दुई दिने अभिमुखिकरण तालिम सुरु

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड / कैलाली जिल्लाको पहलमानपुरमा दुई दिने रेड सम्बन्धि अभिमुखिकरण तालिम आज सुरु भएको छ । कार्यक्रम रेड कार्यन्वय केन्द्र बबरमहल काठमाडौ को सहयोगमा प्रदेश वन निर्देशनालय धनगढी को आयोजनामा भएको छ ।

तालिममा समुदाय बनका पदाधिकारी , सरक्षणकर्मी , बनकर्मचारी सहभागिता रहेको छ । तालिममा जल वायु परिवर्तनमा योगदान पुर्‍याउने हरितगृह ग्यासको उत्सर्जनमा नकारात्मक असर पार्ने कार्बन लगायतका ग्यासहरुको उत्सर्जन बढाउन कार्यमा बनको क्षयिकरण र बिनासमा करिब २०% हिस्सा ओगटेको छ । यता दिनप्रतिदिन बनको जथाभावी फटानी ,कटानी ,आग लागी , र अतिक्रमण जस्ता कार्यले बनजङगल क्षेत्र कृषि सडक आदिमा परिणत हुनाले कार्बन उत्सर्जन बढ्दै जाने गरेको छ । बनको सरक्षण गर्ने हो भने बायुमण्डलमा रहेको कार्बनडाक्साइड जस्ता ग्यासलाई सोसेर उत्सर्जन घटाउनमा वनको महत्वपूर्ण भुमिका रहेको डिभिजन बन कार्यलय पहलमानपुरका प्रमुख गोकुल रिजालले बताए ।

यस्तै कार्यक्रममा बोल्दै प्रदेश बन निर्देशनायलय धनगढी का सह्ययक बन अधिकृत बालमुकुन्द भट्टले रेड प्लस लाइ अहिले को अवस्थामा बढिरहेको तीब्र रुपमा वन बिनास , क्षयिकरणमा न्यूनीकरण ,बन सुसासन ,बन माथिको स्वामित्व ,लैङ्गकि पक्ष र आर्थिक पक्षलाइ रेडले समेटेको बताए । तेस्तै कार्यक्रममा बोल्दै सामुदायिक बन समन्वय समिती पहलमानपुरका प्रमुख पुस्कल बहादुर बमले सामुदायिक बनमा पछिल्लो समयमा यस्ता खालका सरक्षण र सम्बर्द्धन क्रियाकलाप कम भएको , स्थानीय स्तरमा यस्ता क्रियाकलाप गर्न जरुरी रहेको बताए ।

सामुदायिक बनले बनको सिमा मात्र सरक्षण गरेको छ स्थानीयले परम्परागत रूपमा प्रयोग गर्दै आयको बन अधिकार सुनिश्चितता गर्ने पर्ने मा जोड दिदै रेडप्लसको समुहमा फाइदा र लाभासको न्यायोचित बितरणको ग्यारेन्टी गर्नुपर्दछ ।
सब डिभिजन बन कार्यलय सुखडका प्रमुख साहयक बन अधिकृत सोम घलानले वनमाथी स्थानीय समुदाय ,आदिवासी ,जनजाति को पहुँच बढाउन पर्छ यसो भयमा मात्र रेड कार्यन्वयनहुन बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

प्रमुखको अपमान गरेको कांग्रेस सुदूरपश्चिम संसदीय दलको ठहर

धनगढी/सुदूरपश्चिम प्रदेशको मंगलबारदेखि सुरु भएको विशेष अधिवेशनमा मुख्यमन्त्री दीर्घबहादुर सोडारी अनुपस्थित भएका छन्। दिउँसो २ बजे सुरु भएको बैठकमा प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी

अझै पढ्नुहोस्
शिक्षा/स्वास्थ्य

कर्णाली मा.वि.काे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम सम्पन्न

टीकापुर/टीकापुर -१ स्थित कर्णाली माध्यमिक विद्यालयकाे सामाजिक परिक्षण प्रतिबेदन सार्वजनिक कार्यक्रम तथा अभिभावक भेला सम्पन्न भएको छ । मंगलबार विद्यालयले आर्थिक वर्ष २०७७/०७८ काे सामाजिक

अझै पढ्नुहोस्
समाचार

टीकापुरमा क्वारेन्टाइन कार्यालय पुनः स्थापनाका लागि नगर प्रमुख थारुद्वारा मन्त्रीलाई ज्ञापन पत्र

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।बिहीबार

अझै पढ्नुहोस्

टीकापुर-लम्की क्षेत्र अपराधको ‘हब’ बन्दै सजिलै भारत पस्छन् अभियुक्त, त्रासमा स्थानीय

मान बहादुर ठकुल्लाटीकापुर / कैलालीको पूर्वी क्षेत्र कुनै बेला पर्यटकीय स्थलका कारण चर्चामा रहेकाे थियाे। कर्णाली नदीमा एउटा पिलरमा अडिएको चिसापानी पुल, टीकापुरको वीरेन्द्र पार्क

अझै पढ्नुहोस्