TRENDING
Fantastische Unterhaltung mit vega dream casino in einer Welt voller Spannung und Gewinnmöglichkeiten
Strategic gameplay and vegashero deliver unparalleled casino adventures for discerning players
The Ultimate Guide to Mobile Roulette Canada Safe Play
Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes
Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов
Next
Prev

मुख्यमन्त्री शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत भट्ट पक्राउ

शेयेर गर्नुहोस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कलमबहादुर शाहमाथि घुस मागेको आरोप लगाउने वरिष्ठ डिभिजनल वन अधिकृत कृष्णदत्त भट्ट पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कैलालीले भट्टलाई साइबर अपराधअन्तर्गत पक्राउ गरिएको जनाएको छ।

केही दिनअघि सञ्चारमाध्यमलाई दिएको एक अन्तर्वार्तामा भट्टले मुख्यमन्त्री शाहले आफूसँग ५ लाख रुपैयाँ मागेको र रकम नदिएपछि पूर्वाग्रही भएर आफ्नो सरुवा गरिएको आरोप लगाएका थिए।

अन्तर्वार्तापश्चात उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले भट्टलाई पत्र पठाउँदै मुख्यमन्त्रीविरुद्ध सार्वजनिक रूपमा दिएको अभिव्यक्ति निजामती कर्मचारीको आचरणअनुकूल नभएको भन्दै कृष्णदत्त भट्टलाई २४ घण्टे स्पष्टीकरण सोधेको थियो ।

यसअघि पनि भट्टले विवादास्पद अभिव्यक्ति दिएको र विभिन्न व्यक्तिहरूमाथि आरोप लगाएको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको स्पष्टीकरणमा लेखिएको थियो । चित्तबुझ्दो जवाफ नदिए कारबाही प्रक्रिया अघि बढाउने मन्त्रालयले उल्लेख गरेको थियो ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी समेत सम्हालिरहेका मुख्यमन्त्री शाहले पत्रकार सम्मेलनमा आफूमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको भन्दै भट्टमाथि कारबाहीको माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Fantastische Unterhaltung mit vega dream casino in einer Welt voller Spannung und Gewinnmöglichkeiten

Strategic gameplay and vegashero deliver unparalleled casino adventures for discerning players

The Ultimate Guide to Mobile Roulette Canada Safe Play

Chicken Road – Online Casino Slot Where Chickens Cross to Deliver Huge Prizes

Где найти лучшие казино онлайн 2026 – обзор проверенных сайтов

4rabet – complete guide to the online casino for players in India

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा

जमुना न्युरे/धनगढी, । जाडो छल्न भारततिर बसाइँ सरिरहेका कर्‍याङकुरुङ सारस चरा कैलालीमा बसाई सर्न थालेका छन् । मङ्गोलिया, रसिया र उत्तरी चीनबाट आएका कर्‍याङकुरुङ करिब

अझै पढ्नुहोस्
समाचार

टीकापुरकी एक महिला बाघकाे आक्रमणबाट घाइते

टीकापुर/कैलालीको टीकापुर नगरपालिकामा बाघको आक्रमणबाट एक जना महिला घाइते भएकि छिन ।साेमबार जंगलमा घाँस काट्न गएकी टीकापुर नगरपालिका वडा नम्बर २ विजयनगर खडक टोलकी ३५

अझै पढ्नुहोस्