TRENDING
Бонусы за регистрацию: как получить выгоду от своих ставок
Почему предвкушение триумфа повышает самоуверенность
По какой причине мы часто ощущаем азарт перед новыми проектами
Почему состояние ожидания результата запускает фантазию
Next
Prev

युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल

शेयेर गर्नुहोस

धनगढी, ३१ साउन / धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल भएको छ । अकाउण्टीविलीटि ल्याब नेपालले बिहीबार धनगढीमा स्थानीय युवा नीतिको महत्त्व र आवश्यकताका विषयमा छलफल गरेको हो ।

धनगढीमा युवा नीतिको आवश्यकता रहेको सहभागीले बताएका छन् । राष्ट्रिय युवा नीतिलाई टेकेर स्थानीय तहमा पनि युवा नीति बनाउन आवश्यक रहेको चन्द्रकान्त पनेरुले बताएका छन् । धनगढीमा भएका समस्यालाई समेटेर युवा नीति बनाउनुपर्नेमा उनले जोड दिएका छन् । युवाको रुचि र क्षमता अनुसार कार्यक्रमहरू ल्याउनुपर्नेमा उनको जोड छ ।

युनएफपिएका मदन बागचनले पहिलेको तुलनामा युवा नीतिको आवश्यकता अहिले फरक भएको बताए । धनगढी उपमहानगरपालिकामा बढी युवा भएको हुँदा युवाबाट रोजगारी सृजना गर्ने कार्यमा बढी जोड दिनुपर्ने उनको भनाई छ । युवाका कामलाई बजारीकरणसँग जोड्नुपर्नेमा ध्यान दिनुपर्ने उनले बताए ।

युनिसेफका प्रकाश आचार्यले नीति बनाउदा केन्द्रलाई नहेरेर यहाँको आवश्यकता अनुुसार बनाउनुपर्नेमा जोड दिए । यहाँको अवस्थालाई पनि हेरेर नीति बनाउनुपर्नेमा उनको जोड छ । युवाहरुलाई आशा जगाउन सकेमा युवा नीति सफल हुने उनको भनाई छ । कुनै पनि कामलाई नयाँ तरिकाले गर्नुपर्नेमा उनले जोड दिए । युवाहरुलाई मुलधारमा ल्याउनुुपर्ने उनकोे भनाई छ । केही काम नै नभएपछि युवाहरु लागुऔषधमा फसेको अवस्था हुँदा उनीहरुलाई सिप र रोजगारी संग जोड्नुपर्ने उनको भनाई छ । युवालाई उद्यमशिलतामा जोड्ने र डिजीटल शिक्षामा बढी जोड दिनुपर्ने उनको भनाई छ ।

धनगढीमा युवालाई लक्षित गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने युवा शान्ति परिषद्का अध्यक्ष प्रेम ढुंगानाले बताए । धनगढीमा रहेका दक्ष जनशक्ति कति छन् भनेर ड्राफ्ट बनाएर अघि बढनुुपर्नेमा उनले जोड दिए । धनगढीमा दक्ष जनशक्ति भए पनि काम नपाउँदा उनीहरूलाई समस्या भएको उनले बताए । स्वास्थ्य शिक्षा क्षेत्रमा भएका समस्यालाई धनगढी उपमहानगरपालिकाले ध्यान दिनुपर्ने उनको भनाई छ । । कुन सिप भएका युवालाई कुन क्षेत्रमा जोड्ने भन्ने विषयमा पालिकाले ध्यान दिनुपर्ने उनले बताए ।

नीति बनाएर त्यसमा के छ भन्ने विषयमा सबैलाई जानकारी गराउनु पर्ने मर्सिकोरका संगिता अधिकारी बताइन् ।

युवालाई समेटेर उनीहरुका समस्यालाई लिएर अगाडी बढ्नुपर्ने उनको भनाई छ । अदक्ष जनशक्ति अहिले बाहिर गइरहेको उनले बताइन् । कृर्षिमा पनि आधुनिकीकरण गर्न सक्यौ भने राम्रो हुने उनको भनाई छ । युवा क्षेत्र दुव्र्यशनमा फस्दै गइरहेको हुँदा यसमा पनि ध्यान दिनपर्ने उनले बताइन् । पढाई सँगै रोजगारीमा ध्यान दिइनुपर्ने उनको भनाई छ ।

