बाढिले हजारौँ परिवार समस्यामा उद्धार गर्नसक्ने अवस्था पनि छैन भजनी नगरप्रमुख चौधरी

शेयेर गर्नुहोस

धनगढी : कन्द्रा र काढा नदीको बाढी बस्तीमा पसेपछि कैलालीको भजनी नगरपालिका जलमग्न भएको छ । घर डुबानमा परेपछि भजनीवासीको विचल्ली भएको छ । भजनीमा सबै वडा बाढीले जलमग्न भएका नगर प्रमुख केवल चौधरीले जानकारी दिए। बाढी बस्तीमा पसेपछि तीन हजार बढी घर डुबानमा परेका उनले जानकारी दिए । “वडा नं १ देखि ९ सम्म सबै वडामा रहेका घर डुबानमा परेका छन्, यसरी बाढी घरमा पसेपछि नागरिक आफन्तको घर, उच्च घर, सडकमा निस्केका छन्”, नगरप्रमुख चौधरीले भने, “डुबान क्षेत्रका केही परिवार वनमा बसेका थिए, केही दिनअघि वन विभागले टहरा हटायो, अब कहाँ बस्नुस् भन्ने । पालिकाले हजारौँ परिवार उद्धार गर्नसक्ने अवस्था पनि छैन ।”

हरेक वर्ष बाढी आउने भजनीमा सबै वडा डुबानमा परेपछि पालिकालाई उद्धारमा समेत समस्या हुने गरेको छ । भजनी नगरपालिका मोहना, पथरैया, कन्द्रा र काढा नदीको चपेटामा पर्ने गर्दछ । “अहिलेसम्म धनजनको क्षतिको खबर छैन, घरमा पानी पसेकाले मानिसका लुगाकपडा, भाडाकुँडा, खाद्यान्न भिजेका, बगेकाजस्ता क्षति भएका छन्”, नगर प्रमुख चौधरी भन्छन् “पालिका मात्रले कहाँ–कहाँ उद्धार गर्ने, कसरी व्यवस्था गर्ने हामी त समस्यामा पर्‍यो

बाढी घरमा पसेपछि वडा नं २ का सन्देश चौधरीको परिवार बुधबार दिउँसोदेखि सडकमा बसेको छ । “घरमा भएमा सबै सामान भिजेर नष्ट भए, हामी ज्यान बचाउन घर छोडेर निस्कियौँ”, उनले भने, “सरकारले हामीलाई सुरक्षित बस्ने वातावरण बनाउनुप¥यो ।” लगातारको वर्षासँगै आएको बाढीले जोशीपुर गाउँपालिका ३ भितरियामा पौने दुई सय घर डुबानमा परेका छन् । काडा नदीमा आएको बाढी बस्तीमा पसेपछि भितरिया गाउँका एक सय ७० बढी घर डुबानमा परेको स्थानीय भागीराम डगौराले बताउनुभयो । बाढीको सतह बढ्दै गएपछि कोही परिवार सडकमा निस्केको र कोही घरभित्रै बसिरहेको उनले जानकारी दिए

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

हात्तीको आक्रमणबाट एकको मृत्यु

धनगढी /कञ्चनपुरमा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा बेलौरी नगरपालिका–६ ढक्का चाँदरका २४ वर्षीय उमेश चौधरी छन्। बेलौरी नगरपालिका वडा नम्बर

अझै पढ्नुहोस्
Highlights

संरक्षित क्षेत्रमै अतिक्रमण र चोरीसिकारी

जमुना न्युरे/कैलालीको संरक्षित वनक्षेत्र बसन्ता पछिल्लो समय अतिक्रमण र चोरी सिकारीको चपेटामा परेको छ । सरकारले संरक्षित क्षेत्र घोषणा गरे पनि विस्तारै यस क्षेत्रमा घर

अझै पढ्नुहोस्
समाचार

लाइटहरु गुणस्तरीय नभएको पाइएको छ

धनगढी/धनगढीमा झिलिमिली पार्न लगाइएका लाइटहरु गुणस्तरीय नभएको पाइएको छ। धनगढी उपमहानगरपालिकाका विभिन्न स्थानहरूमा जडान गरिएका सडक बत्तिहरु गुणस्तरहीन भएको पाइएको हो। धनगढी उपमहानगरपालिकाका मेयर गोपाल

अझै पढ्नुहोस्
राजनीति

नागरिक उन्मुक्ति पार्टीले ४०० स्थानमा उम्मेदवार उठाउने र कैलाली १ बाट पार्टी अध्यक्ष रन्जिता

टीकापुर/मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार उठाउने तयारी गरेकाे छ ।

अझै पढ्नुहोस्