TRENDING
Gama Casino Online – официальный сайт – вход и зеркало
Gama Casino Online – официальный сайт – вход и зеркало
Gama Casino Online – официальный сайт – вход и зеркало
Jetton Games – особенности игрового процесса в онлайн казино
Slottica зеркало: как обойти блокировку в Казахстане
Next
Prev

माघी होमस्टेमा लाटोकोसेरो उत्सब हुने

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /जब सूर्य अस्ताउन थाल्छ, मानिसहरू घरभित्र पस्छन्। धेरै जीवहरू बास बस्न थाल्छन्। सबै चराहरू गुँडमा फर्कन्छन्। चारैतिर अन्धकार हुन्छ। शान्त हुन्छ। तर, सबै कुरा शान्त हुने बेला एउटा अजीवको प्राणीको राज्य सुरु हुन्छ।

कैलालीको घोडाघोडी नगरपालिका–४ स्थित माघी होमस्टे थारु गाउँमा लाटोकोसेरो तथा हुचिल उत्सव हुने भएको छ ।
उत्सव यही माघ २० र २१ गते गरी दुई दिन आयोजना हुने जनाइएको छ । चराको क्षेत्रमा काम गर्दै आएका संस्था फ्रेन्ड्स अफ नेचर (फोन) र चरा संरक्षण सञ्जाल कैलालीको संयुक्त आयोजनामा माघी होमस्टेमा उत्सव हुने भएको हो ।

सो उत्सव आयोजना गर्न घोडाघोडी नगरपालिकाको कार्यालय, डिभिजन वन कार्यालय पहमानपुर र नेपाल पक्षी संरक्षण सङ्घ (बीसीएन) ले सहकार्य गर्नेछन् ।

किसानका साथीको रुपमा चिनिने उल्लू अर्थात लाटोकोसेरो तथा हुचिलको संरक्षणमा टेवा पुर्‍याउने उद्देश्यले नेपालमा आयोजना गरिदैं आएको यो उत्सव दुई वर्षसम्म कोरोना महामारीका कारण हुन सकेन ।
उत्सवले यहाँ संरक्षणबारे थप सचेतना फैलाउनुका साथै पर्यापर्यटन विकासमा पनि टेवा पुर्‍याउने फ्रेन्ड्स अफ नेचरका निर्देशक एवम् उल्लू संरक्षणकर्मी राजु आचार्यले बताए ।

विश्व रामसारमा सूचीकृत घोडाघोडी ताल एवम् घोडाघोडी चरा अभयारण्य घोषणा पछि चराका सरक्षण माघी होमस्टेमा यस वर्ष लाटोकोसेरो तथा हुचिल उत्सव आयोजना हुने भएपछि स्थानीयसमेत खुशी भएका छन् । फ्रेन्ड्स अफ नेचरका अनुसार लाटोकोसेरो तथा हुचिल उत्सवमा लाटोकोसेरो तथा हुचिलको बारेमा विभिन्न जानकारीमूलक म्युजियम प्रदर्शनी गर्ने गरिएको छ । यसैगरी, स्थानीय समुदायको नाचगानसहित संरक्षणबारे सन्देशपनि दिने गरिन्छ ।

यसअघि, धादिङ, चितवन, नवलपरासी, गोरखा, कास्की, कपिलवस्तु, दोलखा, खोटाङ र स्याङ्जामा यो उत्सव आयोजना भइसकेको छ । सुदूरपश्चिम प्रदेशमा भने पहिलो पटक लाटोकोसेरो तथा हुचिल उत्सव हुन गइरहेको हो । यो उत्सव नेपालसहित अमेरिका, इटली र भारतमा पनि मनाइने गरेको फ्रेन्ड्स अफ नेचरले जानकारी दिएको छ ।

विश्वमा २ सय २५ प्रजातिका लाटोकोसेरो मध्ये २३ प्रजातिको लाटोकोसेरो नेपालमा पाइन्छन् । नेपाल सरकारको तथ्यांक अनुसार ८ प्रजातिका लाटोकोसेरोहरु चोरी शिकारी र अवैध कारोवारका कारण राष्ट्रियस्तरमै दुर्लभ भएता पनि विभिन्न संघ संस्थाले पछिल्लो समयमा गरेको अध्ययन–अनुसन्धानहरुमा सवै प्रजातिहरु प्रभावित देखिन्छन् । नेपालवाट लाटोकोसेरोको एउटा प्रजाति लोप भैसकेको आचार्यले बताए ।

अन्नबाली खाएर सखाप पार्ने मुसा लाटोकोसेरोको प्रमुख आहारा हो । ४ वटा संख्यामा रहेको लाटोकोसेरोको एउटा परिवारले ४ महिनाको अवधिमा ३ हजार मुसा शिकार गर्ने भएकाले यो किसानको साथी भएको आचार्य बताउँछन् ।
उत्सवमा नेपाल भरिका प्रकृति, पर्यावरण, संरक्षण क्षेत्रमा काम गर्ने २५ भन्दा बढी संघ संस्था लगाएत सरोकारवाला निकायहरु, संरक्षणकर्मीहरु र स्थानीय विद्यालय, कलेजका विद्यार्थीहरुको समेत सहभागिता रहने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

Gama Casino Online – официальный сайт – вход и зеркало

Jetton Games – особенности игрового процесса в онлайн казино

Slottica зеркало: как обойти блокировку в Казахстане

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पाँच बुँदे माग सहित मुख्यमन्त्री र मन्त्रीलाई ध्यानाकर्षण पत्र

धनगढी/सामुदायिक वन उपभोक्ता समूह र साझेदारी वन उपभोक्ता समूहले विभिन्न ६ बुदे माग सहित सुदूरपश्चिम सरकारका मुख्यमन्त्री र उधोग पर्यटन वन तथा वातावरण मन्त्रीललाइ ध्यानाकर्षण

अझै पढ्नुहोस्

Най-добрите Онлайн Бандити с една ръка за действителни налични средства

Онлайн игрални автомати са популярна форма на развлечение за многобройни играчи навсякъде по света.С удобството на играта от вкъщи, приключението от спечелването на действителни налични

अझै पढ्नुहोस्