धान खेतीमा मुख्य समस्यामा रहेको गभारो किराकाे नियन्त्रण कसरी गर्ने ?

शेयेर गर्नुहोस

कृष्ण न्यौपाने / धानको गबाराे ( rice stem borer)

के हो त गाबारो?
किसानपिच्छे यस्लाइ फरक फरक नामले चिनिन्छ । कसैले पुतली भन्छन् भने कसैले लाब्रे कीरा!
गबारो कीरा धान खेत मा पाइने पुतलीको हो लार्वा स्टेज हो जसले धानको ढाठ र पात चपाएर खेतिम ठूलो क्षती पुर्याउँछ ।

धानखेतमा कलिलो अवस्थादेखि फूल फुल्ने अवस्थासम्म क्षति गर्ने गबरो विभिन्न रंगमा भेटिन्छन् । कलिलो अवस्थामा गुभाहरु मरेको र फूल फुल्ने अवस्थामा दूध नभरिएका भुसमात्र भएको सेता बाला देखिन्छन। वयस्क पुतलीले धानको पातमा फुल पार्दछ र फुलबाट ४–५ दिनमा मसिना लार्भाहरु निस्कन्छन् । लाभ्रेहरु सुरुमा पातमा यताउती घुमेर हरियो भाग खान्छन् र पछि डाँठमा प्वाल पारी भित्र पसेर विरुवाको कलिलो भाग खान्छन्। लार्भा हरु गुवो भित्र पसी मुख्य गुवाे खाएपछी धान पहेंलो भएर मर्छ। जसलाई “dead heart” भनिन्छ।

व्यवस्थापन : धानको पातको टुप्पोमा फूल हुने हुँदा बिहानीपख बोटको निरिक्षण गर्ने, फूल नष्ट गर्ने । प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गर्ने । धानको बिरुवाको सतह नजिकै फूलहरू हुने हुँदा खेतमा पानीको मात्रा बढाउने। समय समयमा गुभा भिज्ने गरी पानी छोड्ने ।

जैबिक विधि:
निमजन्य विषादी एजाडिराक्टिन ०.०३ % इ.सी. ३-५ मिलिलिटर प्रति लिटर पानीका दरले घोलेर स्प्रे गर्ने । माकुरा, लामो सिंगे फट्याङ्ग्रा जस्ता मित्र जीवहरुको संरक्षण गर्ने ।


रासायनिक बिधि :
इमाम्याक्टिन बेन्जोइड ५%, प्रती १६ लि. ट्यान्किमा पानीमा मिसाइ बिहानिपख स्प्रे गर्ने ।
क्लोरोपाइरिफस ५०% + साइपरमेथ्रिन ५% इ.सि. २ मिलिलिटर प्रति लिटर पानीको घोल बनाई स्प्रे गर्ने।
क्लोरान्ट्रनिलिप्रोल ०.४ % जी. ५०० ग्राम प्रति रोपनीका दरले खेतमा छिपछिपे पानी जमाएर छर्ने। विषादी छरेपछि कम्तिमा ४-५ दिनसम्म खेतवाट पानी बगेर जान दिनु हुदैन वा
क्लोरान्ट्रानिलिप्रोल १८.५ % एस.सि) १ मिलिलिटर ३ लिटर पानीमा मिसाई छर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Great Slots Kasinon – Neutral och Olikartade Spelsorter För Erhållna Resultat

Strategic platforms and kalshi promo code to maximize event outcomes efficiently

Eigenschaften und Funktionen des SpinBounty Casinos

What is Real Prize Casino?

Provocarea distractivă chickenroad în traficul aglomerat, un test de reflexe și strategie pentru fani

Fordelene ved underholdning vokser gennem nvcasino og skaber fantastiske præmier hver gang

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सुप प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको एक वर्षे उपलब्धी

नीतिगत तथा कानुनी सूधार तर्फ:१.सुदूरपश्चिम प्रदेश यातायात ब्यवस्था नियमावली–२०८० तर्जुमा गरिएको ।२.सुदूरपश्चिम प्रदेश यातायात सवारी भाडा निर्धारण गरीएको ।३. उपलव्ध सीमित स्रोत साधनबाट असिमित आवश्यक्ता

अझै पढ्नुहोस्

Пинап официальный сайт Казахстан: регистрация и начало игры

Пинап официальный сайт Казахстан: регистрация и начало игры Пинап официальный сайт Казахстан предоставляет игрокам уникальную возможность насладиться азартными играми в удобном и безопасном формате. Регистрация

अझै पढ्नुहोस्