TRENDING
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?
Next
Prev

बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना सडक नाटक प्रदर्शन

शेयेर गर्नुहोस

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–२ साडेपानीमा ३३ औँ लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान मनाइएको छ । ‘हामी सबैको प्रतिबद्धता : लैङ्गिक हिंसा अन्त्यको लागी ऐक्यबद्धता’ भन्ने नाराका वडामा अभियान मनाइएको हो । नगरपालिका अन्तर्गतको महिला तथा बालबालिका शाखाको आयोजना तथा विभिन्न सघ संस्थाहरूको समन्वयमा कार्यक्रम गरीएको हो । 

कार्यक्रममा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)को सहयोग दशरथ माध्यामिक विद्यालयहरूमा गठन गरिएका बाल अधिकार चेतना समूहले बाल विवाह, घरेलु हिंसा र दाइजो प्रथा सम्बन्धीको सचेतना मूलक सडक नाटक प्रदर्शन गरेका थिए ।

कार्यक्रममा इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक दीर्घ साउँद र सिएमसी नेपालका प्रतिनिधि सुशीला चौधरीले घरेलु हिंसा, मानसिक समस्या, स्वरूप, प्रकार र कानुनी कुराको बारेमा सहभागीहरूलाई जानकारी गराएका थिए ।

लैङ्गिक हिंसा अन्त्यका लागि अभियान अन्तर्गत १६ दिनसम्म विविध जागरण र जनचेतना मूलक कार्यक्रम गरेर मनाई रहेको महिला तथा बालबालिका शाखाले जनाएको छ । हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म विभिन्न सचेतना मूलक कार्यक्रम गरी विश्वभर लैङ्गिक हिंसा विरुद्धको अभियान मनाउने गरिन्छ ।

कार्यक्रममा विद्यार्थी, अभिभावक, भलमन्सा, जनप्रतिनिधि,मानवअधिकार समूहका सदस्यहरू, बाल अधिकार चेतना समूहका पदाधिकारी लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पत्रकार धमलाले फाउण्डेशनको भवन बनाउने, ५० हजार नगद सहयोग

जमुना न्युरे,धनगढी/कैलालीको धनगढी स्थित दृष्टि फाउण्डेशनमा पुगरे प्राईमटाईम टेलिभिजनका अध्यक्ष तथा चर्चित पत्रकार ऋषि धमलाले भवन बनाउन पहल गर्ने प्रतिबद्धता जनाएका छन ।कल्पना भट्टले धनगढी

अझै पढ्नुहोस्
समाचार

डोटीबाट सरकारी पेटारोसहितको टोली बडिमालिका प्रस्थान

धनगढी,डोटीबाट सरकारी पूजा सामग्रीसहितको टोली बाजुराको बडिमालिकाका लागि प्रस्थान गरेको छ । हरेक वर्ष झैँ यस वर्ष पनि सुदूरपश्चिमको प्रसिद्ध धार्मिक एवं पर्यटकीयस्थल बडिमालिकाका लागि

अझै पढ्नुहोस्
समाचार

बुद्ध जयन्तीमा प्रदेश प्रमुखको आह्वान: अहिंसा, शान्ति र विश्वबन्धुत्वमा अग्रसर बनौं ।

कैलाली। सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै सम्पूर्ण नेपाली जनता तथा बौद्ध धर्मावलम्बीहरूलाई अहिंसा, शान्ति र मैत्रीको

अझै पढ्नुहोस्
Highlights

घोडाघोडी लवाङी पुजा तथा महोत्सव पत्रकार सम्मेलन

सुखड/कैलालीको जिल्लाको घोडाघोडी नगरपालिकामा रहेको घोडाघोडी मन्दिरमा हरेक बर्ष जस्तै बिबाह पन्चमी दिन हुने थारु समुदायले यस बर्ष लवाङी पुजा हुने गरेको छ । “थारु

अझै पढ्नुहोस्