नयाँ गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

शेयेर गर्नुहोस

टीकापुर/नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ । नागरिक उन्मुक्ति पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो । 


नागरिक उन्मुक्ति पार्टीका संस्थापक केन्द्रीय सदस्य तथा टीकापुर नगरपालिका नगर प्रमुख रामलाल डंगौरा थारुले बुधबार बसेकाे संस्थापक केन्द्रीय सदस्यले गरेकाे निर्णय अनुसार नयाँ गठबन्धनसँग वार्ता गर्ने र सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको
सत्ती कर्णाली न्युजलाई जानकारी दिनुभयो ।

उहाँले सरकार संगकाे बार्ता पछि सुदूरपश्चिममा कांग्रेस सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा टुंगोमा पुग्ने बताउनुभयो । नयाँ गठबन्धनमा नागरिक उन्मुक्ति पार्टीले मुख्यमन्त्री संगै केही मन्त्रालयको दावी गरेको छ । मंगलबार प्रचण्ड सरकारले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेश सरकारकाे नेतृत्व लिन आग्रह गर्नुभएको थियाे ।

नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेशमा भाैतिक पुर्वाधार विकास मन्त्रालय, आर्थिक मामिला तथा याेजना मन्त्रालय संगै मुख्य मन्त्रीकाे दावि गर्दै आएको छ । त्यस्तै लुम्बिनी प्रदेशमा १ मन्त्री र १ राज्य मन्त्रीकाे माग गरेकाे छ भने केन्द्रिय सरकारमा १ मन्त्री संगै १ राज्य मन्त्री काे दावि गरेकाे समचार स्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

परशुराम साहित्य महोत्सव सम्पन्न

धनगढी/डडेल्धुराको भित्री मधेस स्थीत परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित

अझै पढ्नुहोस्
Uncategorized

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा द्वारा शैक्षिक सामग्री वितरण

हेमा श्री फाउन्डेसन नेपाल गौरीगंगा-६,कैलाली द्वारा साफेँबगर नगरपालिका-१३,बावला,अछाम स्थित श्री जाल्पादेबी आधारभुत बिधालयमा शैक्षिक सामाग्री बितरण गरिएको छ। सो बिधालयमा अध्ययनरत बिपन्न,आर्थिक अवस्था न्यून,एकल परिवारका

अझै पढ्नुहोस्
समाचार

खेतबारीबाट उद्दार गरियो अजिङ्गर

जमुना न्युरे,सुखड/कैलाली जिल्लाको घोडाघोडी नगरपालिका वडा ११ मुर्गहुवा गाउँ चन्द्र बहादुर चौधरीको धानबारीमा अजिङ्गर फेला परेको छ । सब डिभिजन बन कार्यलय सुखडका प्रमुख नितेश

अझै पढ्नुहोस्
समाचार

भजनीकाे कुसुमघाटबाट लागूऔषध सहित २ जना पक्राउ

भजनी/ कैलालीको भजनीनगरपालिकाकाे कुसुमघाटबाट दुई जना लागुओैषध सहित दुई जना पक्राउ परेका छन् । भजनी नगरपालिका-३ कुसुमघाटबाट २ ग्राम ७ सय ६० मिलिग्राम अवैध लागूऔषध

अझै पढ्नुहोस्