पुरैनातालको नक्साङ्कन माघ महिना देखि सुरु हुन्छ, प्र.जि.अ : मिश्र

शेयेर गर्नुहोस


जमुना न्युरे,कैलालीको भजनि नगरपालिका ७ स्थित पुरैना तालको नाप नक्साङ्कन / सिमाङ्कन कार्य आउदो माघ महिना बाट गरिने भएको छ । मङगबार स्थलगत अनुगमनमा पुगेका कैलालीका प्रमुख जिल्ला अधिकारी धमेन्द्र कुमार मिश्रले नक्साङ्कन / सिमाङ्कन कार्य आउदो माघ महिना बाट गरिने बताएका छन ।


स्थानीयहरुलाइ आसवासन पार्दै मिश्रले भने,यस भन्दा अगाडिका प्रयासहरु के भए भएन भन्ने छोडौ अब गरिने प्रयासले पक्कै पनि सार्थकता पाउने छ, माघ महिना बाट रेखांकन / सिमाङ्कन गर्दै पोलहरु गाडिने छ मात्र एक महिना समय दिनुहोस । ताल पुनः निर्माण भए जैबिक विविधताको सरक्षण हुने बताउदै उनले भने, चराहरु सङै वन्यजन्तुहरुको आगमनले यहाँको पर्यटन प्रबर्द्धन गरि स्थानीयबासिको आर्यआर्जन सङ पनि जोड्न सकिनेछ ।
तालको पुरै क्षेत्रलाई सिमाङ्कन गर्नका लागि नापी कार्यलय, सुरक्षा निकाय, स्थानीय पालिका र डिभिजन बन कार्यलयलाइ माघको महिना बाट कामको सुरुवात गर्न आदेश दिदै उनले भने,सिमाङ्कन गर्दा केही अबरोध आएमा बल समेत प्रयोग गर्न सकिने छ । माघ महिना भित्र सिमाङ्कन गरि सक्ने र बाकी कार्य बृहत बहुवार्षिय योजना बनाएर काम चलिरहने उनले बताए ।


भजनी नगरपालिका–७ स्थित ऐतिहासिक र जैविक विविधताले भरिपुर्ण रहेको पुरैनाताल २०६८, २०७२ र २०७५ सालमा मोहना नदिमा आएको बाढिले पुरिएर बगरमा परिणत भएको थियो ।
मङ्गलबार स्थलगत अनुगमनमा पुगेका नापी कार्यलय कैलालीका प्रमुख जनक राज भट्टले सो तालको सिमाङ्कन /रेखांकन कार्य आफ्नो प्रतिस्ठा सङ्ग जोडिएकाले चाडै नै काम गर्ने बताएका छन ।


ताल संगै जोडिएका जमिन खनजोत गरि रहेका ब्यक्तिहरुको नम्बरी जमिनको किता नं र लालपुर्जा जम्मा गरेर नापी कार्यलयलाइ उपलब्ध गराइ दिन आग्रह गर्दै उनले भने, नम्बरी जमिनको रेखांकन ,सिमाङ्कन सहज रुपमा हुने र बाकी रहेको प्रती जमिन स्वत :ताल हुनेछ ।
काम गर्दा स्थानीय पालिकाको जनशक्ति कमि भए जिल्ला बाट पनि थप जनशक्ती पठाइ दिने र माघ देखि नै पुरैना तालको सिमाङ्कन र रेखांकन कार्य सुरु हुने उनले प्रतिबद्धता ब्यक्त गरेका छन् ।


यता तालको उत्खनन गरेर मानव निर्मित ताल निर्माणका लागि नगरपालिकाले प्रक्रिया अगाडि बढाइसकेको नगरप्रमुख केवल चौधरी बताए । उनका अनुसार ताल क्षेत्रको नापजाँचको काम सुरु गर्ने तयारीमा नगरपालिका छ । “हामीले जसरी पनि पुरैनातालको अस्तित्व जोगाउनुपर्छ भनेर लागेका छौँ त्यसमा हामी सफल हुन्छौँ”, उनले भने, “अब समस्या बजेटको छ । प्रदेश र सङ्घ सरकारले सहयोग गर्न सक्यो भने पुरैनाताललाई पुनःजीवन दिन समय लाग्ने छैन ।नापी कार्यलयलाइ जमिनको कित्ता नम्बर र लालपुर्जा उपलब्ध गराउन आर्थिक तथा प्राबिधिक सहयोग र समन्वयमा काम गर्न आफू तयार रहेको समेत उनले बताए ।


