नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीसँग खोज्यो राष्ट्रियसभामा भाग

शेयेर गर्नुहोस


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले राष्ट्रियसभामा भाग खोजेको छ । नाउपा संरक्षक रेशमलाल चौधरी र अध्यक्ष तथा भूमि व्यवस्थामन्त्री रञ्जिता चौधरीले बिहीबार प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभा निर्वाचनमा गठबन्धनको सिट बाँडफाँटमा भाग खोजेको हो ।


नाउपाका संरक्षक चौधरीले सत्ती कर्णाली न्युज डटकम सँग भन्नुभयाे, ‘राष्ट्रियसभा निर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता भएको प्रधानमन्त्री ज्यूलाई जानकारी गरायौँ । हामी गठबन्धनमा रहेकाले सिट बाँडफाँटमा समेटियोस् भन्ने कुरा राखौँ ।’


माघ ११ गते राष्ट्रियसभाका १९ सिटको निर्वाचन हुँदैछ । गठबन्धनभित्रका नेपाली कांग्रेस, माओवादी, एकीकृत समाजवादी र जसपाले मात्र भागबन्डाको तयारी छ ।
आफ्नो पार्टीका सुदूरपश्चिममा १४, लुम्बिनीमा ४ र मधेसमा १ मत रहेको र उक्त मतभार महत्त्वपूर्ण भएकाले तीनमध्ये एक प्रदेशमा उम्मेदवारी पाउनुपर्ने चौधरीको भनाइ रहेकाेछ ।


नागरिक उन्मुक्ति पार्टीले भूमिसुधार मन्त्रालयको नेतृत्व सम्हालिरहेको नाताले कमैया तथा सुकुम्वासीको घरबासको व्यवस्थाबारे पनि प्रधानमन्त्रीसँग परामर्श भएको चौधरीले बताउनुभयाे । देशबाट युवाहरु बाहिरिरहेको भन्दै युवाहरुलाई देशमै रोक्नका निम्ति बाँझो जमिन उपयोग गर्ने दिने नीति लिनुपर्ने कुरा राखेको चौधरीको भनाइ रहेकाे छ ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुर नगरकार्यपालिकामा अर्थपूर्ण भुमिका निभाउँदै मन्जु

दुर्गा देवकोटा /संघीयता कार्यान्वयन पछि महिला सहभागीता वृद्धिका लागि थुप्रै अभ्यासहरु भएका छन । यसरी भएका अभ्यासले स्थानीय तहमा महिला सहभागिता बढाएको छ । हरेक

अझै पढ्नुहोस्