रेशम पक्षले बोलाएको चैत्र २३ र २४ गते केन्द्रीय समिति बैठक अवैध हाे :- रन्जिता

शेयेर गर्नुहोस


टीकापुर/अहिलेको सत्ता गठबन्धनलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद चर्किदै गएको नागरिक उन्मुक्ति पार्टीमा केन्द्रीय समितिको बैठकबारे पनि विवाद भएको छ।


नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चाैधरी पक्षले बाेलाएकाे चैत्र २३ र २४ गतेकाे केन्द्रीय समितिकाे बैठक अबैध भएको नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठले बताउनुभएको छ ।


अध्यक्ष रञ्जिता श्रेष्ठले भने उक्त दिन बैठक आह्वान नभएको भन्दै विज्ञप्ति जारी गरेकी छिन्।
रेशम चाैधरी पक्षमा रहेका महासचिव गंगाराम चौधरीले बोलाएको बैठकलाई मंगलबार रञ्जिता श्रेष्ठले अवैध घोषित गरेकी छिन्। उनले भनेकी छिन्, ‘ उपर्युक्त सम्बन्धमा मिति २०८० चैत्र २३ र २४ गते केन्द्रीय सदस्य तथा पदाधिकारी ज्यूहरूको बैठक भनि बोलाईएको बैठक नागरिक उन्मुक्ति पार्टीको अधिकारीक बैठक नभएको व्यहोरा अनुरोध गर्दछु ।’


पार्टीमा विवाद चर्किदै गएपछि अध्यक्ष श्रेष्ठले गण्डकीका अध्यक्ष राजन गुरुङ र बागमतीका अध्यक्ष दीपबहादुर योञ्जन तामाङलाई पदमुक्त गरेकी छिन्। पार्टीमा विवाद बढिरहेका बेला मंगलबार अध्यक्ष रञ्जिता र रेशमले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन्। उनले रेशमलाई पनि आफ्नो पक्षमा उभिन गरेको आग्रहलाई अप्रत्यक्ष रुपमा अस्वीकार गरेका छन्।

आजै अध्यक्ष श्रेष्ठले साेमवार पार्टी कार्यालयमा भएको संस्थापक केन्द्रीय सदस्य माथि भएको हातपातको घाेर निन्दा गर्नुभएको छ । अध्यक्ष द्वारा जारी गरिएको विज्ञप्तिमा साे घटनाको घाेर विराेध गर्नुभएको छ भने साे कार्यमा संलग्नलाई पार्टीको विधान अनुसार कार्वाही गरेकाे बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कारबाहीका लागि प्रकाउ परेका बडैलालाई भगाय मन्त्री धामिले

जमुना न्युरे,धनगढी /सुदूरपश्चिम प्रदेश उधोग ,पर्यटन ,वन तथा वातावरण मन्त्री रमेश धामिले कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ आमवारी मा रहेको सयपत्री सामुदायिक बनमा बिगत

अझै पढ्नुहोस्
समाचार

सामुदायिक बन अतिक्रमण गरि बनाइएका घरटहरा हटायो

जमुना न्युरे ,सुखड/कैलाली जिल्लाको भजनी नगरपालिका वडा ९ मा रहेको जनज्योति सोनिया सामुदायिक बनमा वन अतिक्रमण गरि बनाएका घरटहरा आज हटाइएको छ।भदौ महिनाको अन्तिममा आयको

अझै पढ्नुहोस्
समाचार

कर्मचारी युनियनद्वारा भित्तेपात्रो विमोचन तथा शुभकामना आदान प्रदान

धनगढी, चैत २९– नेपाल निजामती कर्मचारी युनियन सुदूरपश्चिम प्रदेश कार्य समिति र जिल्ला कार्य समिति कैलालीले प्रकाशन गरेका भित्तेपात्रो २०८१ को विमोचन गरिएको छ ।

अझै पढ्नुहोस्
समाचार

बेमौसमी पानीले धानवाली डुवानमा किसानहरु मर्कामा

जमुना न्युरे टीकापुर/सुदूरपश्चिमका केही जिल्लामा अचानक आइतबार राती देखी परेको वर्षाका कारण पाकेर भित्र्याउनै लागेको धान बालीमा ठुलो क्षेती भएको छ । असारको पहिलो साता

अझै पढ्नुहोस्