नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश कार्य समिति पदस्थापन तथा यस क्षेत्रको पर्वतीय पर्यटनमाथि बहस

शेयेर गर्नुहोस


धनगढी/नेपाल पर्वतारोहण संघ (एनएमए) सुदूरपश्चिम प्रदेश कार्य समितिको पदस्थापन समारोह तथा यश क्षेत्रको पर्वतीय पर्यटन विकाससम्बन्धी बहस कार्यक्रम सोमबार धनगढीमा भएको छ ।

नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको उक्त कार्यक्रमले सुदूरपश्चिमका हिमाल, पर्वतीय सम्भावना र त्यसको उपयोग नहुनुका कारणबारे गहन बहसको मञ्च प्रदान गरेको छ ।


कार्यक्रमको अध्यक्षता नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेश अध्यक्ष कटक कठायतले गरेका थिए भने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइराला प्रमुख अतिथिका रूपमा सहभागी थिए । कार्यक्रममा नेपाल पर्वतारोहण संघका केन्द्रीय उपाध्यक्ष बोधराज भण्डारी, सगरमाथा आरोही सङ्गीता भण्डारी, पर्यटन व्यवसायी, सरकारी अधिकारी, स्थानीय जनप्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


कार्यक्रमको स्वागत मन्तव्य सैपाल गाउँपालिकाकी उपाध्यक्ष डोल्मा तामाङले राखिन । उनले सुदूरपश्चिममा पर्याप्त पर्वतीय सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म पर्यटनको चहलपहल नदेखिएकोप्रति चिन्ता व्यक्त गरिन ।


‘यहाँ आरोहण गर्न सकिने धेरै हिमाल छन् । तर, दुर्गम क्षेत्र, सडक, पूर्वाधार, सञ्चार र अन्य आधारभूत सुविधाको अभावका कारण पर्यटन भित्र्याउन सकिरहेका छैनौं,’ उनले भनिन, ‘रुट मात्र पहिचान गरेर हुँदैन, त्यसलाई प्रयोगयोग्य बनाउन पूर्वाधार अनिवार्य छ ।’ उनले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय नहुँदा सम्भावना कागजमै सीमित भएको उल्लेख गर्दै पर्वतीय पर्यटनलाई प्राथमिकतामा राख्न आग्रह गरिन ।


कार्यक्रमकै क्रममा नेपाल पर्वतारोहण संघ सुदूरपश्चिम प्रदेशको नवगठित कार्य समितिको औपचारिक पदस्थापन गरिएको छ । नवगठित समितिको अध्यक्षमा किशोर खड्का चयन भएका छन । यस्तै, उपाध्यक्षमा डोल्मा तामाङ, सचिवमा विक्रम ठकुल्ला, कोषाध्यक्षमा कटक कठायत चयन रहेका छन ।


सदस्यहरूमा संगिताकुमारी रोकाया, मिनराज राना, लोकराज भट्ट, रमेश केसी, राजन विष्ट र विशालसिंह कठायत रहेका छन । पदस्थापनपछि नवनियुक्त पदाधिकारीहरूले सुदूरपश्चिमको पर्वतीय पर्यटन प्रवद्र्धनलाई आफ्नो प्रमुख कार्यभार बनाउने प्रतिबद्धता जनाएका छन् ।
कार्यक्रममा मन्तव्य राख्दै नाटा (नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स)का पूर्व अध्यक्ष मायाप्रकाश भट्टले नेपाल सरकारले सुदूरपश्चिमलाई अव्यवस्थित र उपेक्षित बनाएको आरोप लगाए ।


‘छ हजार मिटरभन्दा माथि उचाइ भएका हिमालहरूमा आरोहणमा सरकारले नै बन्देज लगाएको देखिन्छ,’ उनले भने, ‘यसले सुदूरपश्चिमको पर्वतीय पर्यटनलाई अघि बढ्न नदिएको छ ।’ उनले नीति, नियम र अनुमति प्रक्रियामा सुधार नगरेसम्म निजी क्षेत्रले मात्रै पर्यटन प्रवद्र्धन गर्न नसक्ने धारणा राखे ।


नाटा अध्यक्ष प्रकाशविक्रम सिंहले सुदूरपश्चिममा पर्यटन प्रवद्र्धन गर्ने लक्ष्य भए पनि व्यवहारमा सरकारले आवश्यक सहयोग नगरेको गुनासो गरे । ‘सुदूरपश्चिममा धेरै हिमाल छन्, सम्भावना छ । अब पर्वतारोहणलाई त्यहाँसम्म पु¥याउन जरुरी छ,’ उनले भने, ‘तर सरकारको काम निजी क्षेत्रले गर्नुपरेको छ, जसका कारण पर्यटन व्यवसायी घाटामा छन् ।’ उनले पर्यटनलाई उद्योगका रूपमा हेर्नुपर्ने र राज्यले पूर्वाधार, नीतिगत सहजीकरण र प्रचार–प्रसारमा जिम्मेवारी लिनुपर्ने आवश्यकता औंल्याए ।
उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय पर्यटन इकाइ प्रमुख डबल बोहराले पर्यटन क्षेत्रमा बजेट विनियोजन पर्याप्त नहुने यथार्थ स्वीकार गरे ।

‘वैदेशिक पर्यटन तान्न सक्ने मुख्य क्षेत्र भनेकै साहसिक पर्यटन हो,’ उनले भने, ‘तर बजेट सीमित हुँदा सम्भावनाअनुसार कार्यक्रम सञ्चालन गर्न कठिन भइरहेको छ ।’ उनले प्रदेशस्तरमा पर्वतीय पर्यटनलाई प्राथमिकतामा राखेर बजेट वृद्धि गर्नुपर्ने सुझाव दिए ।
नेपाल पर्वतारोहण संघका केन्द्रीय उपाध्यक्ष बोधराज भण्डारीले पर्वतीय पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रदेश समिति गठन गरिएको बताए ।

‘सुदूरपश्चिममा १६ वटा हिमालमा आरोहण अनुमति दिइएको छ,’ उनले भने, ‘तर अहिलेसम्म अपि–सैपाल क्षेत्रमा मात्रै केही पहिचान भएको छ ।’ उनले आरोहणका लागि व्यवस्थित नक्सांकन, रुट विकास र प्रवद्र्धन सामग्री तयार गर्नुपर्नेमा जोड दिए । ‘नक्सा बिना आरोहण सम्भव हुँदैन,’ उनको भनाइ थियो ।
नेपाल पर्यटन बोर्डका खडकविक्रम शाहले बजेट विनियोजन भए पनि कार्यालय विस्तार नहुँदा खर्च हुन नसकेको समस्या औंल्याए । ‘संरचना र जनशक्ति बिना बजेट मात्रले काम हुँदैन,’ उनले भने, ‘प्रदेशस्तरमै कार्यालय र संयन्त्र विस्तार गर्नुपर्छ ।’


प्रमुख अतिथि तथा उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दिर्घनारायण कोइरालाले प्रदेशले केही गरेन भनेर नकारात्मक भावना फैलाउनु भन्दा अग्रसरता लिनुपर्ने धारणा व्यक्त गरे । ‘आफ्नो कार्यकालको स्पष्ट रोडम्याप बनाउनुहोस्,’ उनले आग्रह गर्दै भने, ‘दोस्रो प्रादेशिक गुरुयोजना बनिरहेको छ, त्यसमा पर्वतारोहणलाई समावेश गर्न सक्नुपर्छ ।’ उनले सुदूरपश्चिमबाट भइरहेको जनसांख्यिकीय विथोलनप्रति चिन्ता व्यक्त गर्दै पर्यटन विकासले रोजगारी सिर्जना गरी बसाइँसराइ रोक्न सक्ने विश्वास व्यक्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Flash Kasinot – Spela och vinn på nätet utan omsvep!

Gratis Spelen in Het Grande Vegas Casino

Jogo de Aposta Responsável no FamBet Casino

Hry v Kasinu Stone Vegas Casino online zdarma a bez registrace.

Jocurile De Noroc Cu Experiență Suplimentară La Sportuna Casino

Best Online Casino For Real Money

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

डिभिजन वनले घोडाघोडी तालमा मिचाहा प्रजातिलाई हटाउँदै

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको बिश्व रामसार सुचिमा शुचिकृत घोडाघोडी ताल नेपालकै पहिलो बर्ड सेन्चुरी (चरा अभय आरण्य क्षेत्र) घोडाघोडी तालमा मिचाहा प्रजाती बेसरम लाई हटाइउन थालिएको

अझै पढ्नुहोस्