धान खेतीमा मुख्य समस्यामा रहेको गभारो किराकाे नियन्त्रण कसरी गर्ने ?

शेयेर गर्नुहोस

कृष्ण न्यौपाने / धानको गबाराे ( rice stem borer)

के हो त गाबारो?
किसानपिच्छे यस्लाइ फरक फरक नामले चिनिन्छ । कसैले पुतली भन्छन् भने कसैले लाब्रे कीरा!
गबारो कीरा धान खेत मा पाइने पुतलीको हो लार्वा स्टेज हो जसले धानको ढाठ र पात चपाएर खेतिम ठूलो क्षती पुर्याउँछ ।

धानखेतमा कलिलो अवस्थादेखि फूल फुल्ने अवस्थासम्म क्षति गर्ने गबरो विभिन्न रंगमा भेटिन्छन् । कलिलो अवस्थामा गुभाहरु मरेको र फूल फुल्ने अवस्थामा दूध नभरिएका भुसमात्र भएको सेता बाला देखिन्छन। वयस्क पुतलीले धानको पातमा फुल पार्दछ र फुलबाट ४–५ दिनमा मसिना लार्भाहरु निस्कन्छन् । लाभ्रेहरु सुरुमा पातमा यताउती घुमेर हरियो भाग खान्छन् र पछि डाँठमा प्वाल पारी भित्र पसेर विरुवाको कलिलो भाग खान्छन्। लार्भा हरु गुवो भित्र पसी मुख्य गुवाे खाएपछी धान पहेंलो भएर मर्छ। जसलाई “dead heart” भनिन्छ।

व्यवस्थापन : धानको पातको टुप्पोमा फूल हुने हुँदा बिहानीपख बोटको निरिक्षण गर्ने, फूल नष्ट गर्ने । प्रकाश पासोको माध्यमबाट वयस्क पुतलीलाई आकर्षण गर्ने । धानको बिरुवाको सतह नजिकै फूलहरू हुने हुँदा खेतमा पानीको मात्रा बढाउने। समय समयमा गुभा भिज्ने गरी पानी छोड्ने ।

जैबिक विधि:
निमजन्य विषादी एजाडिराक्टिन ०.०३ % इ.सी. ३-५ मिलिलिटर प्रति लिटर पानीका दरले घोलेर स्प्रे गर्ने । माकुरा, लामो सिंगे फट्याङ्ग्रा जस्ता मित्र जीवहरुको संरक्षण गर्ने ।


रासायनिक बिधि :
इमाम्याक्टिन बेन्जोइड ५%, प्रती १६ लि. ट्यान्किमा पानीमा मिसाइ बिहानिपख स्प्रे गर्ने ।
क्लोरोपाइरिफस ५०% + साइपरमेथ्रिन ५% इ.सि. २ मिलिलिटर प्रति लिटर पानीको घोल बनाई स्प्रे गर्ने।
क्लोरान्ट्रनिलिप्रोल ०.४ % जी. ५०० ग्राम प्रति रोपनीका दरले खेतमा छिपछिपे पानी जमाएर छर्ने। विषादी छरेपछि कम्तिमा ४-५ दिनसम्म खेतवाट पानी बगेर जान दिनु हुदैन वा
क्लोरान्ट्रानिलिप्रोल १८.५ % एस.सि) १ मिलिलिटर ३ लिटर पानीमा मिसाई छर्ने।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

मिलनपुरमा कुखुराको आर्थिक सहयोग र चल्ला वितरण

धनगढी ,कैलाली जिल्लाको धनगढी उपमहानगर पालिकामा यु .एन .ओमन को आर्थिक सहयोगमा महिलाका लागि महिला द्घारा सामुदायिक भान्सा घर कार्यक्रम अन्तर्गत माइती नेपाल धनगढीले वडा

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा ठेकेदारकाे लापरवाहिले यात्रुलाई सास्ती, खाल्टा खनि मुल सडक अवरुद्ध गर्दा दुर्घटना हुने सम्भावना

टीकापुर/ काहिँ नभएको जात्रा हांँडिघाउँमा भने झै टीकापुरमा कालाेपत्रे निर्माणकार्यमा ठेकेदारकाे ढिलासुस्ति र सडक अवराेधका कारण यात्रुहरुलाइ सास्ती भएको छ । कैलालीको टीकापुर नगरपालिका १

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा दशाै राष्ट्रिय कर सप्ताह दिवस अन्तरगत अन्तरक्रिया कार्यक्रम

टीकापुर/ कैलालीको टीकापुर नगरपालिकाले दशाै राष्ट्रिय कर दिवसकाे अवसरमा सप्ताह दिवस कार्यक्रम गरि रहेको छ ।स्वेच्छिक कर सहभागीतामा अभिवृद्धि, सुशासन विकास र समवृद्वि भन्ने मुल

अझै पढ्नुहोस्
राजनीति

बर्दियामा नागरिक उन्मुक्ति पार्टीको जन जागरण तथा पार्टी प्रवेश कार्यक्रम , ३५० बढी प्रवेश

बर्दिया /पछिल्लो समय नागरिक उन्मुक्ति पार्टीमा अन्य पार्टिका नेता तथा कार्यकर्ता प्रवेश गर्ने क्रम जारी छ । कैलालीका विभिन्न ठाउँको कार्यक्रम सकेर पार्टीले आफ्ना गतिविधि

अझै पढ्नुहोस्