नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ मा प्रथम वडा भेला सम्पन्न

शेयेर गर्नुहोस

धनसरा बुढा,
टीकापुर/नागरिक उन्मुक्ति पार्टीको वडा नं. २ काे प्रथम वडा भेला तथा वडा समिति गठन गरिएको छ ।

बुधबार कैलालीको टीकापुर नगरपालिका वडा नं. २ मा नागरिक उन्मुक्ति पार्टीकाे प्रथम वडा भेला तथा वडा समिति गठन कार्य सुरु गरिएको हाे ।
समाजसेवी विश्राम चाैधरीकाे अध्यक्षतामा भएको वडा भेला तथा वडा कमिटी गठन कार्यक्रममा केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु, केन्द्रीय सदस्य तथा वडा नं. ४ का वडा अध्यक्ष लालविर चाैधरी,केन्द्रीय सदस्य तथा कार्यपालिका सदस्य रमेश वि.क., पार्टीका नेता टीकाराम चाैधरी र समाजसेवी छेदुलाल चाैधरी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

राजेश चौधरीकाे संयाेजकत्वमा २५ सदस्यीय वडा समिति गठन भएको छ । जसकाे सह- संयाेजकमा राम प्रसाद चाैधरी, काेषाध्यक्षमा रत्ना थारु, सचिवमा देवेन्द्र चाैधरी वि.क. र सह-सचिवमा विजय चाैधरी चयन हुनुभएको छ ।
केन्द्रीय सदस्य तथा वडा नं. ७ का वडा अध्यक्ष रामलाल डगाैरा थारु प्रमुख अतिथि रहनु भएको थियाे भने समाजसेवी राजेश चाैधरीले स्वागत गर्नुभएको कार्यक्रम संचालन केन्द्रीय सदस्य बलविर थारुले गर्नुभएको थियाे । पछिल्लो पटक नागरिक उन्मुक्ति पार्टीले विभिन्न वडामा आफ्नो संगठन विस्तार गरिरहेको छ ।

नागरिक उन्मुक्ति पार्टी दर्ता भइ संगठन विस्तार गर्न लागे संगै कैलाली लगायतका धेरै जसाे जिल्लामा बेग्लै किसिमको राजनीतिक तरंग फैलिरहेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

शिक्षा/स्वास्थ्य

कैलालीमा प्रभावकारी बन्दै “विद्यालय स्वास्थ्य तथा नर्सिङ” कार्यक्रम

सुखड/कैलालीको घोडाघोडी नगरपालिका–१० की रोशनी खड्का पेशाले नर्स हुन तर उनी स्वास्थ्य संस्था नगई शिक्षक जस्तै नियमित विद्यालय जान्छिन् । सरकारले ल्याएको विद्यालय स्वास्थ्य तथा

अझै पढ्नुहोस्
समाचार

एनजिओ र आइएनजिओ हरुले हामीलाई कार्यक्रममा प्रमुख अथिती र अथितिका रुपमा निमन्त्रणा होइन कार्यक्रम सहकार्य समन्वय हुनु पर्छ : मुख्यमन्त्री शाह

धनगढीमा भएको स्वस्थ्य क्षेत्र सुधार तथा पोषण सुरक्षाका लागि इनफ ( ENoUGH)अभियान को प्रदेश स्तरीय शुभारम्भ कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले प्रमुख

अझै पढ्नुहोस्
राजनीति

टीकापुरमा माओवादी केन्द्रको पार्टी कार्यालय भवन उद्घाटन

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र )काे वडा पार्टी कार्यालय उद्घाटन भएको छ । मंगलबार एक कार्यक्रमका विच वडा नं. २ काे

अझै पढ्नुहोस्
समाचार

कहिले रोकिन्छन् सरकार द्वन्द र बेपत्ता पारिएका परिवारहरुको आँसु

जमुना न्युरे,धनगढी/कैलाली जिल्लाको गौरिगंगा नगरपालिकामा बस्ने कृति चौधरीले राज्य परिवारबाट बेपता पारिएका आफ्ना श्रीमान अहिलेसम्म नत सास छ नत लास नै छ ,अहिले परिवारको सम्पूर्ण

अझै पढ्नुहोस्