माघी होमस्टेमा लाटोकोसेरो उत्सब हुने

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै कुरा शान्त हुने बेला एउटा अजीवको प्राणीको राज्य सुरु हुन्छ।

कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।
उत्सव यही माघ २० र २१ गते गरी दुई दिन आयोजना हुने जनाइएको छ । चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा माघी होमस्टेमा उत्सव हुने भएको हो ।

सो उत्सव आयोजना गर्न घोडाघोडी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय पहमानपुर र नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) ले सहकार्य गर्नेछन् ।

किसानका साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेन ।
उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पुर्‍याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताए ।

विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल एवम् घोडाघोडी चरा अभयारण्य घोषणा पछि चराका सरक्षण माघी होमस्टेमा यस वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएपछि स्थानीयसमेत खुशी भएका छन् । फ्रेन्ड्स अफ नेचरका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलको बारेमा विभिन्न जानकारीमूलक म्युजियम प्रदर्शनी गर्ने गरिएको छ । यसैगरी, स्थानीय समुदायको नाचगानसहित संरक्षणबारे सन्देशपनि दिने गरिन्छ ।

यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव आयोजना भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा भने पहिलो पटक लाटोकोसेरो तथा हुचिल उत्सव हुन गइरहेको हो । यो उत्सव नेपालसहित अमेरिका, इटली र भारतमा पनि मनाइने गरेको फ्रेन्ड्स अफ नेचरले जानकारी दिएको छ ।

विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइन्छन् । नेपाल सरकारको तथ्यांक अनुसार ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ भएता पनि विभिन्न संघ संस्थाले पछिल्लो समयमा गरेको अध्ययन–अनुसन्धानहरुमा सवै प्रजातिहरु प्रभावित देखिन्छन् । नेपालवाट लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको आचार्यले बताए ।

अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरोको प्रमुख आहारा हो । ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी भएको आचार्य बताउँछन् ।
उत्सवमा नेपाल भरिका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संघ संस्था लगाएत सरोकारवाला निकायहरु, संरक्षणकर्मीहरु र स्थानीय विद्यालय, कलेजका विद्यार्थीहरुको समेत सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

स्थानीय सरकार

टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख थारुद्वारा अनुगमन

टीकापुर/टीकापुर नगरपालिकाको बजार क्षेत्रमा निर्माणधिन संरचनाकाे नगर प्रमुख रामलाल डगाैरा थारु सहितकाे टाेलिले अनुगमन अनुगमन गरेकाे छ ।टीकापुर नगरपालिका बजार क्षेत्रमा बनिरहेका विकास निर्माणका संरचनामा

अझै पढ्नुहोस्
Highlights

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई जवाफ

टीकापुर/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई कडा जवाफ दिएकी छिन् ।गठबन्धनको सरकार नबने रेशम चौधरी छुट्दैनन् भन्ने पूर्व स्वास्थ्य

अझै पढ्नुहोस्
समाचार

थारु होमस्टे गाउँ भादा महोत्सव

जमुना न्युरे,धनगढी/संरक्षण र सम्वद्र्धन के लाग सक्कुजन करी काम सस्कृति भेषभुषा राखी हमरा पहिचान थारु होमस्टे गाउँ भादा महोत्सव भन्ने मुल नाराका साथ थारु होमस्टे

अझै पढ्नुहोस्
समाचार

राष्ट्रिय माध्यमिक विद्यालय सुखडको २ बिघा जमिन व्यापारी तथा ठुलाबडाको कब्जामा 

सुखड । कैलालीको घोडाघोडी नगरपालिका–१ सुखडमा रहेको राष्ट्रिय माध्यमिक विद्यालयको २ बिघा जमिन विगत २२ वर्ष देखी व्यापारी तथा ठुलाबडा भनाउदाहरुको कब्जामा रहेको तथ्य फेला परेको

अझै पढ्नुहोस्