नागरिक उन्मुक्ति पार्टीका बारेमा केही कुरा : गन्तिराम

शेयेर गर्नुहोस

नागरिक उन्मुक्ति पार्टिको जन्म :

नागरिक उन्मुक्ति पार्टी रहरले जन्मिएको होइन । आन्दोलनले जन्माएको हो । जनआन्दोलन २०६२/०६३ पछि अन्तरिम संविधान २०६३ को भावना अनुरुप नेपालमा भएका सबै आन्दोलनहरु राजनैतिक आन्दोलन भए तर संविधान जारी हुने समयमा थारुवान थरुहट सयुक्त सर्घस समिति र थारु कल्यानकारीणी सभाको नेतृत्वमा भएको आन्दोलन २०७२ राजनैतिक आन्दोलन भएन । नेपालको संविधान २०७२ बन्ने प्रक्रियामा टीकापुर घटना भयो ।

त्यो घटनालाई राज्यले राजनीतिक आन्दोलन मानेन । कैलालीको क्षेत्र नं १ बाट चुनाव लडेका रेशमलाल चौधरीलाई यो क्षेत्रका जनताले अत्याधिक मत दिएर रेशमलाल चौधरी लगायत राजबन्दीहरु निर्दोष हुन् भन्ने सन्देश दिए तर राज्यले संसद स्वीकार गरेन । जनताको अमुल्य मतको राज्यले कदर गरेन । अथवा संसारमा जनताको अदालत सबभन्दा ठुलो अदालत मानिएपनि जन अदालतले गरेको फैसाला पनि राज्यले स्वीकार गरेन ।

काग्रेस, माओवादी, एमाले सबै दललाई स्थापित गर्ने यहाँको मुलबासी आदिवासी थारु दलित महिला तथा पछाडि परेको वर्ग समुदाय भएपनि उनीहरुको उन्मुक्ति कुनै दलले चाहेन । माओवादी लगायतका दलले उठाएको एजेन्डा कार्यान्वयन भएको भए यो दल जन्मिने थिएन । त्यसैले सबै किसिमको अन्याय, अत्यचार, असमानता र विभेद विरुद्ध नागरिक उन्मुक्ति पार्टीको जन्म भएको हो ।
जातिय पार्टी : यो देशमा झण्डै २ सयको हाराहारी मा राजनीतिक दल दर्ता भएका छन् । ती मध्ये नागरिक उन्मुक्ति पार्टी पनि हो । कतिपयले यसलाई जातिय पार्टीको आरोप लगाउने गरेका छन् । तर वास्तविकता के हो बुझन जरुरी छ ।

नेपालका धेरै दलमा बाहुन जातिका नेता दलको अध्यक्ष बनेका छन् । माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छन् । एमालेको अध्यक्ष केपी शर्मा वली छन् । काग्रेसको सभापति शेरबहादुर देउवा छन् । तर उनीहरुको दललाई जातियताको आरोप लागेन । एउटा थारुको छोरा रेशमलाल चौधरीले दल खोल्दा जातिय पार्टीको आरोप किन लगाइन्छ ।

न्याय माग्दा जातिय कुरा हुन्छ भने यो साच्चै जातिय पार्टी नै हो । यो देशका आदिवासी जनजाति दलितलाई राज्यले कहाँनिर न्याय दिएको छ । जसले मन्दिरको घण्ट बनायो । उसैले मन्दिर पस्न पाएन । जसले यो देशमा श्रम पसिना बगायौ उसैलाई भुमीहिन बनाइयो । घरबारविहिन बनाइयो । तिनै शोषित पीडित अन्याय अत्याचारमा परेका नागरिकले न्याय समानता र विकासका लागि पार्टी खोल्दा जातिय पार्टी हुन्छ र ?

जातिय पार्टीको सानो उदाहरण गत स्थानीय तहको टीकापुर नगरपालिकाको निर्वाचन परिणामले देखाएको छ । एमालेबाट मेयरमा तपेन्द्र रावलले जीते । उपमेयरका उम्मेदवार कमला केसीले हारिन् । नेकाका उपमेयर पदका उम्मेदवार केशरी रावलले जीतिन् । मेयर पदका उम्मेदवार जंगबहादुर साउँदले हारे । यो निर्वाचन परिणामले नेका र एमाले जातिय पार्टी हुन् भन्ने पुष्टि गरेको छ ।

थारुहरु माथिको अन्याय :यो देशको तराइ भुमीमा ३ हजार वर्ष भन्दा अघिबाट थारुहरु बसेका हुन् । थारुहरु यो भुमीमा ३ हजार वर्ष अघिबाट बसेका हुन् भन्ने कुराको पुष्टि थारुलाई लाग्ने सिकल रोगले प्रमाणित गरेको छ । मान्छे जन्मेपछि नमरुन्जेल धेरै रोग लाग्न सक्छ । क्यान्सर टीवी जस्ता रोग छन् । धेरै रोगको उपचारका लागि अस्पताल खुलेका छन् । तर विडम्बना यो देशमा थारुलाई मात्र लाग्ने सिकलसेल रोगको अस्पताल किन खुलेन ? मलाइ लाग्छ यो राज्यको थारुहरुप्रतिको हेपाहा प्रवृति हो । विभेद हो । सिकलसेलका कारण थारु जाति नै सखाप हुने अवस्था पनि छ । तर राज्यलाई केही मतलव छैन । किनकी यो रोग थारुलाई मात्र लाग्छ ।

