नेपाल महिला सघं कैलालीको ‘बनभोज कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस

जमुना न्युरे,धनगढी, /सधै कामकै व्यस्तामा रहने महिलाहरु सबै एकै स्थानमा जमघट भएर एकअर्काको सुखदुखका कुरा साटासाट गर्नमा व्यस्त थिए । कोही खाना पकाउनमा व्यस्त थिए भने कोही पाहुनालाई स्वागतको चाजोपाजो मिलाउदै थिए भने कोही कार्यक्रमको सेड्युल तयार पादै थिए ।

यो दृष्य हो महिला संघ कैलालीले धनगढीको जोखर तालमा आयोजना गरेको शनिबार बनभोज कार्यक्रमको । सधै पार्टीको काम र आफ्नो काममा व्यस्त रहने महिलाहरुले बनभोजको कार्यक्रमको आयोजना गरेर पुरुष महिला सबैलाई आमन्त्रण गरेर सबैको भेट हुने एक थलो बनाएका थिए ।

सधै आफ्नो व्यापार र सामाजिक कार्यमा व्यस्त रहने धनगढी महिला जेसिजकी अध्यक्ष समेत रहिसेकेकी सरस्वती भट्ट पाहुनाका लागि खानपनिको व्यबस्थापनमा भान्सामा व्यस्ता रहेकी थिईन् । ‘बर्ष भरी पार्टीको काम आफ्नो काममा व्यस्त हुुन्छौ’ भट्टले भनिन्–‘सबै दिदिबहिनीहरु एक ठाउमा जम्मा भएर रमाईलो गरेका हौ ।’

ट्रेड युनियन, शिक्षण पेशा र बिभिन्न सामाजिक संस्थामा अबद्ध शान्ति सिह शाह पनि बनभोजमा सबैलाई व्यबस्थापनमै व्यस्त देखिएकी थिईन् । सधै पार्टीको राजनीतिमा खटिने हामीहरु बर्षको एकपटक सामुुहिक बनभोजमा एकै स्थानमा जम्मा भएर रमाईलो गर्नेगरेको शाहको भनाई छ । सधै वकालत र सामाजिक संस्थामा व्यस्थ रहने रेनु प्रधान पनि दिदिबहिनीहरुलाई व्यबस्थापनमै व्यस्त थिईन् । बर्षको एकपटक भएपनि बिसुद्ध राजनीति छोडेर रमाईलो गर्न जमघट गरेको प्रधानले बताईन् । बनभोज कार्यक्रममा सबै नेता कार्यकर्ताहरु पनि बिशुद्ध रमाईलोकै मुडमा थिए ।

राजनीतिक खिचातानी भन्दा पनि सबै मिलेर बनभोजमा खुशीयाली र रमाईलो गर्नका लागि आयोजना गरिएको नेपाल महिला संघ कैलालीकी अध्यक्ष पुष्पा भट्टले बताईन् । ‘महिला संघले हरेक बर्ष यसरी नै बनभोज कार्यक्रम आयोजना गरी महिला जम्मा हुन्छौ’ अध्यक्ष भट्टले भनिन्–‘सबै राजनीति कुरा भन्दा पनि रमाईलो एकअर्काको सुखदुखका कुरा साटासाट थलो बनाएका छौ ।’बनभोजमा सहभागि सुदूरपश्चिम प्रदेश सभाकी प्रदेश संसद तुलसी दोबकोटाले पनि बनभोज कार्यक्रम आयोजना गरि सबै महिला एक ठाउमा भेट्न पाएकोमा खुशी व्यक्त गरेकी थिईन् ।

नेपाली काँग्रेस कैलालीका पार्टी सभापति नारायणदत्त भट्टले महिलाहरु सबै रमाईलो गर्नुका साथै सबै एकजुट हुन समेत आग्रह गरेका थिए । महिलाहरु पार्टीको खम्बा हुन् जसरी घर चलायर सफल भएका छन् अब पार्टीको मुलधारमा आउन के गर्नुपर्छ त्यसरी नै महिलालाई सफल नेतृत्व बनाउने प्रतिबद्धता समते पार्टी सभापति भट्टले प्रतिबद्धता व्यक्त गरेका छन् । बनभोजकार्यक्रममा काँग्रेसका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

महिला संघ कैलालीकी सचिव सारदा सोनामले औपचारीक कार्यक्रमको संचालन गरेकी थिईन् भने महिला नेतृ मेनका जोशीले स्वागत मन्तव्य व्यक्त गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित नवदुर्गा आधारभुत विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । बुधबार व्यवसायक्षेत्र स्थित विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक परिक्षण

अझै पढ्नुहोस्
समाचार

अतिक्रमण क्षेत्रको धान काटेर आम्दानी गर्दै मन्द्रेनिया सामुदायिक बन

जमुना न्युरे/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा न ३ बगुलियामा रहेको मन्द्रेनिया सामुदायिक वन उपभोक्ता समूह बगुलियाले सामुदायिक बन अतिक्रमण गरि लगाएको धान बाली उपभोक्ता आफैले

अझै पढ्नुहोस्
समाचार

एक दिने अन्तरक्रिया कार्यक्रम सप्पन्न

जमुना न्युरे,धनगढी /धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच र कानुन कार्यान्वयनको अवस्था र चुनौति तथा समाधानकालागी न्यायिक निकायसंग अन्र्तक्रिया धनगढीमा हिंसा प्रभावित महिलाहरुको न्यायमा पहुँच

अझै पढ्नुहोस्
समाचार

बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी बनाउन सके मात्र दिगो विकास सम्भब छ : मुख्यमन्त्री शाह

धनगढी/सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बजेट निर्माणसँगै बजेट विनियोजन र कार्यान्वयनलाई प्रभावकारी रुपमा सञ्चालन गर्नसके मात्र दिगो विकास सम्भब हुने एक कार्यक्रममा बताए । बिहिबार

अझै पढ्नुहोस्