दुख झेलिरहेका छबिलाई फेरि ताराको दुख आयो

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड /आफै अपांगता जिवन बाँचिरहेका कैलालीको घोडाघोडी नगरपालिका-१ हिम्मतपुर शिविरका छविलाल चौधरीले सिकलसेल एनिमियाबाट ग्रसित आफ्नी श्रीमती तारा कुमारी चौधरीको जिवन रक्षाका लागी अपिल गरेका छन् । घरको आर्थिक अवस्था एकदमै नाजुक भएका कारण उपचार गर्न समस्या भएपछि पीडित ३३ वर्षिया तारा कुमारी चौधरीका श्रीमान छविलाल चौधरीले सहयोगको याचना गरेका हुन् ।

गरिबीका कारण उपचार गराउन सक्ने अवस्था नरहेको उनका श्रीमान् छविलाल चौधरीले बताएका छन् । श्रीमती बिरामी भए पछि घोडाघोडी अस्पतालमा चेकजाँच गर्दा उनमा सिकलसेल एनिमिया रोग देखा परेको उनले बताए । श्रीमतीमा सिकलसेल एनिमिया रोग देखा परे पछि कसरी उपचार गर्ने चिन्तामा उनी रहेका छन् । उनको काठमाडौँ उपचार सम्भव रहेको बताइएको छ । उनलाई उपचार गर्न २० लाख बढी खर्च लाग्ने बुझिएको छ ।

आर्थिक अवस्था निकै कमजोर भएकाले उपचार लागी लाग्ने त्यति धेरै रकम जुटाउन नसक्ने अवस्थामा आफू रहेको उनको भनाई छ । श्रीमतीको उपचारका लागि लाग्ने खर्च व्यहोर्न सक्ने अवस्था नरहेकाले जीवन रक्षाका लागि सहयोगको याचना गर्नुको विकल्प नभएको उनले बताए । ९ वर्षको एक छोरा उनको छ । छविलाल आफैमा शारीरिक रूपमा अशक्त छन् । श्रीमती पनि अशक्त,अझ त्यही माथि सिकलसेल एनिमिया रोगले गर्दा झनै अशक्त भएका छन् ।

हिम्मतपुर मुक्त कमैया शिविरमा बसोबास गर्दै आएका छविलाल बेतबासको सामाग्री बनाउँदै माटोको भाडा बेच्दै आफू र आफ्नो परिवार पाल्दै आएका छन् । यति बेला भने उनी श्रीमतीमा सिकलसेल एनिमिया रोग देखा परे पछि निकै चिन्तामा रहेको छन् । उपचारका लागी उनी पैसाको खोजीमा भौँतारिरहेका छन् । सहयोग गर्न इच्छुक व्यक्ति वा सङ्घसंस्थाले छविलाल चौधरीको मोबाइल नम्बर ९७४६२५८४४८, ९८११६४७५५० मा सम्पर्क गर्न वा उनको नाममा कृषि विकास बैङ्क लिमिटेड सुखड कैलाली शाखामा रहेको खाता नम्बर ०८२२३०१५६३३९००११ मा रकम जम्मा गर्न सक्ने छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सामुदायिक वनमा मृत अवस्थामा चितुवा फेला

जमुना न्युरे,लम्की/कैलाली जिल्लाको लम्की चुहा नगरपालिका वडा १ रहेको महिला जागरण सामुदायिक वनउपभोक्ता समूहमा मृत अवस्था चितुवा फेला परेको छ । सामुदायिक वन बन ब्यवस्थापन

अझै पढ्नुहोस्
समाचार

घोडाघोडि क्षेत्र बिकास गर्छौ मुख्यमन्त्री शाह

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले घोडाघोडी क्षेत्रको विकासका लागि प्रदेश सरकारले पहल गर्ने बताएका छन् । कैलाली र कञ्चनपुरका प्रमुख सिमसार क्षेत्रहरूमा रहेका

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

टीकापुरमा घरदैलामै स्वास्थ्य सेवा प्रभावकारी बन्दै

टीकापुर/ टीकापुर–७ पदमपुरकी जेष्ठ नागरिक सेती चौधरीलाई ज्वरो आएर घरमै सुतिरहेकी थिईन् । कोरोना भाइरस सङ्क्रमण समुदायस्तरमै फैलेकाले सेतीलाई अस्पतालसम्म जान डर लाग्यो । ज्वरो

अझै पढ्नुहोस्
समाचार

मुख्यमन्त्री शाहले भने ‘भदौ ३१ मा बजेट’

धनगढी/सुदूरपश्चिम प्रदेश सरकारले समयमा बजेट ल्याउन नसक्दा अर्थतन्त्र धरासायी बनेको छ । सुदूरपश्चिम प्रदेश सरकारले भदौ ३१ गते चालू आर्थिक वर्षको बजेट ल्याउने तयारी गरेको

अझै पढ्नुहोस्