धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित

शेयेर गर्नुहोस

आजको पहिलो खेलमा धनगढी क्रिकेट एकेडेमीले कैलाली मल्टिपल क्याम्पसलाई ४३ रनले पराजित गर्दै प्रतियोगिताको विजयी सुरुवात गर्यो। 

फाप्ला क्रिकेट मैदानमा निर्धारित १५ ओभरमा १२५ रनको लक्ष्य पछ्याएको कैलाली मल्टिपल क्याम्पसले पुरै ओभर ब्याटिंग गरेता पनि ९ विकेट गुमाएर ८१ रन मात्र बनाउन सक्यो। धनगढी क्रिकेट एकेडेमीका बलर निरज ऐरले ४ विकेट लिंदै कैलाली मल्टिपलको इनिंग्स धरासायी बनाए। प्लेयर अफ द म्याच घोषित ऐरले ३ ओभरमा १ मेडन ओभर फाल्दै मात्र ४ रन खर्चिए।

अनिश अवस्थी र मान साउदले २/२ विकेट लिए। कैलालीको ब्याटिंगमा गणेश ऐरले सर्वाधिक १७ तथा पंकज चौधरीले १४ रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन्। यस अघि टस हारेर ब्याटिंग गरेको धनगढी क्रिकेट एकेडेमीले १५ ओभरमा ६ विकेट गुमाएर १२४ रन बनायो।

धनगढीको लागि कप्तान विजय रानाले ओपनिंग ब्याटिंग गर्दै सर्वाधिक ४१ रन योगदान दिए जुन क्रममा उनले २६ बलमा ५ चौका र १ छक्का प्रहार गरे। हृतिक थापाले अविजित ३७ रन बनाए जुन क्रममा ३० बलमा ५ चौका र १ छक्का प्रहार गरे। निरज ऐरले १० बलमा १ चौका र २ छक्का मद्दतले २१ रन बनाए। कैलालीका बलर अभिषेक कुँवर, लोकेन्द्र खनाल र दिप कपडेलले २/२ विकेट लिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Rizikový Záskok v Klubu Ivy Bet Casino

Información sobre Godz Casino: Características y Servicios Ofrecidos

Casino Regina: Overview and Facilities

Dziewczyna z Kasynem Viu Viu

What is Silver Ace Casino? Overview of Online Gaming Venue Operations.

Marea Încărcare a Banilor la Monopol

सम्बन्धितखवर

छुटाउनु भयो कि !