द्वन्दपीडितको अवस्था अझै विजोग छः जिसस प्रमुख भुषाल

शेयेर गर्नुहोस


धनगढी, १४ फागुन । द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाको अवस्था अझै विजोग रहेको जिल्ला समन्वय समिति कैलालीका कार्यवाहक सभापति खगराज भुषालले बताएका छन ।


मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशको आयोजना तथा कुर्वे वुष्ट्रोको आर्थिक सहयोगमा ‘वैवाहिक आधारमा विभेद नगरौ’ भन्ने मुल नाराका साथ द्वन्द पीडित, सीमान्तकृत, एकल महिला र नेपाल प्रहरी लैङिकतामा आधारित हिंसा सम्बन्धी नागरिक संवाद कार्यक्रमका प्रमुख अतिथि रहेका उहाँले द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाको अवस्था अझै विजोग रहेको बताएका थिए ।

उहाँले भने ‘यहाँ धेरै ऐन कानूनको निर्माण भएको छ । त्यो कानून कार्यान्वयन भएको अवस्था छैन । अहिले पनि द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाहरुलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन । कानून कार्यान्वयन नभएसम्म हक अधिकार दिलाउन गाह्रो छ ।’ अहिलेको कानूनमा छोरीलाई पनि अंश र वंश दिनु पर्ने भनिएको छ तर त्यसको कार्यान्वयन अहिलसम्म भएको छैन । त्यसलाई कसैले पनि स्विकार पनि गरेको अवस्था छैन, उहाँले भने ।


द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाहरुलाई सीपसँग जोडन सके मात्र हिंसा न्यूनिकरण गर्न सकिने प्रमुख भुषालले बताए ।
कार्यक्रमका विशिष्ट अतिथि कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी गाउँपालिकाबाट द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाहरुका अवस्थामा सुधार ल्याउन चिन्तित रहेको बताए ।


द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाका लागि कैलारी–६ मा शान्ति संग्राहलय स्थापना गरेको र मानव अधिकारका लागि महिला एकल महिला समुहले गर्ने गरेको हरेक गतिविधिमा साथ दिदै आएको बताए । उहाँले भने, ‘अहिले पनि द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाहरु कुनै कार्यक्रम गर्न चाहे समन्वय गरी आगाडी बढने र पालिकाबाट हुनसेक्ना सहयोगको लागि सदैव तत्पर रहन्छौ ।’


जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशी निर्माण भएको कानून गोजीमा रहेको र त्यसलाई कार्यान्वयनको अभाव देखेको बताए । विगतका जस्तै अहिलेको अवस्था नरहेको र कुनै पनि द्वन्द पीडित, सीमान्तकृत, एकल महिला जटिल अवस्थामा छन भने बच्चाको जलम दर्ता, नागरिकताबाट बञ्चित भए स्थानीय सरकारको सनाखतबाट बनाउन सक्ने र बनाई रहेको बताए ।


जिल्ला प्रहरी कार्यालय कैलालीका महिला तथा बालबालिका शाखाका प्रमुख सरस्वती अधिकारी लैङिक अवस्थाबारे कार्यपत्र प्रस्तुत गर्दै लैङिक हिंसा न्यूनिकरण गर्न अहिले सोच र व्यवहारमा परिवर्तन ल्याउनु पर्ने जरुरी रहेका बताए ।
आर्थिक बर्ष २०८०÷०८१ सालमा जबरजस्तीकरणी ४०, जबरजस्ती करणी उद्योग १०, बालविवाह १, गर्भपतन २, बहुविवाह १६, मानव वेचविखन ३, मानव वेचविखन तथा जबरजस्ती करणी (अपहरण) १ वटा, बालयौन दुराचार ६ वटा मुद्दा दर्ता भएको बताए । त्यसै गरी लैङिक हिंसा ८१, घरेलु हिंसा २४० वटा मुद्दा दर्ता भएको बताए ।


