धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा

शेयेर गर्नुहोस

धनगढी जेसिजले नयाँ बर्षको अवसरमा आयोजना गर्दै आएको धनगढी हाफ म्याराथनको तयारी अन्तिम चरणमा पुगेको छ। धनगढीको समग्र विकासका लागि अब धनगढी दौडिन्छ भन्ने नाराका साथ आयोजना हुने दशौं संस्करणको धनगढी हाफ म्याराथन प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आज धनगढीमा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ। 

आगामी २०८१ बैशाख १ गते हुने हाफ म्याराथनको प्रायः अधिकांश तयारी सकिएको प्रतियोगिताका संयोजक आशिष शाहले जानकारी दिए। २०१४ देखि नयाँ बर्षको अवसरमा आयोजना सुरु भएको धनगढी हाफ म्याराथनको दशौं संस्करणले नेपाल एथलेटिक्सबाट स्वीकृत प्राप्त गरेको छ। यो म्याराथनमा कुनै रेकर्ड बनेमा यसका रेकर्डहरुले पनि मान्यता पाउने संयोजक शाहले जानकारी दिए। 

धनगढी हाफ म्याराथनको विजेताले नगद ६६,६६६ उपविजेताले नगद ४४,४४४ र तेस्रो हुनेले नगद ३३,३३३ प्राप्त गर्नेछन्। विजेता पुरस्कार धनगढीको निसर्ग हस्पिटल, उपविजेता पुरस्कार कैलाली उद्योग वाणिज्य संघ र तेस्रो पुरस्कार माया मेट्रो हस्पिटलले प्रायोजन गरेको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ। 

प्रतियोगिताको मुख्य आकर्षणको रुपमा रहेको धनगढी हाफ म्याराथन धनगढी रंगशालादेखि सुरु भएर सहिद गेट हुदैं गेटा मेडिकल कलेजको मनेहरा पुलको मोड भएर पुनः धनगढी रंगशालामा पुगेर समापन हुने पत्रकार सम्मेलनमा धनगढी जेसिजका अध्यक्ष अरुण सिंहले बताए।

प्रतियोगिता अन्तर्गत महिला तर्फ तथा कर्पोरेट र सञ्चारको ५ किलो मिटरको दौड पनि आयोजना गरिनेछ । दुई वटै विधाका विजेताले नगद ६,६६६ उपविजेताले नगद ४,४४४ र तेस्रो हुनेले नगद ३,३३३ प्राप्त गर्ने धनगढी जेसिजका अध्यक्ष सिंहले बताए। 

प्रतियोगिताको मुख्य प्रबद्र्धकमा जेसिज एभरेष्ट स्कुल रहेको छ भने प्रायोजकमा चैतन्य पाठशाला रहेको छ। यसैगरी प्रतियोगिताको प्रबद्र्धकमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद, सुदूरपश्चिम प्रदेश युवा परिषद, धनगढी उपमहानगरपालिका र नवजीवन को अपरेटिभ्स लिमिटेड रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त

धनगढी/पत्रकार एवम् सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी पटक रक्तदान गर्नु भएका रक्तदाता दीपक उपाध्याय रक्तदान सद्भाव दूतमा नियुक्त भएका छन् । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास

अझै पढ्नुहोस्
समाचार

टीकापुरका समाजसेवी कालुसिंह कडायतकाे निधन

टीकापुर/टीकापुर नगरपालिकाका पूर्व वडा अध्यक्ष कालुसिंह कडायतको निधन भएको छ । कडायतको ६६ वर्षको उमेरमा मंगलबार निधन भएको हो । मंगलबार विहान पेट दुख्यो भनेर

अझै पढ्नुहोस्
समाचार

लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण

सुखड/कैलालीको घोडाघोडी नगरपालिका ८ मा लोपोन्मुख जातीको क्षमता बिकासका लागि अभिमुखिकरण गरिएको छ । घोडाघोडी नगरपालिका वडा न ८ को आयोजना तथा राजमार्ग सञ्चारिका महिला

अझै पढ्नुहोस्
समाचार

अलमलमा सामुदायिक वन ,कस्ले काट्यो सामुदायिक वन परिषर तीन वटा सालको रुख

जमुना न्युरे,धनगढी /कैलाली जिल्लाको भजनि नगरपालिका वडा ९ मा पर्ने आमवारी मा रहेको सयपत्री सामुदायिक बन क्षेत्रमा हरियो सालको रुख काटियका छन् । सयपत्री सामुदायिक

अझै पढ्नुहोस्