TRENDING
Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?
Next
Prev

पार्टी विवादबारे रेशमको स्पष्टोक्ति: रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो

शेयेर गर्नुहोस

धनगढी/नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले आफू र पार्टी अध्यक्ष रन्जिता श्रेष्ठबीच भएको असमझदारी घर झगडा नभई राजनैतिक रहेको प्रस्टाएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा उनले पार्टीको अवस्थाबारे व्याख्या गर्दै आफ्नो र रन्जिताको अडानलाई पनि प्रस्ट पारेका छन् ।

‘विषय जित हारको होइन, आज जिते प्रचण्ड,ओली जित्लान् । भोलि फेरि देउवा जित्लान् ’ उनले लेखेका छन्, ‘सरकार निर्माणका लागि बन्ने जुनसुकै गठबन्धन भनेको साना दललाई सिद्ध्याउने नै हो । त्यसैले हामी कसैका पछाडि नलागौँ,आफ्नो पार्टी निर्माणमा जुटौँ ।’

जुनसुकै गठबन्धनकापछि लाग्नु भनेको पार्टी डुबाउनु हो भन्दै रेशम लेख्छन्, ‘सन्दर्भ: घर झगडा हुँदै होइन,विषय राजनैतिक हो । मैले जानेको बुझेको यही हो । आज पनि हेर्नुस् , एमाले,माओवादी,कांग्रेस । यी ठुला दलका नेता,कार्यकर्ता सांसद कतै चलमलाएका छन् र तर एकीकृत समाजवादी,जसपा,नाउपा,लोसपा,रास्वपा,राप्रपा जस्ता साना दलमा कत्रो भुईँचालो गएको छ ?’

उनले यी उदाहरणहरूलाई देखाउँदै कुनैपनि गठबन्धनका पछाडि नलाग्न आग्रह गरेका छन् ।

रेशम चौधरीले नागरिक उन्मुक्ति पार्टी कांग्रेस कम्युनिस्ट नभई भौगोलिक सांस्कृतिक पहिचानसहितको सङ्घीयताका लागि समुदायमा आधारित समाजवाद प्रतिउत्पादनका लागि जन्मेको पार्टी रहेको बताएका छन् ।

आफू र श्रीमती रन्जिताको विषयमा उनी लेख्छन्,‘ म उनलाई सम्झाउन कैलालीबाट काठमाडौँ आएकै हुँ । दुई घण्टा वार्ता गरेकै हुँ,उनी टस कि मस भइनन् । उनको भनाइ छ – प्रचण्डले हाम्रो राजबन्दी रिहाइ गरे,हामीले उनको साथ छोड्नुहुन्न । ’

उनले टिकापुर घटनापछि पनि प्रचण्ड दुईचोटी प्रधानमन्त्री भएको तर रिहा नगरेको बताएका छन् ।

‘अहिले पनि कसैको कृपाले राजबन्दी रिहाइ गरेका होइनन् ,दुई लाख अठहत्तर हजार जनताको भोटले हामी रिहाइ भएका हौँ र तिमी पनि मन्त्री भएकी हौं । नागरिक उन्मुक्ति पार्टीले पाउने एक मन्त्रालयबाट हामीले केही उख्ल्नेवाला छैनौँ । जताबाट पनि भलो ठुलै दलको हुने हो,हामी एउटा मन्त्रालय लिएर सरकारमा सहभागी हुनु भनेको सिद्धिनु हो’ उनले रन्जितालाई भनेको कुरा सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

उनले केन्द्रीय कमिटीको निर्णय नमान्नेलाई कारबाही हुने भन्दै कारबाही भोग्न पनि तयार हुनु पर्ने उल्लेख गरेका छन् ।

अन्तिममा रेशम लेख्छन्,‘ मेरा कारण लाखौँ जनताको मन दुखेको मलाई अनुभूत भएको छ,त्यस कारण म क्षमा चाहन्छु तर पहिचानको आन्दोलनको सिपाही हुँ । कहिल्यै हार मान्नेवाला छैन । म अब आफ्नो घरपरिवारको भन्दा जनताको मान्छे हुँ । रन्जितालाई सम्झाउन नसक्नु मेरो विवशता हो,हार होइन।’

आज प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिँदै छन् । पार्टी अध्यक्ष तथा संसदीय दलका नेता रन्जिता श्रेष्ठ प्रधानमन्त्रीलाई विश्वासको मत दिन निर्देशन लिइसकेकी छन् भने रेशम चौधरी तत्काल विश्वासको मत दिन नहुने पक्षमा छन् । यसैबीच संस्थापक केन्द्रीय सदस्यहरूको दुई तिहाइ बहुमतले पनि सरकारलाई समर्थन नगर्ने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Misty Casino Para Yatırma Yöntemleri: Papara, Havale ve Kripto Karşılaştırması

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

Сколько зарабатывают стримеры казино Pinco в 2023 году?

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন

Mostbet এর কাজ কি: বাজির ভবিষ্যৎ ও উদ্ভাবন Mostbet হলো একটি জনপ্রিয় অনলাইন জুয়া প্ল্যাটফর্ম যা সারা বিশ্বে ব্যপক জনপ্রিয়তা লাভ করেছে। এটি বিশেষ করে

अझै पढ्नुहोस्
राजनीति

पहाडी जिल्लाको स्थलगत अवलोकनले पहाडको वास्तविक अवस्था बुझे मुख्यमन्त्री :शाह

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका सातै पहाडी जिल्लाको स्थलगत अवलोकनपछि पहाडको वास्तविक अवस्था बुझ् मद्दत मिलेको बताए। नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको ‘प्रेस

अझै पढ्नुहोस्
लेखहरु

जलवायु परिवर्तन सम्बन्धी खाका अभिसन्धी अन्तर्गत पक्षराष्ट्रहरुको सम्मेलन र नेपाल

लेखक: केशव पराजुली विश्वव्यापी जलवायु समझदारीको ऐतिहासिक कोषेढुंगाको रुपमा क्योटो प्रोटोकल ९१९९७० र पेरिस सम्झौता ९२०१५० विशेष महत्वपूर्ण छन्। क्योटो प्रोटोकलले विकसित देशलाई हरितगृह ग्यास

अझै पढ्नुहोस्