोजना गरिने बताए । उनले सम्मेलन आयोजनाका लागि थप समिति उपसमितिहरु आवश्यकता बमोजिम गठन गर्दै आयोजनाको तयारी गरिने बताए ।

प्रदेश सरकार चालु आर्थिक वर्षमा लगानी तथा विकास सम्मेलन आयोजना गर्न ५० लाख रुपैयाँ विनियोजन गरेको छ । मुख्यमन्त्री शाहले लगानी सम्मेलन आयोजना गर्न सहकार्य गर्ने स्रोतहरु समेत जुटाइने बताए । प्रदेश सरकारले तीन वर्ष पहिले वित्तीय सम्मेलन आयोजना गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

पर्यटन

घोडाघोडी लगायत कैलाली जिल्लाका सिमसारमा आगन्तुक चराको चहलपहल बढ्दै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी ताल नेपालीको पहिलो चरा अभय आरण्य क्षेत्र (वर्ड सेन्चुरी) मा आगन्तुक चराको चहलपहल बढेको छ । जाडो छल्नका लागि यहाँ विभिन्न

अझै पढ्नुहोस्
स्थानीय सरकार

टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा

अझै पढ्नुहोस्
Highlights

घोडाघोडीमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सम्पन्न

सुखड । यही मङ्सिर ९ गतेबाट देशभर सुरु भएको लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान आइतबार सकिएको छ । जस अन्तर्गत कैलालीको घोडाघोडी नगरपालिकाले पनि

अझै पढ्नुहोस्
समाचार

सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापतिले लिए सपथ

धनगढी/सुदूरपश्चिम प्रदेश सभाका चार समितिका सभापति बुधबार निर्विरोध रुपमा निर्वाचित भएका छन् । चारै जनाको सपथग्रहण समेत भएको छ । प्रदेश सभाका सभामुख भीमबहादुर भण्डारीले

अझै पढ्नुहोस्