दिलिप पेस्तोल, गोली, जरायोको सिङ सहित प्रकाउ

शेयेर गर्नुहोस

भजनी,कैलालीको भजनी नगरपालिका–९ आमबारि मा अवैध हातहतियार लुकाएर राखेको सूचनाका आधारमा प्रहरीले छापा मारेको छ।

दिलिप कार्कीको घरमा खानतलासी गर्दा पेस्तोल, गोली, जरायोको सिङदेखि मयुरको प्वाँखसम्म भेटिएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी राज कुमार सिंहले बताएअनुसार, विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले ५० वर्षीय दिलिप कार्की, उनका छोरा २२ वर्षीय विकास कार्की र स्थानीय ३० वर्षीय सुरेश विकलाई नियन्त्रणमा लिएको हो।

“एक जना मात्र होइन, बाउछोरा नै हतियार लुकाएर बसेका रहेछन्। झन जंगलबाट ल्याइने अवैध वन्यजन्तुका अवशेष पनि भेटियो, अनुसन्धान अझै जारी छ,” डिएसपीले बताए।

बरामद सामान यस्तो छः

  • ‘NF BABY’ लेखिएको पेस्तोल १ थान, ११ गोली र म्यागजिन
  • ०.२२ बोर (हर्नेट) पेस्तोल १ थान, २४ गोली
  • कटुवा पेस्तोल १ थान
  • भरुवा बन्दुकको काठ भाग, छर्रा १ डिब्बा र बन्दुकको घोडा
  • मयुरको प्वाँख २ गुच्छा
  • जरायोको सिङ ३ थान

पक्राउ परेकामाथि हातहतियार तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। थप विवरणहरू आउने क्रममै रहेको डिएसपीले जानकारी दिए ।

ताजा खबर

Sava Spin: A Deep Dive into the Modern Player’s Playground

Casino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

कैलालीमा कांग्रेसको आजदेखि नगर अधिवेशन सुरु

Cassino Online Dinheiro Real Pix: Tudo o que você precisa saber

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

भूकम्पहरूले भत्काएका संरचना पुर्ननिर्माण चुनौतिपूर्ण

बहुप्रकोपीय विपदको सामना गर्दै आएको देश नेपालमा पछिल्लो समयमा गएका भूकम्पहरूले भत्काइका संरचना पुर्ननिर्माण गर्नु निकै नै चुनौतिपूर्ण हुँदै आएको यस क्षेत्रका विज्ञहरूले बताएका छन्

अझै पढ्नुहोस्