ताल पुरिएपछि आसपासमा जग्गा भएका जग्गाधनीले ताल अतिक्रमण गर्दै उपभोग गर्न थालेका थिए । स्थानीयको अतिक्रमणमा परेको ताललाई पुनःजीवन दिन धेरै प्रयास भएको वडा नं ७ का वडाध्यक्ष अमर कठरियाले बताए । उनका अनुसार तालको उत्खननका लागि आवश्यक बजेट अभावका कारण ताललाई पुरानै अवस्थामा फर्काउन सकिएको छैन ।
सरक्षणकर्मि बिजय राज श्रेष्ठले कुनै समय ताल अवलोकनका लागि आन्तरिक तथा बाह्य पर्यटक पुरैनाताल पुग्ने गरे पनि अस्तित्व सङ्कटमा परेपछि तालको इतिहास नै हराउने अवस्थामा पुगेको बताए ।


“यहाँ बाह्रै महिना सारस पाइन्थ्यो, अन्य प्रजातिका चराले तालको महत्वलाई अझै ऐतिहासिक बनाएको थियो”, उनले भने, “त्यो अवस्थामा देखेको तालको आज अस्तित्व खोज्नुपर्ने बेला आएको छ ।”
तालमा माछा, घडियाल, गोही लोपोन्मुख जलचर जनावर उदसमेत त्यस तालमा पाइन्थ्यो उनी भन्छन, जलचर जीव पाइने भएकै कारण त्यहाँ चराको सङ्ख्यामा कहिल्यै कमी आउँदैनथ्यो । “अझै अतिक्रमणमा परेको जग्गा खाली गराएर ताललाई पुनःजीवन दिन सकिने स्थिति छ” ।


यस अघि पनि डिभिजन बन कार्यलय पहलमानपुर र भजनी नगरपालिकाले पटक पटक ताल क्षेत्रलाई अतिक्रमण गरेर बाली लगाएकाहरुलाई स्वःफुर्त रुपमा छोड्न आग्रह गर्दा स्थानीयले आफ्नो नम्बरी जमिन रहेको बताउदै आएका थिए ।
पटकपटक नापी कार्यलय कैलालीलाई डिभिजन बन कार्यलय पहलमानपुरले तालको सिमाङकन को प्राबिधिक सहयोग माग गर्दै आए पनि नापि कार्यलय कैलालीले करण सि रावतको नेतृत्वमा टिम खटाएको पत्र पठाएको थियो तर त्यो कागजमा टिम पठाएको एक बर्ष बितिसक्दा पनि फिल्डमा कर्मचारी पुगेका थिएनन ।


स्थलगत अनुगमनमा प्रमुख जिल्ला अधिकारी मिश्र सहित नापी कार्यलय कैलालीका प्रमुख जनक राज भट्ट , प्रहरी उपरीक्षक देब्रेन्द्र पाल, नेपाली सेनाका प्रमुख सेनानी रबि के सि , उप अनुसन्धान निर्देशक राष्ट्रिय अनुसन्धान हरिष बिष्ट, डिभिजन वन कार्यलय पहलमानपुर प्रमुख राम बिचारी ठाकुर, भजनि नगरपालिका प्रमुख केवल लाल चौधरी, उपप्रमुख राजु तिरुवा, सरक्षणकर्मी बिजय राज श्रेष्ठ लगायतको टोलिले पुगेको थियो ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Legzo: почему новое поколение игроков выбирает этот формат

В последние два года российский рынок цифровых развлечений переживает странную трансформацию.Люди устали от однотипных предложений, где всё решает случай, а не твоя собственная голова.В Москве,

अझै पढ्नुहोस्