प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे/धनगढीमा गिट्टी र बालुवाको दिगो उत्खनन, प्राकृतिक स्रोत सुरक्षणका उपायहरू सम्बन्धि ३ दिने तालिम इन्भारोमेन्ट एण्ड इन्जिनिरिङ्ग रिसर्च सेन्टरको आयोजनामा यु. एस .ए. आइ .डि. (USAID) को जल जङ्गल परियोजनाको सहयोगमा सुरु भएको छ ।

प्राकृतिक स्रोतहरूको दिगो उपयोग र संरक्षणमा ध्यान दिनु आजको महत्वपूर्ण आवश्यकता हो। यसै क्रममा, गिट्टी, बालुवा जस्ता निर्माण सामग्रीहरूको उत्खनन गर्दा पर्यावरणीय प्रभावलाई न्यूनीकरण गर्दै दिगो विकासका लक्ष्यलाई समर्थन गर्ने उद्देश्यले “प्राकृतिक स्रोतको संरक्षण मार्फत दिगो गिट्टी र बालुवा उत्खनन विषयमा तालिममा छलफल गरिने छ ।

तालिमले गिट्टी र बालुवा उत्खननको दिगो अभ्यासलाई प्रोत्साहन गर्दै प्राकृतिक स्रोतहरूको सुरक्षित र विवेकपूर्ण प्रयोगमा सुनिश्चित गर्न मार्गदर्शन गर्नेछ।

तालिमका मुख्य उद्देश्यहरु ,गिट्टी र बालुवा उत्खनन गर्दा वातावरणीय सुरक्षाका उपायहरूको परिचय दिनु,
दिगो उत्खनन अभ्यासहरू मार्फत प्राकृतिक स्रोतहरूको प्रभावकारी संरक्षण गर्नु,
सरोकारवालाहरूलाई वातावरणीय संरक्षणका लागि आवश्यक ज्ञान र सीप प्रदान गर्नु रहेका छ्न ।

तालिममा यु. एस .ए. आइ .डि. (USAID) को जल जङ्गल परियोजनाको उदेश्यमाथी प्रकाश सर्मिला गिरिले पार्नु भएको थियो ।
तालिममा जलिय पारिस्थितिकी प्रणाली र जलचर विविधता तथा पारिस्थितिकि सेवा – पर्यावरणिय र सामाजिक बिचार (दिगो उत्खननको प्रभाव ) मा सुरेश भट्टराईले सहजीकरण गरेका थिए ।

नदिकिनारका सामाग्रीहरुको जानकारी र दिगो उपयोग विषयमा मा कुमुद राज काफ्लेले सहजीकरण गरेका थिए ।

वातावरण र सामाजिक सुरक्षण भन्नाले पूर्वाधार विकास आयोजनाहरूले स्थानीय समुदायहरूमा पार्न सक्ने नकारात्मक प्रभावहरूको व्यवस्थापन र न्यूनीकरण गर्ने पक्रियालाई जनाउँछ।
सामाजिक-सास्कृतिक मूल्य र मान्यताहरू, सास्कृतिक र सामाजिक सम्पदाहरू, तथा स्थानीय समुदायहरूको जीविकोपार्जनमा नकारात्मक असर नपार्ने सुनिश्चित भन्ने विषयमा शुशिला चटर्जी नेपालीले सहजीकरण गरेकी थिइन ।
तालीममा कैलाली कंचनपुर जिल्लाका समन्वय समितिका ,अधिकृत , इन्जिनियर , नगरपालिकाका इन्जिनियरहरु , सब इन्जिनियरहरु ,वातावरण क्षेत्रमा काम गर्ने सघंसस्थाका प्रतिनिधिहरु ,वातावरण पत्रकारहरु सहभागी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Uitgebreide strategieën rondom de zombillion bonus voor maximale winst

Practical strategies for maximizing wins with spinking casino and bonus offers

Aktuelle Trends für Spieler mit nvcasino online und lukrativen Gewinnchancen

Aktuelle Strategien entwickeln, um mit dem ninlay casino erfolgreich zu spielen und Gewinne zu maximieren

Functionaliteit van de betonred app verrijkt uw digitale bouwproces aanzienlijk

Vergelijkingen onthullen de details rondom baloocasino/baloobet review en spannende mogelijkheden

सम्बन्धितखवर

छुटाउनु भयो कि !

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ

বাংলাদেশিদের জন্য মাস্টবেট অ্যাপ: বিপণনের অপশনগুলিতে নিবিড়ভাবে প্রবেশ মাস্টবেট অ্যাপ, বাংলাদেশিদের জন্য একটি উদ্ভাসিত নিষ্কৃতি হিসাবে কাজ করছে। এটি ব্যবহারকারীদের জন্য একাধিক প্রবিধান এবং বৈশিষ্ট্য

अझै पढ्नुहोस्