देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने भीम रावलको घोषणा

शेयेर गर्नुहोस


धनगढी, १७ पुस पूर्वउपप्रधानमन्त्री भीम रावलले देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्ति निर्माणमा घोषणा गरेका छन् । राजधानीमा एक पत्रकार सम्मेलन गरी रावलले नेकपा एमाले घोषित सिद्धान्त, गन्तव्य र आदर्शविहीन बनेकाले वैकल्पिक पार्टी निर्माण गर्नु परेको निष्कर्ष सार्वजनिक गरेका छन् ।

‘आफ्नै घोषित सिद्धान्त, नीति र लक्ष्यका साथै नेपालको संविधानको मार्ग निर्देशनलाई समेत अवमूल्यन गरी केपी ओली गुटले नेकपा एमालेलाई दिशाहीन बनाउनुका साथै राष्ट्रिय राजनीति नै सिद्धान्तहीन, गन्तव्यहीन र आदर्शहहीन बाटोमा धकेलिएको छ’, रावलले निष्कर्ष प्रस्तुत गरेका छन्, ‘एमालेको रंग खुइलिएर बामाले ९बाको मात्र नाम लेउ० मा परिणत भएको छ भन्नु पर्दा अत्यन्त दुःख लागेको लाग्छ ।’ एमालेका पूर्वउपाध्यक्षसमेत रहेका रावलले एमालेको विकल्पमा पार्टी निर्माणको राष्ट्रिय अभियान चलाउने पनि घोषणा गरे ।

‘मातृभूमि जागरण अभियान सञ्चालन गरी देश र जताको हक र हितका लागि सबै देशभक्त इमान्दार शक्ति, व्यक्ति र समुदायलाई एकता गर्नुपर्छ,’ रावलले भनेका छन् । राष्ट्रिय अभियान हुँदै वैकल्पिक पार्टी निर्माण गर्दा देश र जनतासँग सम्बन्धित समग्र विचार, कार्यक्रम र नीतिलाई ध्यान दिइने उल्लेख गरेका छन् । ‘देश र प्रवासमा अभियान सञ्चालन गर्दै देशभक्तिपूर्ण वैकल्पिक राजनीतिक शक्तिको निर्माण अपरिहार्य बनेको छ । यसैतर्फ हाम्रा पाइला र प्रयासहरू अगाडि बढ्नेछ’, रावलले भनेका छन् ।

ताजा खबर

Actual Cash Ports Online PayPal: An Overview to Playing and Winning

Westace Review: Das Gute, das Schlechte, das Ehrliche

Legalne Polskie Kasyno Online: Twoje Bezpieczne Miejsce do Gry

Recognizing How to Get an ESA Letter

सम्बन्धितखवर

छुटाउनु भयो कि !

Kostenlose Slots mit Boni und Freispiele Wenn Sie Spielautomaten suchen, sollten Sie in Betracht ziehen, kostenlose Slots, die Bonus und Freispiele zu spielen. Diese Spiele

अझै पढ्नुहोस्

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন

Mostbet দিয়ে কিভাবে টাকা বের করবো: সঠিক সময় নির্বাচন প্রথমে আমাদের এই প্রশ্নের উত্তর দিতে হবে যে, Mostbet থেকে টাকা বের করার সঠিক সময় কখন।

अझै पढ्नुहोस्