बाघ आक्रमण : परिवारै विचल्ली

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा न १० को भीमबस्तीस्थित मदन टोलकी ३७ वार्षिया कलसा देवी सार्की बिहानको खाजा खाएर बाख्राका लागि घाँस लिन भारतको दुधुवा नेशनल पार्कको दक्षिणी भाग गौरीफन्टा नजिकै गाउँका साथीसँग घाँस काट्ने गइन् । उनी सीमावर्ती क्षेत्र रहेको दुधुवा नेशनल पार्कमा सधैं झैँ बाख्रालाई घाँस लिन गएकी सार्की सदाका लागि अस्ताइन् चैतको १० गते बिहान ८ बजे ।

बाघको आक्रमणबाट मृत्युु भएकी सार्कीको परिवार आर्थिक रूपमा अतिबिपन्न छ । साँझ बिहानको छाक टार्नका लागि अरुको खेतबारीमा मजदुरी गर्ने र छोरा छोरीको पढाई लेखाइमा मद्दत पुगोस् भनेर बाख्रा पनि पालेकी थिइन् उनले । त्यही बाख्रालाई घाँस काट्न गएका बेला उनको बाघको आक्रमणमा परेर मृत्यु भयो ।

उनीमाथि आश्रित पाँच जनाको परिवार अहिले बिचल्लीमा छ । उनका श्रीमान् अम्बेराम सार्की गहभरी आँसु पार्दै भन्छन्,‘यो परिवार उसकै भरमा रहेको थियो, कहाँबाट खाना, लुगा कपडा केटाकेटीको पढाइ खर्च जोहो गर्थी, मलाई थाहा नै हँुदैन थ्यो ।’ अम्बे आफू काम गर्न नसक्ने शारीरिक रुपमा अपांग छन् । उनको एक हात राम्रोसँग चल्दैन । दिनभरी दुःख गरेर काम गरे पनि साँझ बिहान सहजै रुपमा दिनचर्या बित्ने गरेको थियो ।

त्यो दिन सम्झँदै उनले भने,‘बिहानको खाजा खाएर १२ वार्षिय छोरो मोहनलाई बहिनीहरुलाई स्कुल लिएर जानू म चाँडै फर्किहाल्छु भनेर गएकी थिइन् कसला, तर उनी कहिल्यै फर्किने गरी आइनन् ।’ यता अम्बेले पनि आफ्नै गुजारा चलाउनका लागि बाँसको डोका डाला निर्माण गर्दै थिए । आफ्नै घरको आँगनमा त्यही बेला गाउँलेहरुले बाघले मान्छे खायो भन्ने कुरा गर्दै धेरै मान्छेहरु दुधुवा नेशनल पार्कतिर गएपछि उनी पनि ती हुलमै गए । त्यहाँ पुग्दा त आफ्नै पत्नी कलसा रक्ताम्य भएको देखे उनले ।

पत्नी वियोगमा रहेका उनी घटनाको साता वित्दा पनि स्थानीय सरकार तथा अन्य कोहीले पनि पीडित परिवारलाई सान्त्वना दिएको छैन । यही समयमा शुक्रबार मात्रै सामुदायिक वन समन्वय समितिले पीडित परिवारलाई राहत भन्दै २५ हजार र आयआर्जनमा सहयोग पुगोस् भनेर २५ हजार गरी ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

दुधुवा नेशनल पार्कहुँदै नेपालतर्फको मोहना–लालझाडी करिडोर हुँदै बाघ शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ओहोर दोहोर गर्दै आउने गरेको छ । सोही बाटो भएर केही दिनदेखि दुई बच्चा सहितको बाघ दुधुवा नेशनल पार्क तथा मोहना लालझाडी क्षेत्रमा विचरण गरिरहेको छ । सोही करिडोर प्रयोग गर्दै बाघ, हात्ती लगायतका वन्यजन्तुहरु नेपाल भारत आउजाउ गर्ने गर्छन् ।

पछिल्लो समयमा पोथी बाघले भाले बाघबाट आफ्ना डमरुलाई बचाउन तथा हुर्काउन नेपालतर्फको लालझाडी मोहना करिडोरमा आएको सब डिभिजन बन कार्यलय पचकडिया प्रमुख दिनेशकुमार यादव बताउँछन् । बाघले डमरु सँगसँगै ल्याएको बेला मानिसलाई देख्दा बढी आक्रामक हुने गरेका कारण यस्तो समयमा जंगलमा नजाने तथा जानै परे समूहमा जाने यादव सुझाउछन् ।

ताजा खबर

Nowe kasyno online BLIK: wszystko, co musisz wiedzieć

धनगढीमा दशैं विशेष सामूहिक सखिया नाच प्रदर्शन

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्