धान दिवसको अवसरमा शुभकामना आदानप्रदान

शेयेर गर्नुहोस


टिकापुर/नेपाल प्रेस युनियन लम्की टीकापुर शाखाले असार १५ अर्थात धान दिवसको अवसरमा आज शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

शुभकामना कार्यक्रममा नेपाल पत्रकार महासंघको आगामी निर्वाचनका बारेमा समेत छलफल भएको छ । छलफलमा बोल्दै सहभागीहरुले महासंघका जिल्ला, प्रदेश र केन्द्रमा युनियनका उम्मेदवारलाई विजयी गराउने कुरामा एकमत हुनुपर्नेमा जोड दिएका छन ।

कार्यक्रममा नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य जमुना न्यूरेले महासंघको निर्वाचनमा केन्द्रित हुनुपर्ने बताईन । उनले युनियनमा हुने गुटबन्दीको अन्त्य हुनुपर्ने बताईन ।

सोही अवसरमा नेपाली काँग्रेस कैलाली क्षेत्र नम्बर १ का निवर्तमान सभापति तथा युनियनका नेता भुवनेश्वर अधिकारीले युनियनकर्मी बिचको एकता नै तागत भएको बताए । उनले विगतमा भएका कमी कमजोरीलाई सच्याएर अघि बढ्नुपर्ने बताए ।

नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश समितिका अध्यक्ष योगेश रावलले पत्रकार महासंघको निर्वाचन सौहार्दपूर्ण वातावरणमा सम्पन्न गर्न चुनौती थपिएको बताए । उनले महासंघको गरिमालाई ख्याल गर्दै सहज ढंगले नेतृत्व चयनमा सघाउन आग्रह गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कैलालीका उपाध्यक्ष दुर्गा देवकोटा, नेपाल प्रेस युनियन कैलालीका निवर्तमान अध्यक्ष श्रवण देउवा लगायतले शुभकामना दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

पुरानै मन्त्रालय कायम राख्ने :मुख्यमन्त्री सोडारी

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशको मन्त्रालय सङ्ख्या घटाएर छ वटा कायम गर्न लागेको छ । यसअघि छ वटा मन्त्रालय रहेकोमा मुख्यमन्त्री दीर्घबहादुर सोडारीले असार १६ गते

अझै पढ्नुहोस्
राजनीति

समानुपातिक सांसद गिरीलाई पदमुक्त

धनगढी/नागरिक उन्मुक्ति पार्टी नाउपाका एक प्रदेशसभा सदस्यको पद गएको छ । सभामुख भीम भण्डारीले नाउपा सांसद इन्दिरा गिरी पदमुक्त भएको सूचना टाँसेका हुन् । नाउपा

अझै पढ्नुहोस्
समाचार

एक दशक पछि फेरि गरियो परिक्षण उडान

धनगढी/टीकापुर विमानस्थल संचालनका लागि भन्दै नागरिक उडड्यन मन्त्रालयले गरेको पत्राचार अनुसार धेरै बर्ष देखि अलपत्र रहेको टीकापुर बिमानस्थलमा आज परिक्षण उडानको क्रममा नेपाल वायुसेवा निगमको

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट विद्यार्थीलाई न्यानाे कपडा बितरण

टीकापुर/टीकापुर नगरपालिकाको जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट आर्थिक अवस्था कम्जाेर भएका बिद्यार्थीहरुलाइ न्यानो कपडा वितरण गरिएको छ । जनतासंघ मेयर\उपमेयर कार्यक्रमबाट श्री भानुभक्त आधारभुत बिद्यालय टीकापुर ९

अझै पढ्नुहोस्