बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान

शेयेर गर्नुहोस

कञ्चनपुर / कञ्चनपुरको पुर्नवासमा बच्चा सहितको हात्तीको बथान किसानको उखुबारी पस्दा बिगाहमा लगाएको उखु नोक्सान गरेको छ । बिहिवार राती पुर्नवास नगरपालिका –१० दोधा पुल नजिक हात्तिको बथानले स्थानीय पप्पु रानाले बिजय माध्यमिक विद्यालयको जमिन लिजमा लिइ लगाइएको उखुबारीमा पसेको थियो ।

रानाले बिद्यालयको करिब १० बिघा क्षेत्रफलमा लगाएको उखुबारीमा हात्ती बथानले नोक्सानी गरेको कुण्डा सव डिभिजन बन कार्यालय प्रमुख दिनेश कुमार यादवले बताए ।

प्रमुख यादवका अनुसार दुधवा नेसनलपार्कबाट नेपाल प्रवेश गरी लालझाडी बन संरक्षण क्षेत्र तर्फ जादै गर्दा होहल्लाले निस्किने बाटो नपाउँदा हात्तिको ठूलो बथान विहिवार राती रानाले लगाएको उखुबारीमा पसि नोक्सान गरेको हो ।

जंगली हात्ती जैबिक मार्गबाट आवतजावत गर्नेभएकोले होहल्ला नगरी ओहोरदोहोर गर्न सहज गरि सचेत रहन स्थानीयलाई आग्रह गरेका छन । शुक्रबार हात्तीले नोक्सान गरेको उक्त क्षेत्रमा स्थानीय जनप्रतिनिधि, वन टोलि, प्रहरी, पत्रकार सहितको टोलिले अनुगमन गरेका छन ।पछिल्लो समय जैविक मार्ग मासिदै जादा जंगली जानवर मानव वस्ती प्रवेश गरि नोक्सानी भइरहेको घटना बढिरहेका छ्न ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

जंगली बदेल र चित्तलको मासु बरामद

धनगढी/कैलाली जिल्लाको धनगढीमा जंगली बदेल र चित्तलको ६१ किलो मासु बरामद गरिएको छ । नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र प्रहरी चौकी कैलाली गाउँबाट खटिएको

अझै पढ्नुहोस्
समाचार

धनगढीका नगरप्रमुख हमाललाई धम्की दिने व्यक्तीद्वारा आत्महत्याको प्रयास

धनगढी/धनगढी उपमहानगरका नगरप्रमुख गोपाल हमाललाई धम्की दिने व्यक्तीले नगरको हातामै बिष सेवन गरी आत्महत्यको प्रयास गरेका छन् । धनगढी वडा नम्बर ६ मटियारीका २८ बर्षिय

अझै पढ्नुहोस्
Highlights

नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई जवाफ

टीकापुर/नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रन्जिता श्रेष्ठ चाैधरीकाे पूर्व स्वास्थ्य मन्त्री रामजनम चौधरीलाई कडा जवाफ दिएकी छिन् ।गठबन्धनको सरकार नबने रेशम चौधरी छुट्दैनन् भन्ने पूर्व स्वास्थ्य

अझै पढ्नुहोस्
Highlights

थारु वस्तिमा रहेका होमस्टेमा आउने पर्यटक थारु समुदायका परिकारले आकर्षित

जमुना न्युरे,सुखड/कैलाली जिल्लाका थारु बस्तिमा रहेका होमस्टेमा आउने पर्यटनलाई थारु समुदायका परिकारले आकर्षित गरेको छ । कैलाली जिल्लाको पहिलो होमस्टे भादा (घरबास ) गाउमाआउने पर्यटकलाई

अझै पढ्नुहोस्