नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा सापकोटा

शेयेर गर्नुहोस

सुखड।  कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा हरि सापकोटा निर्वाचित भएका छन् । 

३२१ मत प्राप्त गरेर अध्यक्षमा सापकोटा निर्वाचित हुँदा अर्का अध्यक्षका उम्मेदवार हरिनन्द जोशीले ४९ मत प्राप्त गरेका थिए । त्यस्तै सचिवमा नारायण आचार्य निर्वाचित भएका छन् । आचार्यले २५६ मत प्राप्त गर्दा सचिवका अर्का उम्मेदवार टंकराज अधिकारीले १०२ मत प्राप्त गरे । १ हजार ३७६ सेयर सदस्य रहेको संस्थामा  ३९२ जनाले मात्रै मतदान गरेका थिए ।

७ सदस्य र दुई पदाधिकारीमा सर्वसम्मत भएपनि अध्यक्ष र सचिवमा सहमति नभएपछि निर्वाचन भएको थियो । त्यस अघि उपाध्यक्षमा मैना ढकाल र कोषाध्यक्षमा गगनसिंह बोगटी सर्वसम्मत भइसकेका थिए । अध्यक्षमा निर्वाचित भएका सापकोटाले केही वर्ष भित्रै सहकारीलाई नमुना सहकारी बनाउने प्रतिबद्धता जनाएका छन् । 

‘सबै सदस्यहरुलाई हामीले नकरोड घोडाघोडीको सदस्यमा छौँ भन्नेमा गर्व गर्ने गरि काम गर्छौ ’ उनले भने, ‘आफ्नै जग्गा सहितको सहकारी भवन निर्माण गर्ने लक्ष्य रहेको छ ।’

कैलालीको मध्य क्षेत्रमा अग्रणी सहकारी संस्थाको रुपमा रहेको नकरोड घोडाघोडी बहुउद्देश्यीय सहकारी २०६४ सालमा स्थापना भएको थियो  ।

ताजा खबर

Roleta Francesa Online: Uma Visão Especializada de um Jogador com 15 Anos de Experiência

Daily Cars And Truck Rental in Dubai: Whatever You Need to Know

Exactly how to Book a Private Yacht in Dubai

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन

नेप्लिज एसोसियसन अफ भिक्टोरियाको आयोजनामा न्याभ कपको २० औं संस्करणको पत्रकार सम्मेलन अस्ट्रेलियाको भिक्टोरियामा सम्पन्न भएको छ। न्याभ कपको सुरुवात जनवरी १२ देखि हुने र

अझै पढ्नुहोस्

Αξιολόγηση παιχνιδιών και προσφορών με το ninecasino για τους παίκτες στην Ελλάδα

Αξιολόγηση παιχνιδιών και προσφορών με το ninecasino για τους παίκτες στην Ελλάδα Ποικιλία Παιχνιδιών και Πάροχοι Λογισμικού Ζωντανό Καζίνο και Εμπειρία Παιχνιδιού Προσφορές και Μπόνους

अझै पढ्नुहोस्