महिला अधिकारकर्मी अम्बिका भण्डारी, सपना भण्डारी छोरीलाई अंश र वंश दिन कोही पनि तयार नभएको बताए । छोरी मान्छे घरपरिवारमा जग्गा विवादका कारण धेरै हिंसामा परेको बताए ।
इन्सेक प्रतिनिधि मैनामोति चौधरी लैङिक हिंसा, घरेलु हिंसाका तथ्याङक बढेको बताए । कैलारी गाउँपालिकाका महिला तथा बालबालिका शाखा प्रमुख बालकुमारी चौधरी द्वन्द पीडित, सीमान्तकृत, एकल महिला अदालतमा मुद्दा लडन नसेक्ने बताए । उहाँले भनिन,‘ हाम्रो न्यायलय खर्चिलो छ, झन्झतिलो छ, पहुँचयूक्त छैन, पीडितको फैसला सुनुवाईमा ढिला भएको कारण उनीहरु न्याय पाउनबाट बञ्चित भएको, मुद्दा होस्टाइल हुने, मुद्दा कुर्दा कुर्दै मृत्यु भएको र डिप्रेशनमा समेट परेको अवस्था छ ।’ तीनै तहको सरकारको न्यायलय पीडितमैत्री बनाउनु पर्ने, महिलाहरुलाई आत्मनिर्भर बनाउनु पर्ने जरुरी रहेको बताए । भौतिक विकाससंग्गे मानविय र सामाजिक विकासमा उहाँले जोड दिए ।


यूवा अभियन्ता ठाकुर प्रसाद करिया प्रधान अपाङता रहेका महिला झन ंिहसामा परेको बताए । उहाँले भने, ‘अपाङता भएको महिला तथा व्यक्तिलाई रोजगारी पाउन समस्या छ ।’ हिंसा कुन ठाउँ कहाँबाट भइरहेको छ खोजपडताल गर्न जरुरी रहेको बताए ।
बार एशोसियसन कैलालीका अध्यक्ष इन्द्र प्रसाद लेखक निशुल्क कानूनी सहायत कक्षमा रहेका अधिवक्ता राजीनामा दिएपछि अर्को अधिवक्ता नियूक्त नभएको ६ महिना वितेको बताए । उहाँले भने, उ कानूनी सहायता कक्षमा अधिवक्ता नभएपछि द्वन्द पीडित, सीमान्तकृत, एकल महिला निशुल्क पाउने सेवाबाट बञ्चित भएका छन । महिलासँगै पुरुष पनि ंिहसामा परेको उहाँले बताए । जिल्ला अदालतमा जबरजस्ती करणी, सम्बन्ध विच्छेद, कुटपिट लेनदेन जग्गा विवादका घटना बढेको बताए ।


मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेशका सल्लाहकार गोमा आचार्य अदालतमा दर्ता भएका धेरै मुद्दा होस्टाइल भइरहेका, फेक मुद्दा पनि दर्ता हुदै आएको बताए । उहाँले भने समाजमा धेरै घटना अहिले पनि बाहिर आउन सकेको छैन । महिलाहरुमा अहिले पनि हिंसा सहने प्रवृति रहेको बताए । प्रदेश सरकारबाट कानून बनाउने बेला विज्ञहरुसंँग छलफल र सल्लाह नगरेको बताए ।

मानव अधिकारका लागि महिला एकल महिला समुह सुदूरपश्चिम प्रदेश अध्यक्ष सुमन शर्माको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मानव अधिकारका लागि महिला एकल महिला समुहका जिल्ला अध्यक्ष भगवती हमाल र सहजीकरण मानव अधिकारका लागि महिला एकल महिला समुह प्रदेशका शान्ति परियोजना संयोजक वेद अवस्थीले गरेका थिए । कार्यक्रममा राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुख हरिप्रसाद ज्ञवाली, धनगढी–५ का वडा अध्यक्ष गजेन्द्र शाही, वडा नम्बर २ का वडा अध्यक्ष धर्म ओझा, नेपाल महिला संघका अध्यक्ष पुष्पा भट्टलगायत द्वन्द पीडित, सीमान्तकृत, एकल महिलाहरुको सहभागिता रहको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Veliki Svet za Zabavo pri Grand Mondialu

Estructuras sólidas para ganar con estrategias innovadoras en spinwinera casino online

Spanning en strategie verhogen je winkansen bij holyluck casino online vandaag

Discover the Exhilaration of Free Slot Gamings – No Download And Install Required!

No Account Casino Sites: The Future of Online Gambling

Are you able to win real money playing no-cost casino games?

सम्बन्धितखवर

छुटाउनु भयो कि !