पुरैना तालमा पुन निर्माणका लागि माटोको ड्याम बनाउँदै

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ ।

डिभिजन बन कार्यलय पहलमानपुरले तालको पुन निर्माणका लागि आज देखि ड्याम निर्माण कार्य सुरु गरेको छ ।

सब डिभिजन वन कार्यलय भजनी का प्रमुख मो.ताहा हुसेन मिकरानीको नेतृत्वमा आज डिभिजन वन कार्यलय पहलमानपुर अन्तर्गतका सबै सब डिभिजन वन कार्यलयका कर्मचारिहरु , सशस्त्र वन रक्षक , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको टोलि स्थलगत पुरैना तालमा पुगेको छ ।

पुरैना ताल पुन निमार्णका लागि डिभिजन वन कार्यलय पहलमानपुरले करिब ३ बर्ष देखि सामुदायिक बन समन्वय समिती, नापी कार्यलय कैलाली , जिल्ला प्रशासन कार्यलय कैलाली सङ्ग आवश्यक पटकपटक निरन्तर रुपमा ३ बर्ष देखि छलफल पछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन भै ड्याम्म बनाउन सुरु गरिएको हो ।

तालमा स्थानीयहरुले गहुबाली भित्र्याए पछि वन कार्यलयले कार्य क्षेत्रमा गै पुन निर्माण कार्य सुरु गरिएको हो ।

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।


मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

पुरैना ताल अतिक्रमणमा परेको ताललाई पुरानै स्वरूपमा फर्काउन नापी कार्यालय कैलालीको प्राविधिक टोली र सब डिभिजन बन कार्यलय भजनीको टोलि रेखांकन गरेको थियो  ।अहिले फिल्डमा ६बटा जेसिबिले ड्याम खन्दै गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुरक्षित स्थानमा जान र सजक रहन टीकापुर नगरपालिकाकाे आग्रह

टीकापुर / टीकापुर नगरपालिका वडा न.‌ ५ शाहीपुर स्थित कर्णाली नदीको तटबन्ध भत्काएर नदि गाउँ पसेकाे छ । टीकापुर नगरपालिकाले सुचना जारि गरि दक्षिणी भेगका

अझै पढ्नुहोस्
समाचार

छुवाछुत र विभेद अन्त्य गर्नुपर्छ: प्रदेश प्रमुख मियाँ

धनगढी/सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन आवश्यक रहेको बताएका छन् । धनगढीमा सुरु भएको दलित सामाजिक मञ्चमा उनले विभेद र छुवाछुत

अझै पढ्नुहोस्
Highlights

असाेज ३१ गते सुदुरपश्चिममा सार्वजनिक बिदा

टीकापुर/भाेली असाेज ३१ गते सुदूरपश्चिम प्रदेश सरकारले सार्वजनिक बिदा दिएकाे छ ।बैषाख १९ गते बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले गरेको निर्णयअनुसार प्रदेशभर असाेज ३१ गते पनि

अझै पढ्नुहोस्
समाचार

वनडढेलो नियन्त्रण तथा व्यवस्थापन जनचेतना सप्ताह सप्पन्न

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको धनगढी उपमहानगर पालिका वडा न १७मा “डढेलोबाट बनलाइ जोगाओ ,बन-दिगो उत्पादन र उपयोग ” भन्ने मुल नाराका साथ बन डढेलो नियन्त्रण

अझै पढ्नुहोस्