TRENDING
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması
Сколько зарабатывают стримеры казино Pinco в 2023 году?
Next
Prev

भुकम्प पीडितहरु प्रती दुख प्रकट र धैर्य धारणा गर्न अपिल , होमस्टे सन्चालनका लागि आफू लागि पर्ने प्रतिबद्धता : मन्त्री धामी

शेयेर गर्नुहोस


जमुना न्युरे/कंचनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा २ वाणिमा रहेको बिजयसाल होमस्टेमा भएको कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै सुदूरपश्चिम प्रदेश उधोग पर्यटन बन तथा वातावरण मन्त्री रमेश धामीले मङ्गलबार बझाङ केन्द्र बिन्दु बनाएर गयको भुकम्पका कारण धनजन को क्षती प्रती मन्त्री धामिले दुख प्रकट गरे भने पीडित परिवारलाई चाडै नै प्रदेश सरकारले राहतको कार्यक्रम ल्याउने बताए ।


होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन सम्मेलन २०८० लाई सम्बोधन गर्दै मन्त्री धामिले पछिल्लो समयमा होमस्टेको प्रचलन निकै बढेको भए पनि आउने आन्तरिक तथा बाहय पाहुनाहरुलाइ समय सापेक्ष रुपमा सेवा नदिएको घरबास सङै उनिहरु रहनसहन , चालचलन ,सस्कृती समेत हेरे रमाउने भएकाले होमस्टेको अवधारणा निकै राम्रो भएको भय पनि होमस्टेले कला सास्कृती , परम्परागत शैली खाना पान ,रहनसहन , पहिरन ,सरक्षण हुने , खाली पेटले मानिसहरु सरक्षण नगर्ने भएकाले होमस्टेको माध्यम बाट जिबिको पार्जन सहित सरक्षण हुने बताए ।

आफुले कैलाली ,कंचनपुर , बाजुरा , बैतडी लगायत ठाउँहरुमा होमस्टे सन्चालनका लागि घरबासको निर्माण गरिने पाहुनाको माग अनुसार सुबिधा सप्पन्न दुई कोठे भवन निर्माण गरिदिने , निर्माण भै रहेका होमस्टेलाइ अझै ब्यबस्थित बनाउनका लागि पनि थप काम गर्न आफुले सहयोग गर्ने बताए ।

कार्यक्रमा बोल्दै सुदूरपश्चिम पदेश सासद ओम बिक्रम भाट ( सरल )ले होमस्टेले सस्कृतीको जग्रेणा गरेको छ जब सम्म हामी सस्कृतिको सरक्षण गर्दैनौ तब सम्म कुनै पनि काम गर्न सकदैनौ कैलाली कंचनपुर मा बाहुल्यता रहेको थारु समुदाय रहेको छ जहाँ थारु समुदाय भित्र पनि विभिन्न किसिमका डगौरा , राना , कठरिया लगायका थारु रहेका तिनीहरु आफ्नै आफ्नै कला सस्कृती , परम्परागत सीप ,सरक्षण गर्नको लागि थारु समुदायमा रहेको भल्मन्साहरुलाइ बैधानिकता दिन जरुरी छ ।भल्मन्सा कार्यबिधी ऎन बनाइ तिनिहरुलाइ तालिम आवश्यक छ राज्यले लगानी मा सरकार र समुदाय बिचमा साझेदार हुन जरुरी रहेको छ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका माननीय तुल्सि देवकोटाले वन तथा पार्यवरण सरक्षणमा अगाडि बधी रहेको छ त्यसरी नै होमस्टे निमार्ण सरक्षण ,सम्बर्द्धन ,प्रबर्द्धन तथा सदुपयोग का लागि सबै जुट्नु पर्ने मा जोड , कंचनपुरमा रहेको बिजयसाल होमस्टेको आफ्नै महत्व रहेको जहाँ पर्यावरण को हिसाब अति राम्रो बिजयसाल होमस्टे राम्रो जहाँ यहाँ आउने पाहुनाहरुले नजिकै बाट बाघ , हाती ,लगायतका जनावर हेर्न र नजिकै बाट कला सस्कृतीको बारेमा बुझ्न पाउने गरेको बताए।सुदूरपश्चिम पदेश सासद तथा नेपाली काङ्ग्रेसका सचेतक गिता चौधरीले सरकारले अहिले पनि थारु समुदायलाई पछाडि पारेको छ ,हामी कला सस्कृतिमा धनी छौ कला सस्कृतिका माध्यम बाट पर्यटन ब्यबसाय ,आर्याआर्जनमा जुटेका छौ, जिबिको पार्जनको आधार हो यस्को प्रचारप्रसार गर्न जरुरी रहेको बताए ।


कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका निवर्तमान सासद महेश दत्त जोशिले कृष्णपुर नगरपालिकामा रहेको सिस्ने लाई सिमसार क्षेत्र बनाउने जहाँ हाती तथा बाघले महिनौ दिन सम्म यहाँ बस्ने गरेका छन् ,यहाँ मान्छेले जङ्गली जनावरले आफुले लगायको बालिनाली नोक्सान गर्दा पनि सरक्षणमा निरन्तर रुपमा जुटेका छन् तेहिको परिमाण आज बिजयसाल होमस्टे सन्चालान भएको छ थोरै भयनी निम्न आय भएकालाइ आफुले उत्पादन गरेको आफ्नै घरमा रहेका खानेकुरालाई पाहुनालाई दियर थोरै भयनी आर्य आर्जन गर्न थालेका छन् ,बिजयसाल बाट विभिन्न सामाग्री निर्माण गरि आउने पाहुनालाइ दिने गरेका छन् , सरक्षणमा लागे पछि अहिले जयलक्ष्मी सामुदायिक वन र जनहित सामुदायिक बन मुक्त कमैयाहरु सरक्षण गरेको सामुदायिक बन हो जहाँ बिजय साल का १०/१२ रुख मात्र रहेको ठाउँ अहिले पुर्न उत्पादन भै घना बिजयसाल को जङ्गल भयको छ ।जहाँ विभिन्न खालका चराचुरुङ्गी ,बन्यजन्तु अवलोकन गर्न पाइने भएको छ ।


कार्यक्रममा बोल्दै कृष्णपुर नगरपालिका नगर प्रमुख हेम राज ओझाले आफुले होमस्टेकोलागी नीति तथा कार्यक्रम बाट बजेट छुट्याइको छ , सिस्ने सिमसार बनाउनका लागि पनि आफुले सरक्षण का कार्यक्रम ल्यायको र पर्या पर्यटन सम्बन्धि पनि थुप्रै काम गरिने बताए ।

कार्यक्रममा प्रकृति सस्कृती र पर्यटन नेपालको पहिचान सकृती मुलुक निर्माण होमस्टेको अभियान भन्ने मुल नाराका साथ सुरु भयको होमस्टे प्रवर्द्धन तथा सुदूरपश्चिम प्रदेश स्तरिय पर्यटन सम्मेलन २०८०भएको कार्यक्रम सभापति होमस्टे सन्चलान महासघंका सुदूरपश्चिम प्रदेश अध्यक्ष लक्ष्मी नारायण चौधरीको सभापतित्वमा भयको थियो ।

कार्यक्रममाथी प्रकाश पार्दै केन्द्रिय महासचिव कृष्ण चौधरी अहिले होमस्टे को अवस्था , चुनौती , र अवसरको बारेमा जानकारी हाल सम्म सुदूरपश्चिम
प्रदेश भरी २५ /३० वटा होमस्टे रहेका छन।
कार्यक्रममा थारु समुदाय मा रहेका सास्कृती झल्काउने विभिन्न खालका नाच झुम्रा नाच ,सखिया नाच, लठ्ठी
नाच , हुर्दुङुवा नाच लगायत देखायको थियो भने कार्यक्रमको सन्चालन दिनेश चौधरीले गरेका थिय ।
कार्यक्रममा सरक्षणकर्मी तथा होमस्टेका अभियानता पुर्ण चन्द्र उपाध्यायले होमस्टे सम्बन्धि गित गायर स्वागत गरेका थिय।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा आगलागी, १५ लाखको क्षति

चौमाला – गौरीगंगा–४, राजीपुरस्थित प्यराडाइज इङ्गलिस बोर्डिङ स्कुलमा गएराति विद्युत् सर्ट हुँदा आगलागी भएको छ। आगलागीका कारण विद्यालयको कम्प्युटर ल्याव तथा शैक्षिक सामग्री जलेर पूर्ण

अझै पढ्नुहोस्
समाचार

महिला नेत्री बिसिले गरिन पुर्ब मन्त्री सिंहको सम्झनामा फलफूल बितरण र कल्याणकारी कोषमा रकम जम्मा

जमुना न्युरे/जन्मदिनमा धेरैले केक काटने, पार्टी भोज मनाउने फजुल खर्च बढी गर्ने कार्यको होडबाजी चलिरहेको बेला एकजना महिला नेत्रीले भने आफ्नो जन्म दिनमा दिवंगत आफ्ना

अझै पढ्नुहोस्