बौनियामा सेती लोकमार्ग पहिचान महोत्सव हुने

शेयेर गर्नुहोस

कैलालिको बर्दगोरिया गाउँपालिकामा बर्दगोरिया सेती लोकमार्ग पहिचान महोत्सव २०८० लाग्ने भएको छ । 

बर्दगोरिया साहित्य तथा सास्कृतिक मञ्चको आयोजनामा यहि चैत ९ गते देखि १८ गते सम्म महोत्सव हुने बौनियामा पत्रकार सम्मेलन गर्दै आयोजकले जानकारी दिएको छ ।

“कृषि ब्यापार ,संस्कृती र पर्यटनको बिकास:निर्माणाधीन सेती लोकमार्गको निकास भन्ने मुल नाराका साथ सुरु हुने महोत्सव चैत १८ गते सम्म सन्चालन हुने आयोजक संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिएका छ्न  । 

महोत्सबमा चर्चित राष्ट्रिय कलाकारहरु सहित सुदुरपस्चिमका चर्चित देउडा कलाकारहरुको प्रस्तुती रहने छ । महोत्सवमा एक दर्जन बढी कलाकारहरुले आफ्नो प्रस्तुती राख्ने छन ।  

सेती लोकमार्ग संगै बर्दगोरिया धामलाई चिनाउन महोत्सव आयोजना गर्न लागिएको संस्थाका अध्यक्ष भरत ताम्राकारले जानकारी दिए । महोत्सव सफल पार्नका लागि स्थानिय तह लगायतका संघ संस्था संग सहकार्य गरिरहेको अध्यक्ष ताम्राकारले बताए । 

२०४२ सालबाट सेती लोकमार्गको अवधारणा अघि सारिएको भए पनि सरकारकाले केन्द्रमा राखेर यसको काम अघि बढाउन नसकेको नचाहेको अवस्थामा हरेक वर्ष लाग्ने यो महोत्सवले सरकारको ध्यानाकर्षण गरी यो मार्ग निर्माणको काममा दवाव पुग्ने उद्देश्य रहेको छ । 

कला संस्कृती र पर्यटनलाइ उजागर गर्नका लागि महोत्सबले महत्वपुर्ण भुमिका खेल्ने संस्थाका महासचिव लोकु सिंह ठकुरीले बताए । महोत्सवमा यहाँका पर्यटकिय क्षेत्रका पोस्टर राखिनुका साथै रमाइलो मेला,मगर गाउँ थारु गाउँ, डेउडा,थारु नाच लगायत विभिन्न सस्कृती झल्किने प्रस्तुति सङ्गै ख्याती प्राप्त कलाकारहरुको प्रस्तुती रहने छ । 

महोत्सव अवलोकनका लागि टिकटमा सर्वसाधारणलाइ एक सय, बिद्यार्थीका लागि ५० र अशक्तका लागि छुटको ब्यवस्था गरिएको छ । साथै टिकट बाट उठेको प्रती टिकट १ रुपैयाँ बर्दगोरियामा रहेको सहारा घरलाई छुटाउने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

राजनीति

आफ्नै दलीय चिह्नबाट ७३ दलले निर्वाचनमा भाग लिन पाउने

टीकापुर/अगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा राष्ट्रिय मान्यता प्राप्त दलबाहेकका ७३ वटा दलले आफ्नै दलीय चिह्नबाट निर्वाचनमा भाग लिन पाउने भएका छन्

अझै पढ्नुहोस्
समाचार

स्थानीय तहमा कार्यरत कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना

धनगढी/स्थानीय तहमा कार्यरत कर्मचारीले आज मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा धर्ना दिएका छन्। सुदूरपश्चिम प्रदेश स्थानीय तहको गठन, सञ्चालन र सेवाकका सर्त सम्बन्धी व्यवस्था गर्न बनेको

अझै पढ्नुहोस्
समाचार

गोही उद्धार गरि घोडाघोडी तालमा छोडियो

जमुना न्युरे,सुखड / कैलालीको घोडाघोडी नगरपालिका ५ सितलपुरबाट एक वयस्क गोहीको उद्धार गरिएको छ । सितलपुर खानेपानी उपभोक्ता समितिको कार्यालय परिसरमा फेला परेको करिब साढे

अझै पढ्नुहोस्
समाचार

२३ औँ सशस्त्र प्रहरी दिवस विभिन्न कार्यक्रमको आयोजना

जमुना न्युरे,बनबेहडा/कैलाली द्वारा २३ औँ सशस्त्र प्रहरी दिवस बिभिन्न कार्यक्रमको आयोजना गरि सम्पन्न भएको छ। कार्यक्रममा सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक निरकृस्ण अधिकारी द्वारा सशस्त्र प्रहरी

अझै पढ्नुहोस्