दलित अधिकार मञ्चका बिमला कडायतले कामको सम्मान युवाले पाउन नसकेको बताइन् । कामको सम्मानलाई विशेष ध्यान दिइनुपर्ने उनको भनाई छ । महिला दलित तथा अन्य समुदायलाई पनि समेटेर अघि बढ्नुपर्नेमा उनको जोड छ ।

लैगिंक तथा यौनिक अल्पसङ्ख्यक समुदायलाई पनि एकदमै खुलेर आउने अवस्था अझै नभएको एकता नेपालका राज चौधरीले बताए । शिक्षा, तथा रोजगारीमा युवालाई अझै समस्या हुने गरेको छ । पहिचानको कारण रोजगारी पाउन पनि समस्या भएको हुँदा यसमा बढी ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

ओरेक नेपालका गीता चौधरीले समाज परिवर्तनका लागि युवा नीति आवश्यकता बढी रहेको उनले बताइन् । यसमा युवाहरूको चासो कम देखिएको उनको भनाई छ ।

स्थानीय तहले संघिय सरकारको युवा नीतिलाई टेकेरै नीति बनाउने धनगढी उपमहानगरपालिका सामाजिक विकाश शाखा प्रमुख टंक बहादुर विष्टले बताए । ुुवार्षिक नीतिमा युवा नीति आउँछ तर, आवधिक नीति बन्न सकेको छैन ( उनले भने ।ुु उनले संघिय सरकारको युवा नीतिलाई टेकेर नीति बनाए पनि यहाँको अवस्थालाई हेरेर नीति निर्माण गर्ने बताए । स्थानीय तहमा कस्तो नीति बनाउनुपर्छ भनेर काम गरिरहेको उनको भनाई छ । धनगढी उपमहानगरपालिकाले गरिरहेको काममा अहिले सबै जिल्लालाई समेटेको उनको भनाई छ । धनगढीले बनाउने युवा नीतिले अरू क्षेत्रलाई पनि समेट्ने उनको भनाई छ । उनले युुुवालाई स्वदेश र विदेश दुबै क्षेत्रमा काम लाग्ने सिप सिकाउनुपर्नेमा जोड दिए । नीति बनाउँदा सन्तुलन कायम गरेर बढाउनुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण अकाउण्टीविलीटि ल्याबका कार्यक्रम संयोजक गंगा भण्डारीले गरेकी हुन् । कार्यक्रम सञ्चालन तेज बोहराले गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Бонусы за регистрацию: как получить выгоду от своих ставок

Почему предвкушение триумфа повышает самоуверенность

По какой причине мы часто ощущаем азарт перед новыми проектами

Почему состояние ожидания результата запускает фантазию

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा ठकुल्ला सेवा समाजकाे साधारण सभा सम्पन्न

टीकापुर/ टीकापुरमा ठकुल्ला सेवा समाज कैलालीको दोश्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । समाजका अध्यक्ष गगनसिंह ठकुल्लाको अध्यक्षतामा भएको साधारण सभामा संविधानसभा सदस्य हरिश ठकुल्ला

अझै पढ्नुहोस्
समाचार

गेटास्थित विश्वविद्यालय संचालनको माग सहित सिडियो मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र

धनगढी/कैलालीको गेटा स्थित शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालयको पूर्णरुपमा संचालनको माग राख्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएको छ । धर्मसिंह कुवर र लोकराज पाण्डेय (आगो)

अझै पढ्नुहोस्
समाचार

घाइतेको घाउमा स्थानीयकाे आर्थिक सहयाेगले मलमपट्टि

टीकापुर/केैलालीकाे टीकापुर नगरपालिका वडा नं. १ व्यवसायक्षेत्रका दिनेश बटाला मोटरसाइकल दुर्घटनामा परी गम्भीर घाइते भएका छन् । घाइते बटलाकाे घरकाे आर्थिक अवस्था कम्जोर भएका कारण

अझै पढ्नुहोस्