नेपाल पूर्व प्रहरी संगठनले बुझाए कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र

शेयेर गर्नुहोस

धनगढी, २४ फागुन /नेपाल पूर्व प्रहरी संगठनले कैलाली जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बुझाएको छ । पूर्व प्रहरीहरुको ६० प्रतिशत भन्दा बढी कोषमा योगदान हुँदा हुँदै पनि नेपाल पूर्व प्रहरी संगठनले आफ्नो वर्ग माथि प्रहरी कल्याणकोष व्यबस्थापन संचालक समितिले आफुहरुमाथि घोर अन्याय गरेको ठहर गर्दै देश व्यापी रुपमा ज्ञापन पत्र बुझाएको र सोही अनुरुप कैलालीामा पनि ज्ञापन बुझाइएको नेपाल पूर्व प्रहरी संगठन कैलालीका अध्यक्ष दल बहादुर बोगटीले बताए ।

प्रहरी कल्याणकोषको न्यायाचित बितरण गर भन्ने नाराका साथ प्रहरी कल्याणकोष ब्यबस्थापनको विरोधमा देशब्यापी आन्दोलन र विरोध कार्यक्रमहरु अघि बढाउने भएको छ । हाम्रा मागहरु ज्ञापनपत्र बुझाएको ३५ दिन भित्र पुरा नगरे उग्र रुपमा आउन बाध्य हुने समेत ज्ञापनपत्र मार्फत चेतावनी दिएका छन् ।

नेपाल पूर्व प्रहरी संगठनले ६ बुँदे माग राख्दै आज देशब्यापीरुपमा देशभरका जिल्ला प्रहरी प्रमुखलाई ज्ञापनपत्र बझाएका हुन् ।

यस्ता छन् ६ बुँदे मागहरु )

१ आय व्ययको हिसाब किताब नेपाल पूर्व प्रहरी संगठनका पदाधिकारी तथा स्वतन्त्र चार्टर्ड एकाउन्टेन्ट वा अडिट फर्म समेत सहभागी गराई एक छानबिन समिति गठन गरियास् ।
२ नेपाल प्रहरी कल्याण कोषबाट ४० प्रतिशत पूर्व प्रहरीका लागि खर्च गरिनु पर्छ ।
३ प्रहरी कल्याण संचालक समितिमा ४० प्रतिशत पूर्व प्रहरीबाट हुने ब्यबस्था गरियास् ।
४ब्यापारीक कामहरु पूर्व प्रहरी संगठनलाई दिइयोस् , प्रहरी संगठनले ब्यापार नगरोस् ।

५पूर्व प्रहरी कल्याण समन्वय शाखा स्थापना गरियोस् ।
६ प्रहरीका अमर सहिद परिवारका सन्ततीका लागि १० प्रतिशत र प्रहरी परिचर देखि ब.प्र.ना.नि. दर्जा सम्मका पूर्व प्रहरीहरुका सन्ततीहरुका लागि ५ प्रतिशत नयाँ भर्ना कोटा प्रदान गर्ने ब्यवस्था गरियोस् । यस्तै गरि सुदूरपश्चिम प्रदेश प्रहरी कायलय धनगढी मा बरिस्ठ प्रहरी उपरीक्षक निरीक्षक डिल्ली बहादुर बिष्टलाई ज्ञापन पत्र बुझाएको छ
पुर्व प्रहरी सगठन प्रदेश अध्यक्ष उत्तम बहादुर सिंह ले सहित को टोलिले ज्ञापन पत्र बुझाएको हो । ज्ञापन पत्र बुझ्दै बरिस्ठ प्रहरी उपरीक्षक निरीक्षक बिष्टले यो आफुले सम्बन्धि निकाएमा पठाइ दिने बताए ।

ताजा खबर

Recognizing ESA Letters in Pennsylvania: A Comprehensive Guide

Live dealer tafels voor echte Nederlandse speler

Can I Obtain an ESA Letter From My Doctor?

Just how to Get an ESA Letter Near You: A Comprehensive Guide

The Ultimate Guide to Playing Licensed Roulette Online

Discovering the Cheapest ESA Letter Online: A Comprehensive Guide

सम्बन्धितखवर

छुटाउनु भयो कि !