दुई दिने मानव अधिकार, लैङ्गिक हिंसा र जलवायु परिवर्तन तालिम सुरु

शेयेर गर्नुहोस

धनगढी/धनगढीमा मानव अधिकार, लैङ्गिक हिंसा र जलवायु परिवर्तन सम्बन्धी काम गर्ने पत्रकारहरुलाइ दुई दिने तालिम आज देखि सुरु भएको छ ।

तालीममा सहजीकरण गर्दै पत्रकार वसन्त प्रताप सिहले भने हामीले सधै सन्चार माध्यममा उठाइ रहेका सवालहरुलाइ अलि खोज तथा तथ्यांक परक बनाउदा त्यो समाचारले समाजमा राम्रो प्रभाव पार्ने , सामुदायिक वनमा रहेका स – साना मुद्दा तथा समस्याहरुलाइ समाचारको रूपमा ल्याउनु पर्नेमा जोड दिए ।
सामुदायिक वनले सामुदायिक बन मार्गदर्शन २०८१ बमोजिम कस्ता कस्ता काम गरेको छ।

सामुदायिक वन दिशानिर्देशमा सीमान्तकृत समुदाय, दलित र महिला सम्बन्धी विशेष प्रावधान र तिनको कार्यान्वयनको स्थितिमा कस्तो रहेको छ ।

सामुदायिक बन उपभोक्ता समुहलाइ सामाजिक न्याय र महिलाहरुलाइ कसरी जलवायु परिवर्तन सम्बन्धि जलवायु अनुकुल कार्यक्रम कसरी गर्ने ।
पत्रकारहरू मानव अधिकार रक्षक/सामाजिक न्यायका लागि मिडियाको भुमिका कस्तो खेल्न सकिन्छ भन्ने विषयमा सहजीकरण गरेका थिए ।

तालिममा सहजीकरण गर्द डि .सि .ए . नेपालको कार्यक्रम सयोंजक सुर्य कुमारी सुनारले कैलाली जिल्ला भजनी नगरपालिका र कैलारी गाउँ पालिका रहेका ५० वटा सामुदायिक बनमा महिला वातावरणिय मानवअधिकार लैङ्गकि रुपमा गरिने बिभेदहरु अध्ययन गरियको बताए ।

अब दुई बर्षमा ती सामुदायिक वनका लक्षित वर्गका उपभोक्ताहरुले सामुदायिक बनको बिधान अनुसार सेवा , सुबिधा र आर्थिक रुपमा सबल बनाउन कस्ता गरिबी निवारणलागि बिपन्नवर्गलाई कस्ता योजना तथा कार्यक्रम कार्यान्वयन गरियो भन्ने मा काम गरिने बताए ।

बिधानमा लेखीए बमोजिम वाषिर्क आम्दानीको ३७.५ पतिशत रकम लक्षित वर्गहरुले कसरी लिएर आर्थिक सबल बन्न सकिन्छ ,सामुदायिक बन नेपालमा सफल भएको कार्यक्रम हो अब दिगो बिकासमा जोड दिनु पर्ने बताए ।

सहभागीहरूले उनीहरूले सामाजिक न्यायमा कसरी रिपोर्टिङ गर्दै आएका छन्, उनीहरूले यी मुद्दाहरूमा किन रिपोर्टिङ गर्छन् र यी मुद्दाहरूमा रिपोर्टरको रूपमा उनीहरूको अनुभव कस्तो रहको छ ?भन्ने विषयमा आफ्ना अनुभव साटासाट गरेका थिए । कार्यक्रम माथी प्रकाश राष्ट्रिय आदिवासी जनजाति महिला सघंका कार्यकारी निर्देशक इन्दु चौधरी ले पारेकि थियिन ।

राष्ट्रिय आदिवासी जनजाति महिला सघंले आयोजना गरेको तालिममा कैलाली जिल्लाका विभिन्न सन्चार माध्यम काम गर्ने २० जना पत्रकार सहभागी रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

सात वर्षसम्म पनि सेति लोकमार्गको लक्ष्य अनुसार काम हुन सकेन

टीकापुर/निर्माण सुरु भएको सात वर्ष वितिसक्दा पनि सेती लोकमार्ग को एक सय ९२ किलोमिटर सडकमा ट्याक खोल्नै बाँकी रहेको छ ।कुल तीन सय ५९ किलोमिटर

अझै पढ्नुहोस्
Highlights

सेती प्रादेशिक अस्पताललाई ३५ लाख पर्ने मेसिन प्रदान

धनगढी- सेती प्रादेशिक अस्पताललाई रगत जाँच गरेर भिन्न स्वास्थ्य समस्याको पहिचान गर्न सकिने ३५ लाख मूल्य बराबरको मेसिन प्रदान गरिएको छ। एक समारोहबीच लाइन्स क्लब

अझै पढ्नुहोस्
समाचार

डब्लुडब्लुजेको अध्यक्षमा खड्का

काठमाडौँ/क्रियाशील पत्रकार महिला (डब्लुडब्लुजे) को अध्यक्षमा रामकला खड्‌का चयन हुनुभएको छ । हिजो भएको १२औं साधारणसभा तथा सातौँ अधिवेशनको सर्वसम्मतिबाट उहाँ अध्यक्षमा चयन हुनुभएको हो।

अझै पढ्नुहोस्
समाचार

परशुराम साहित्य महोत्सव सम्पन्न

धनगढी/डडेल्धुराको भित्री मधेस स्थीत परशुराम नगरपालीकामा रहेको परशुराम धाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ । परशुराम नगरपालीकाको आयोजना रंगुन साहित्य प्रतिष्ठानको सहकार्यमा संचालित

अझै पढ्नुहोस्