युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल

शेयेर गर्नुहोस

धनगढी, ३१ साउन / धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल गरेको हो ।

धनगढीमा युवा नीतिको आवश्यकता रहेको सहभागीले बताएका छन् । राष्ट्रिय युवा नीतिलाई टेकेर स्थानीय तहमा पनि युवा नीति बनाउन आवश्यक रहेको चन्द्रकान्त पनेरुले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन् । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनको जोड छ ।

युनएफपिएका मदन बागचनले पहिलेको तुलनामा युवा नीतिको आवश्यकता अहिले फरक भएको बताए । धनगढी उपमहानगरपालिकामा बढी युवा भएको हुँदा युवाबाट रोजगारी सृजना गर्ने कार्यमा बढी जोड दिनुपर्ने उनको भनाई छ । युवाका कामलाई बजारीकरणसँग जोड्नुपर्नेमा ध्यान दिनुपर्ने उनले बताए ।

युनिसेफका प्रकाश आचार्यले नीति बनाउदा केन्द्रलाई नहेरेर यहाँको आवश्यकता अनुुसार बनाउनुपर्नेमा जोड दिए । यहाँको अवस्थालाई पनि हेरेर नीति बनाउनुपर्नेमा उनको जोड छ । युवाहरुलाई आशा जगाउन सकेमा युवा नीति सफल हुने उनको भनाई छ । कुनै पनि कामलाई नयाँ तरिकाले गर्नुपर्नेमा उनले जोड दिए । युवाहरुलाई मुलधारमा ल्याउनुुपर्ने उनकोे भनाई छ । केही काम नै नभएपछि युवाहरु लागुऔषधमा फसेको अवस्था हुँदा उनीहरुलाई सिप र रोजगारी संग जोड्नुपर्ने उनको भनाई छ । युवालाई उद्यमशिलतामा जोड्ने र डिजीटल शिक्षामा बढी जोड दिनुपर्ने उनको भनाई छ ।

धनगढीमा युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने युवा शान्ति परिषद्का अध्यक्ष प्रेम ढुंगानाले बताए । धनगढीमा रहेका दक्ष जनशक्ति कति छन् भनेर ड्राफ्ट बनाएर अघि बढनुुपर्नेमा उनले जोड दिए । धनगढीमा दक्ष जनशक्ति भए पनि काम नपाउँदा उनीहरूलाई समस्या भएको उनले बताए । स्वास्थ्य शिक्षा क्षेत्रमा भएका समस्यालाई धनगढी उपमहानगरपालिकाले ध्यान दिनुपर्ने उनको भनाई छ । । कुन सिप भएका युवालाई कुन क्षेत्रमा जोड्ने भन्ने विषयमा पालिकाले ध्यान दिनुपर्ने उनले बताए ।

नीति बनाएर त्यसमा के छ भन्ने विषयमा सबैलाई जानकारी गराउनु पर्ने मर्सिकोरका संगिता अधिकारी बताइन् ।

युवालाई समेटेर उनीहरुका समस्यालाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ । अदक्ष जनशक्ति अहिले बाहिर गइरहेको उनले बताइन् । कृर्षिमा पनि आधुनिकीकरण गर्न सक्यौ भने राम्रो हुने उनको भनाई छ । युवा क्षेत्र दुव्र्यशनमा फस्दै गइरहेको हुँदा यसमा पनि ध्यान दिनपर्ने उनले बताइन् । पढाई सँगै रोजगारीमा ध्यान दिइनुपर्ने उनको भनाई छ ।

दलित अधिकार मञ्चका बिमला कडायतले कामको सम्मान युवाले पाउन नसकेको बताइन् । कामको सम्मानलाई विशेष ध्यान दिइनुपर्ने उनको भनाई छ । महिला दलित तथा अन्य समुदायलाई पनि समेटेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

लैगिंक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि एकदमै खुलेर आउने अवस्था अझै नभएको एकता नेपालका राज चौधरीले बताए । शिक्षा, तथा रोजगारीमा युवालाई अझै समस्या हुने गरेको छ । पहिचानको कारण रोजगारी पाउन पनि समस्या भएको हुँदा यसमा बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

ओरेक नेपालका गीता चौधरीले समाज परिवर्तनका लागि युवा नीति आवश्यकता बढी रहेको उनले बताइन् । यसमा युवाहरूको चासो कम देखिएको उनको भनाई छ ।

स्थानीय तहले संघिय सरकारको युवा नीतिलाई टेकेरै नीति बनाउने धनगढी उपमहानगरपालिका सामाजिक विकाश शाखा प्रमुख टंक बहादुर विष्टले बताए । ुुवार्षिक नीतिमा युवा नीति आउँछ तर, आवधिक नीति बन्न सकेको छैन ( उनले भने ।ुु उनले संघिय सरकारको युवा नीतिलाई टेकेर नीति बनाए पनि यहाँको अवस्थालाई हेरेर नीति निर्माण गर्ने बताए । स्थानीय तहमा कस्तो नीति बनाउनुपर्छ भनेर काम गरिरहेको उनको भनाई छ । धनगढी उपमहानगरपालिकाले गरिरहेको काममा अहिले सबै जिल्लालाई समेटेको उनको भनाई छ । धनगढीले बनाउने युवा नीतिले अरू क्षेत्रलाई पनि समेट्ने उनको भनाई छ । उनले युुुवालाई स्वदेश र विदेश दुबै क्षेत्रमा काम लाग्ने सिप सिकाउनुपर्नेमा जोड दिए । नीति बनाउँदा सन्तुलन कायम गरेर बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अकाउण्टीविलीटि ल्याबका कार्यक्रम संयोजक गंगा भण्डारीले गरेकी हुन् । कार्यक्रम सञ्चालन तेज बोहराले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

एक दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न

जमुना न्युरे,धनगढी /धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच र कानुन कार्यान्वयनको अवस्था र चुनौति तथा समाधानकालागी न्यायिक निकायसंग अन्र्तक्रिया धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच

अझै पढ्नुहोस्
समाचार

पाटेबाघ क्यामेरा ट्रापिङ प्रविधिबाट अनुगमन गरिने

जमुना न्युरे,सुखड/खाता संरक्षित क्षेत्रमा पाटेबाघ लगायतका वन्यजन्तुहरुको आन्तरिक जानकारीका लागि क्यामेरा ट्रापिङ प्रविधिबाट गरिने अनुगमन कार्यको शुभारम्भ गरिएको छ । नेपाल र छिमेकि मुलुक भारतको

अझै पढ्नुहोस्
समाचार

आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको कपडा बरामद

कञ्चनपुर,/सशस्त्र प्रहरीले कञ्चनपुरबाट आठ लाख बढी मूल्य बराबरको भन्सार छलीको सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले जिल्लाको पुनर्वास नगरपालिका–११, नमुना ईटा ईटा भट्टा नजिक

अझै पढ्नुहोस्
राजनीति

संसद रेशम चाैधरीकाे रिहाइको लागि प्रधानमन्त्रीलाइ ज्ञापन पत्र

टीकापुर/ कैलाली क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधि सभाका सदस्य रेशमलाल चौधरीको रिहाईको प्रधानमन्त्री देउवालाई माग पत्र बुझाइएको छ । कैलालीका बाढीग्रस्त क्षत्रकाे निरिक्षण गर्न

अझै पढ्नुहोस्