पुरैना तालमा पुन निर्माणका लागि माटोको ड्याम बनाउँदै

शेयेर गर्नुहोस

जमुना न्युरे,भजनी/कैलालीको भजनी नगरपालिका– ७, लालबोझीमा मोहना नदीको बाढीले पुरेपछि खेत बनेको एक सय ४४ बिघाको पुरैना ताल ब्युँताउन थालिएको छ ।

डिभिजन बन कार्यलय पहलमानपुरले तालको पुन निर्माणका लागि आज देखि ड्याम निर्माण कार्य सुरु गरेको छ ।

सब डिभिजन वन कार्यलय भजनी का प्रमुख मो.ताहा हुसेन मिकरानीको नेतृत्वमा आज डिभिजन वन कार्यलय पहलमानपुर अन्तर्गतका सबै सब डिभिजन वन कार्यलयका कर्मचारिहरु , सशस्त्र वन रक्षक , नेपाल प्रहरी , सशस्त्र प्रहरी लगायतको टोलि स्थलगत पुरैना तालमा पुगेको छ ।

पुरैना ताल पुन निमार्णका लागि डिभिजन वन कार्यलय पहलमानपुरले करिब ३ बर्ष देखि सामुदायिक बन समन्वय समिती, नापी कार्यलय कैलाली , जिल्ला प्रशासन कार्यलय कैलाली सङ्ग आवश्यक पटकपटक निरन्तर रुपमा ३ बर्ष देखि छलफल पछि तालको नक्साअनुसारको क्षेत्र रेखाङ्कन भै ड्याम्म बनाउन सुरु गरिएको हो ।

तालमा स्थानीयहरुले गहुबाली भित्र्याए पछि वन कार्यलयले कार्य क्षेत्रमा गै पुन निर्माण कार्य सुरु गरिएको हो ।

बसन्ता सरक्षित बन क्षेत्रमा पर्ने लालबोझीमा रहेको पुरैनाताल खेती योग्य जमिन परिणत भएको छ । पानी भएको कोर क्षेत्र( भित्री भाग ) ७९.२१ हेक्टरमा फैलिएको ताल चरा अवलोकनका लागि उपयुक्त मानिन्थ्यो ।


मोहना नदिमा २०६५ सालमा आएको बाढिले ताललाई बगरमा परिणत गर्न सुरुवात गरेको थियो पुन २०६८, २०७२ र २०७५ सालमा आएको बाढिले ताललाइ पुरेर बगरमा परिणत गरेको थियो ।

पुरैना ताल अतिक्रमणमा परेको ताललाई पुरानै स्वरूपमा फर्काउन नापी कार्यालय कैलालीको प्राविधिक टोली र सब डिभिजन बन कार्यलय भजनीको टोलि रेखांकन गरेको थियो  ।अहिले फिल्डमा ६बटा जेसिबिले ड्याम खन्दै गरेको छ ।

ताजा खबर

What is Apex Casino? A Overview of Online Gaming Facilities.

Introducción a la ruta del pollo : conceptos y características de los juegos de apuestas en línea.

Descripción de Chicken Road 2: un juego de azar en línea.

What is Chicken Road in Online Gambling?

बडीमालिका–रामारोशन वन संरक्षण क्षेत्र घोषणा

Eigenschaften und Merkmale von Chicken Road als Glücksspiel

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

बिरामी रहेको गिद्दको उदार

सुखड/घोडाघोडी नगरपालिका वडा ३ बग्लोहुलिया गाउँ बग्लहुवा सामुदायिक बनको छेउ चन्द्र डगौरा बारि बाट हिमाली गिद्दको उद्दार गरिएको छ। सब डिभिजन वन कार्यलय सुखडका प्रमुख

अझै पढ्नुहोस्