मार्क्सवादी ज्ञान केन्द्रको प्रदेश भेला सम्पन्न

शेयेर गर्नुहोस

टीकापुर,मार्क्सवादी ज्ञान केन्द्रको भर्चुअल माध्यमबाट बुधबार राति भएको दोस्रो प्रदेश भेलाले सर्वसम्मतिबाट दुर्गाप्रसाद भण्डारीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ । नवनिर्वाचित प्रदेश समितिमा उपाध्यक्ष अर्जुन रावल, सचिव कमला ज्ञवाली, सहसचिव गणेशराज गिरी, कोषाध्यक्ष आशा भण्डारी रहनु भएको छ । यसैगरी सदस्यहरुमा हरिप्रसाद जोशी, बलराम चौधरी, होमबहादुर साउँद र सुरेन्द्र देवकर रहनु भएको छ । ४ सदस्य भूगोलका आधारमा पछिकार्यसमितिको बैठकले थप्ने समेत भेलाले निर्णय गरेको छ ।


भेलाको उद्घाटन सत्रलाई प्रमुख अतिथि मार्क्सवादी ज्ञान केन्द्रका केन्द्रीय अध्यक्ष एवं प्रधानमन्त्रीका प्रेस विज्ञ कमरेड मनहरि तिमिल्सैना, विशिष्ट अतिथिहरु क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका केन्द्रीय कार्यालय सदस्य कमरेड गुणराज लोहनी, नेकपा एमालेका पुर्व प्रदेश सचिव तथा प्रदेश साँसद कमरेड धर्मराज पाठक, नेकपा माओवादी केन्द्रका प्रदेश सचिव कमरेड जनक बुढा, नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश सचिव कमरेड सुरेन्द्रमान कार्कीले समवोधन गर्नु भएको थियो ।


नवनिर्वाचित कार्यसमितिलाई प्रमुख अतिथि मनहरि तिमिल्सैना, बन्द सत्रका अध्यक्ष मण्डलका अध्यक्ष तथा ज्ञान केन्द्रका केन्द्रीय सचिव रेशमकुमार अधिकारी, केन्द्रीय कोषाध्यक्ष सागर अधिकारी, कोशी प्रदेश अध्यक्ष दुष्यन्त भट्टराई, बाग्मती प्रदेश अध्यक्ष कार्लविक्रम थापा, सुदुरपश्चिम पूर्व संयोजक राजुराम सार्की भुल, नेकपा एकीकृत समाजवादीका टीकापुर नगर अध्यक्ष तथा मार्क्सवादी अध्ययनकर्ता रंगप्रसाद अधिकारी, डा. चक्रप्रसाद अधिकारी, जगतप्रसाद उपाध्याय, शुभम विष्ट लगायतले शुभकामना मन्तव्य सहित बधाई ज्ञापन गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्ष भण्डारीले आगामी कार्यकालका लागि समितिको तर्फबाट प्रतिवद्धता ब्यक्त गर्नु भएको थियो ।
यसअघि उद्घाटन सत्रमा अध्यक्ष दुर्गाप्रसाद भण्डारीले अध्यक्षता, उपाध्यक्ष अर्जुन रावलले स्वागत र सचिव कमला ज्ञवालीले सञ्चालन गर्नु भएको थियो । बन्द सत्रको अध्यक्षता रेशमकुमार अधिकारीले र सञ्चालन कमला ज्ञवालीले गर्नु भएको थियो । भेलामा विभिन्न विशिष्ट व्यक्तित्वहरु सहित ४६ जनाको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रेडक्रस साेसाइटी नारायणपुरकाे नवनिर्मित भवन नगर प्रमुख थारुद्वारा उद्घाटन

नेपाल रेडक्रस साेसाइटी नारायणपुर उपशाखाकाे नवनिर्मित भवनकाे उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमका विच टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले नेपाल रेडक्रस साेसाइटी

अझै पढ्नुहोस्
समाचार

संविधान संशोधन चर्चाका बेला राष्ट्रीय एकता र मेलमिलापलको झनै महत्त्व छ : नैनसिंह महर

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय मेलमिलाप र सहमतिको आधारमा संविधान संशोधन अगाडि बढ्नुपर्ने बताएका छन्। प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपी कोइराला आफूमाथि

अझै पढ्नुहोस्
प्रदेश

प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा चौधरी

धनगढी, २४ पुस/प्रजातान्त्रीक वन प्राबिधिक संघ सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पुन रामअवतार चौधरी निर्वाचित भएका छन् । शनिबार भएको सुदूरपश्चिम प्रदेशको वन प्राबिधिकहरुको भेलामा चौधरी सर्बसम्मत

अझै पढ्नुहोस्
अर्थ

धनसिंहपुर कृषि सहकारी संस्थाले साडे छ लाख नाफा कमाउन सफल

माेहित श्रीपाइली,टीकापुर /धनसिंहपुर कृषि सहकारी संस्थाले आर्थिक वर्ष २०७७/०७८ मा साडे छ लाख नाफा कमाउन सफल भएको छ । शुक्रबार धनसिंहपुर कृषि सहकारी संस्थाको छैटौं

अझै पढ्नुहोस्