भुकम्प पीडितका लागि उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय

शेयेर गर्नुहोस

धनगढी/सुदूर पश्चिम प्रदेश सरकारले जाजरकोट र रुकुममा भूकम्पमा परी घाईते भएकोहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको छ ।

आज बसेको सुदूर पश्चिम प्रदेश सरकारको मन्त्रि परिषदको बैठकले घाईतेहरुको उपचार तथा, भूकम्पबाट प्रभावित भएकाहरुको सहयोगका लागि एक करोड रुपैया सहयोग गर्ने निर्णय गरेको हो ।

सुदूर पश्चिम प्रदेश सरकारले कर्णाली प्रदेश जाजरकोट जिल्लाको बारेकोट गाँउपालिका- १ रामीडाँडा केन्द्रविन्दु भएर शुक्रवार राति गएको भूकम्पमा परी जाजरकोट र रुकु लगायतका जिल्लामा भएको मानवीय तथा भौतिक क्षति प्रति दुःख व्यक्त गरेको छ ।

मुख्यमन्त्री कमल बहादुर शाहले आज बिहान आयोजित पत्रकार सम्मेलनमा घाईते तथा भूकम्प प्रभावितहरुको उपचारका लागि एक करोड रुपैया सहयोग गर्ने र घाईतेहरुको उपचारका लागि स्वास्थ्य सामग्री सहित २० जना स्वास्थ्यकर्मीको टोली पठाउने जानकारी दिए ।

मुख्यमन्त्री शाहले अनुसार स्वास्थ्य टोली आजै भूकम्प प्रभावित क्षेत्रमा जाने जानकारी दिए ।

मुख्यमन्त्री शाहले नलगाड नगरपालिकाकी उपमेयर सरिता सिंह सहित भूकम्पमा परी  दिवंगत भएकाहरुप्रति समवेदना व्यक्त गर्दै घाईतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरे ।

भूकम्पबाट प्रभावितहरुलाई सुरक्षित स्थलमा स्थानान्तरण गर्न र भूकम्पमा परी पुरिएकाहरुको खोजी तथा घाईतेहरुको उपचार कार्यमा लाग्न सुदूर पश्चिम प्रदेश सरकार अन्तर्गतका स्थानीय तह, सुरक्षा निकाय तथा बिभिन्न संघसंस्था र नागरिक समाजसंग मुख्यमन्त्री शाहले आग्रह गरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

भजहरमा रमाउँदै नारायणपुरका थारु समुदाय

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

राष्ट्रिय सभाको गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित

जमुना न्युरे/ राष्ट्रियसभा सदस्यमा सुदूरपश्चिम प्रदेशका गठबन्धनका तर्फबाट उम्मेदवार बनेका तीनै जना निर्वाचित भएका छन् । महिला तर्फ माओवादीकी रेनु चन्द विजयी भइन् । उनले

अझै पढ्नुहोस्
राजनीति

टीकापुर ८ मा काङ्ग्रेस गठबन्धनकाे विपक्षमा,एक्लै चुनाव लड्न सक्षम भएको दावि

टीकापुर/सत्ता साझेदार पार्टीले स्थानीय निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरे संगै स्थानीय स्तरमा नै खैलाभैला सुरु भएको छ । गठबन्धन भए पार्टीका कार्यकर्तामा एक किसिमको

अझै पढ्नुहोस्
समाचार

बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना सडक नाटक प्रदर्शन

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका

अझै पढ्नुहोस्
समाचार

हरियाली सा .ब को साधारण सभा सम्पन्न

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडि नगरपालिका वडा ५ देउकलियामा रहेको हरियाली सामुदायिक वन उपभोक्ता समुहको १३ औ साधारणसभा तथा सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। वनका

अझै पढ्नुहोस्