बन्यजन्तुको आक्रमण मृत्यु भयको परिवारलाई राहत दिइयो

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी /कञ्चनपुरको पुनर्वास नगरपालिका वडा नम्बर १० भिमवस्ती मदन टोलकी कलसा सार्कीका परिवारलाई राहात रकम प्रदान गरिएको छ । सामुदायिक वन समन्वय समिति कंचनपुरले कलसाका श्रीमान अम्वे सार्कीलाई राहात रकम हष्तान्तरण गरेको हो ।

आयआर्जन तथा काजक्रिया खर्च भन्दै समितिका अध्यक्ष शिवदत्त पन्त र सव डिभिजन वन कार्यालय पचकडियाका प्रमुख दिनेशकुमार यादवले राहात रकम हष्तान्तरण गरेका हुन् ।

मृतकका परिवारलाई आयआर्जन तर्फ २५ हजार र काजक्रिया खर्च २५ हजार गरि ५० हजार रकम सहयोग गरिएको समितिका अध्यक्ष पन्तले बताए । उनले राहात रकमले परिवारलाई आयआर्जन गर्नमा सहयोग पुगाउने उद्देश्यले वितरण गरिएको बताए ।

डिभिजन वन कार्यालय प्रमुख यादवले पछिल्लो समय मानव र वन्यजन्तुविचको द्वन्द्व बढ्दै गएकोले मानवलेनै सावधानी अपनाउन जरुरी रहेको बताए । उनले भने –‘दुधुवा राष्ट्रिय निकुञ्जदेखि लालझाडी तथा पुनर्वास क्षेत्रमा बाघ, हात्ती लगायतका वन्य जन्तुको चहलपहल बढ्दै गएको छ । त्यसैले मानविय क्षति हुन नदिने स्थानियनै सर्तक हुन जरुरी देखिन्छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

वन मन्त्रालय खापेन नागरिक उन्मुक्ति पाटीलाई

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्राज्ञिक विद्यार्थी परिषद् द्वारा धनगढीमा दिप प्रज्वलन

लवदेव धामी,धनगढी / इजरायलमा हमासको आतंकवादी हमलामा मारिएका नेपाली विद्यार्थीहरू प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतक विद्यार्थीको चिरशान्तिको कामना गर्दै दिप प्रज्वलन गरेको हो। धनगढी

अझै पढ्नुहोस्
समाचार

नेपाल पर्यटन बोर्ड सुदुरपश्चिम प्रादेशिक कार्यालय बन्द, कर्मचारीको बिचल्ली, न नियुक्ति पाए न त सेवासुबिधा नै

धनगढी/आजभन्दा २९ महिना अघि बडो तामझामका साथ उदघाटन गरिएको नेपाल पर्यटन बोर्डको प्रादेशिक कार्यालय बन्द भएको छ । कार्यालय बन्द भएसंगै त्यहाँ कार्यरत कर्मचारीहरुलाई कुनै

अझै पढ्नुहोस्
Highlights

थारु वस्तिमा रहेका होमस्टेमा आउने पर्यटक थारु समुदायका परिकारले आकर्षित

जमुना न्युरे,सुखड/कैलाली जिल्लाका थारु बस्तिमा रहेका होमस्टेमा आउने पर्यटनलाई थारु समुदायका परिकारले आकर्षित गरेको छ । कैलाली जिल्लाको पहिलो होमस्टे भादा (घरबास ) गाउमाआउने पर्यटकलाई

अझै पढ्नुहोस्
समाचार

दुई छिमेकी मुलुकसंग दोहोरो सम्बन्ध राम्रो छ ः परराष्ट्रमन्त्री डा राणा

परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चिनसंग सम्बन्ध राम्रो रहेको बताए। दुई ठुला छिमेकी मुलुकसंग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै

अझै पढ्नुहोस्