बाढी पिडितकाे समस्या लिएर टीकापुरकाे टोली काठमाण्डाैँमा

शेयेर गर्नुहोस

टीकापुर/कैलालीको टीकापुरकाे बाढी पीडित संघर्ष समिति बाढीपीडितकाे समस्या लिएर काठमाडौंमा बिभिन्न मन्त्रालयमा पुगेका छन् ।

साेमबार टीकापुरबाट हिडेकाे बाढीपीडित संघर्ष समितिले काठमाडौंमा विभिन्न मन्त्रालयमा पुगेेर डेलिगेसन बुझाएको हाे । टोलीले मंगलबार अर्थमन्त्री जनार्दन शर्मा र उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसाललाई भेटेर तीन बुदे ज्ञापन पत्र बुझाएको बुझिएको छ । वर्षादको समयमा आउने गरेको कर्णाली, पथरैया र मोहना नदीको बाढीले बस्ती नै खतरामा रहेकाले नदी व्यवस्थापनका साथै तटबन्ध निर्माण गरि दिन आग्रह गर्दै उक्त टोलीले ज्ञापन पत्र बुझाएको टीकापुर नगरपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तथा प्रवक्ता दिर्घ बहादुर ठकुल्लाले बताउनुभयो ।

उहाँले ज्ञापन पत्र बुझे पछि अर्थमन्त्री जनार्दन शर्मा र सिंचाई मन्त्री पम्फा भुषालले टीकापुरको बाढी प्रभावित क्षेत्रमा भएको क्षति न्युनिकरणका लागि दिर्घकालीन योजना सहित काम गर्ने आश्वासन दिनुभएकाे बताउनुभयो ।

प्रवक्ता ठकुल्लाका अनुसार सिंचाई मन्त्री भुसालले रानीजमरा कुलरिया सिंचाई आयोजनाले टीकापुरमा कृषि क्षेत्रको विकासका लागि सिंचाईको व्यवस्थापन, खेतीयोग्य जमिन र बस्ती जोगाउनका लागि तटबन्धको काम भइरहेको बताउनुभयो ।उहाले टीकापुर क्षेत्रबाट प्रतिनिधित्व गर्ने जनप्रतिनिधिहरुको रोहबरमा बाढी पीडित क्षेत्रका समस्याहरु समाधानका लागि केन्द्र सरकारको ध्यानाकर्षण गराउनका लागि तीन बुदे ज्ञापन पत्र बुझाएको जानकारी दिनुभयाे ।

टीकापुरकाे शाहीपुरको क्षतिग्रस्त तटबन्ध यसै आर्थिक वर्षमा सम्पन्न गर्नु पर्ने, वडा नम्बर ८ मा पर्ने हुलाकी राजमार्गको यथाशीघ्र मर्मत सम्भार गरिनुपर्ने, कर्णाली नदीको कटान नियन्त्रण गर्न भन्दै राष्ट्रिय गौरवको रानीजमरा कुलरिया सिंचाई आयोजनासंग २०७२ साल चैत १३ गते हाईग्रीभा, सिद्धीशाही, प्रकाश जे.भी. सामाखुशीसंग सम्झौता भएको ६ वर्ष सम्म पनि निर्माण कार्य सम्पन्न नभएकोले तटबन्धको काम छिटो छरितो गरी स्थानियको जीउ, धनको सुरक्षाको ग्यारेन्टी गर्नु पर्ने समेत ज्ञापन पत्रमा उल्लेख गरिएको जनाएको छ ।

सुदूपश्चिम प्रदेश सभाका सदस्य डा. रण बहादुर रावल, टीकापुर नगरपालिकाका मेयर तपेन्द्र बहादुर रावल, टीकापुर नगरपालिका ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला र नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य नेप बहादुर चौधरीको विशेष उपस्थितिमा ज्ञापन पत्र बुझाइएको हो । बुधबार प्रधानमन्त्री शेर बहादुर देउवालाई भेटेर ज्ञापन पत्र बुझाउने कार्यक्रम रहेको बाढी पीडित संघर्ष समितिका संयोजक धन सिंह साउंदले जानकारी दिनुभयाे ।

कर्णाली, पथरैया र मोहना नदीको कटान र बाढीबाट टीकापुर नगरपालिका वडा नम्बर ५, ७ र ८ का बस्तीहरु पूर्ण रुपमा विस्थापित हुने अवस्था आएको स्थानियबासिन्दाकाे भनाइ रहेको छ ।
टीकापुर नगरपालिका वडा नम्बर ५ मा पर्ने शाहीपुर क्षेत्रबाट कर्णाली नदी पस्दा टीकापुर ८ अन्तर्गत हुलाकी सडक खण्डको सुर्यपुर देखि कर्णाली पुल सम्मको करिब ५ सय मिटर सडक खण्ड पूर्ण रुपमा नष्ट भएको छ । उक्त सडक खण्ड अझै मर्मत भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

घटना

टीकापुरमा खुकुरी प्रहार गरि हत्या गर्ने साउँद प्रहरीकाे फन्दामा

टीकापुर/ टीकापुरमा प्रहरीले खुकुरी प्रहार गरि हत्या गर्ने एक जनालाई नियन्त्रणमा लिएको छ । टीकापुर नगरपालीका वडा नं. ८ कालीमाटी बस्ने लोक बहादुर साउदको १८

अझै पढ्नुहोस्
समाचार

घोडाघोडी क्षेत्रमा भेटियो नयाँ प्रजातिको चरा

सुखड/बिश्व रामसार सूचीमा सूचीकृत कैलालीको घोडाघोडीमा नयाँ प्रजातिको चरा भेटिएको छ । घोडाघोडी आरक्ष क्षेत्रमा यही जेठ ७ देखि १३ गतेसम्म चरा गणना तथा अनुसन्धान

अझै पढ्नुहोस्
समाचार

अख्तियारद्वारा सुदूरपश्चिम प्रदेश प्रमुख मियाँसमक्ष प्रतिवेदन पेश

कैलाली । अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुदूरपश्चिम प्रदेशले प्रदेश प्रमुख नजिर मियाँसमक्ष वार्षिक प्रतिवेदन पेश गरेको छ ।आयोगले आर्थिक वर्ष २०८०/०८१ चौतिसौं वार्षिक प्रतिवेदन प्रदेश

अझै पढ्नुहोस्
समाचार

कुण्डा सब वन कार्यालयद्वारा बिरुवा वितरण सुरु

जमुना न्युरे,धनगढी/कुण्डा सव वन डिभिजन कार्यालय पचकडियाले मंगलबार देखि नि:शुल्क बिरुवा बितरण सुरु गरेको छ । सव वन डिभिजन कार्यालयले पुनर्वास क्षेत्रमा वन पैदावर वृद्धि

अझै पढ्नुहोस्