थारुमाथि राज्यले अन्याय गरेको अर्को उदाहरण टीकापुर घटना पनि हो । टीकापुर घटनापछि थारु समुदायलाई नै अपराधी ठहराइयो । राज्यपक्ष थारु विरोधीका रुपमा प्रस्तुत भयो । थारु जति सबै अपराधी हुन्, हत्यारा हुन् भन्ने ढंगले थारु समुदाय माथि व्यवहार भयो । टीकापुर बजारमा रहेका थारुका घर तथा पसलमा भदौ ८ गते कफ्र्युकै बीचमा आगजनी र तोडफोड भयो । तर न त्यो कार्य रोक्ने प्रयास सुरक्षाकर्मीबाट भयो, न त आगजनीमा संलग्नलाई पक्राउ नै गरियो ।
थारु समुदायका ५८ जनामाथि मुद्दा लगाइयो । टीकापुर घटना आरोपमा खोजी खोजी थारुलाई पक्राउ गरिनु तर थारुका घरमा आगजनी, तोडफोड लुटपाट गर्ने एकजना पनि पक्राउ नपर्नु थारुमाथि राज्यले अन्याय गरेको होइन र ?

सानो पार्टी : कथित ठुला भनाउदा दलहरुले नागरिक उन्मुक्ति पार्टीलाई सानो पार्टीको हौवा फैलाएका छन् । तर यही दलले ठुला भनाउदा दलको छोटो समयमा सातो लिएको छ । नागरिक उन्मुक्ति पार्टी भन्दा पुराना पार्टी यो देशमा अवस्य छन् । तर आम नागरिकले बुझनुपर्ने कुरा के छ भने पुराना पार्टीको आयु अब सकियो । उनीहरु बुढो भइसके । मक्की सके । झुत्राे लुगा सरह भैसके ,
जन्मिदा जोसुकै पनि सानो हुन्छ । सानो पार्टी भनेर आलोचना गर्नेहरु किन यो सानो पार्टीदेखि डराउदैछन् । उनीहरु डराउनुको मुख्य कारण नागरिक उन्मुक्ति पार्टीसित एजेन्डा छ । उनीहरु सित छैन । पार्टी स्थापित हुने एजेन्डाले हो ।

जनताको मायाले हो । बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनले नागरिक पार्टी सानो कि ठुलो भन्ने कुरा जनताको मतले प्रमाणित गर्नेछ ।
अवसरवादीहरु : पुर्वी तराइमा भन्दा पश्चिम तराइमा थारुहरुको बस्ती तुलनातमक रुपमा बाक्लो छ । यहा दंगाली देउखरी देशवरी राना र कठरिया भाषिक थारुहरु छन् ।

पुर्वी तराइमा अवध भाषिक क्षेत्रमा अवधि भाषा, भोजपुरी भाषिक क्षेत्रमा भोजपुरी र मैथिली भाषिक क्षेत्रमा मैथिली भाषाबाट प्रभावित भाषा थारुहरुले बोल्ने गरेको पाइन्छ । संस्कारगत दृष्टिले थारुहरु बढी स्वाभिमानी र सामुहिकतामा बस्ने र काम गर्न रमाउने साम्यवादी विशेषता बोकेका पाइन्छ । जाडरक्सी सेवन गर्ने नाचगानमा रमाउने यो जाति अत्यन्तै सरल इमान्दार र सोझो जाति मानिन्छ ।

जसको कारण हिन्दु ब्राहमणवादी सत्ता, राजनैतिक पार्टी र संघ संस्थाहरुले सोझो इमान्दारीपनको नाजायज फाइदा अहिलेसम्म उठाइरहेका छन् । सोझोपनाको फाइदा उठाउदै केही थान थारुहरुले हिजोका दिनमा पहिचानका नाममा लोकतान्त्रिक फोरम बनेर भोट मागे । उनीहरुलाई सोझा थारुले विश्वास पनि गरे । तर पहिचानको मुद्धा छरपस्ट छाडेर स्खलित भएका केही व्यक्तिहरु अहिले अवसरको खोजीमा काग्रेस बनेका छन् । थारु समुदायलाई धोका दिएर अवसर खोज्न गएकाहरु अवसरवादी होइनन् र ?

अन्त्यमा : नागरिक उन्मुक्ति पार्टी निकै शक्तिशाली छ । किनकी यो पार्टी पीडाबाट जन्मिएकाें पार्टी हो । यसमा जोडिएका सबै आम नागरिक कसैको दया मायाबाट जोडिएको होइन । अन्याय अत्याचार असमानता सहेर हामी बस्दैनौ भनेर आम नागरिक यो पार्टीमा जोडिदै गएका छन् । जो नागरिक आफु अन्यायमा नपरेको भएपनि अरुलाई अन्यायमा अत्याचारका परेको टुलुटुलु हेरेर बस्न सक्दैन त्यो पनि यो पार्टीको अभियानमा लाग्ने नै छ तर जो अरुमाथि शोषण दमन अन्याय अत्याचार गर्दै आएको छ । त्यो भने यो पार्टीको अभियानमा जोडिन सक्दैन । त्यसैले यो पार्टी शोषण दमन अन्याय अत्याचारका विरुद्ध संघर्षमा छ । आन्दोलनमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !