नारा जुलुससहित त्रिनगरका विद्यार्थीकाे आन्दाेलन जारी

शेयेर गर्नुहोस

धनगढी । धनगढी उपमहानगरपालिका वडा नम्बर १ मा रहेको त्रिनगर माध्यामिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरु शिक्षककाे माग गर्दै आन्दाेलन जारी राखेका छन् ।
बुधबारदेखि उपमहानगर घेराउ गर्दै आन्दाेलित बनेका विद्यार्थीहरूले बिहिबार पनि प्रदर्शन जारी राखेका हुन् ।
विद्यालयको गेटमा तालाबन्दी गरेर उनीहरु आन्दोलनमा उत्रिएका थिए ।

बिधार्थि संख्या अनुसार शिक्षक दरबन्दी पूरा गर , बिद्यार्थीलाई न्याय दे , बिधालयमा राजनीति बन्द गर , विद्यार्थीको भबिस्य माथी खेलवड गर्न पाइन्दैन , बिद्यार्थी आन्दोलन जिन्दावाद लगायत नाराविषयगत शिक्षकको माग गर्दै विद्यार्थीहरु धनगढी उपमहानगरपालिका परिसर अगाडी नाराबाजि गरिरहेका हुन् ।


दुई हजार तीन सय ८० विद्यार्थी अध्ययनरत सो विद्यालयमा शिक्षक नेत्र खडायतको पनि सरुवा भएपछि विद्यार्थी आन्दोलित बनेका थिए । गणित विज्ञान विषयका शिक्षक खडायतको सरुवा भएपछि विद्यार्थीहरूले अध्यापन गर्नबाट बञ्चित हुनुपरेकाे छ ।
सो विद्यालयमा ९ जना शिक्षक कार्यरत रहेकामा एक जनाको सरुवा भएपछि अब ८ जना मात्र शिक्षक कार्यरत छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

धनगढी बजार लगाएर आसपास क्षेत्र जलमग्न

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

कैलालीका उत्कृष्ट खेलाडीहरु सम्मानित हुदैं

धनगढी/ कैलाली जिल्लाका उत्कृष्ट खेलाडीहरु सम्मानित हुने भएका छन् । कैलाली जिल्ला खेलकुद समितिको आयोजनामा पछिल्लो आर्थिक बर्षमा उत्कृष्ट प्रदर्शन गरेका विभिन्न खेलका खेलाडीहरुलाई नगद

अझै पढ्नुहोस्
पर्यटन

धार्मिक क्षेत्र परशुराम धाममा पर्यटक आकर्षण गर्न पानीको फोहोरा

डडेल्धुरा जिल्लाको परशुराम नगरपालिका वडा नम्बर ५ परिगाँउ अन्तरगत महाकाली नदिको किनारमा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र परशुराम धाममा पानीको फोहोरा निर्माण गरिएको छ । धार्मिक रुपमा निकै

अझै पढ्नुहोस्
राजनीति

रेशम चौधरीको रिहाइ माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सत्ति / जेलमा रहेका निलम्वित सांसद रेशम चौधरीको रिहाइ माग गर्दै लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् ।मंगलबार प्रधानमन्त्री

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

सेती प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी / धनगढी स्थित सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा बुधवार थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ५३ जनामा गरिएको पिसिआर

अझै पढ्नुहोस्