TRENDING
Как играть в казино Pinco на минимальные ставки и выигрывать?
Как играть в казино Pinco на минимальные ставки и выигрывать?
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি
Next
Prev

दिन प्रतिदिन बढिरहेको तापक्रमले वातावरणमा समस्या निम्त्याउँदैछ, मन्त्री चौधरी

शेयेर गर्नुहोस

जमुना न्युरे,सुखड/सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रामेश्वर चौधरीले दिन प्रतिदिन बढिरहेको तापक्रमले समस्या निम्तयाउदै गइरहेको बताए । डिभिजन वन कार्यालय पहलमानपुरले वातावरण दिवसको अवसरमा बिहीबार कैलालीको घोडाघोडीमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रत्येक वर्ष .७ डिग्री तापक्रम बढिरहेको बताए ।

उनले भने , अहिले ४८, ४९ डिग्री तापक्रम बढिरहेको छ अबको १० वर्षमा ५४, ५५ सम्म बढ्न सक्ने खतरा छ । यसलाई कम गर्नका लागि सबैले वृक्षारोपण गर्नुपर्छ, चौधरीले जोड दिए ।
वातावरण जोगाउनका लागि आजै बाट प्रति व्यक्तिले ५ देखि दश ओटा सम्म रुख बिरुवाहरू रोप्नु पर्ने उनले भने ।
प्लास्टिक प्रदूषण नियन्त्रण हाम्रो दायित्व भन्ने मूल नाराका साथ यो यस पटक वातावरण दिवस मनाइएको हो ।

मन्त्री चौधरीले दैनिक जीवनमा प्लास्टिक जन्य वस्तुहरूको प्रयोग न्यून गर्नुपर्ने पनि बताए । प्लास्टिकले वातावरण लाई मात्र होइन जमिनको उर्वरा शक्तिलाई पनि कम गर्छ उहाँले भन्नु भयो, हामीले गर्ने क्रियाकलापले वातावरण दिनानुदिन दिन प्रदूषण भइरहेको छ ।

वन विनाशका कारण वातावरणमा परेको असरले सिमसार क्षेत्र, पानीको मुहान, विभिन्न ताल तलैयाहरू सुक्दै गएका छन् यस तर्फ सबैको ध्यान जान आवश्यक छ उनले भने ।

कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले सहजताका लागि पलाष्टिकको प्रयोग गरे पनि त्यसले वातावरणमा प्रत्यक्ष असर पारिरहेको छ , अब दैनिक जिवनमा प्लास्टिकको सट्टामा कपडा,फाइबर जुट लगायत बाट बनेको झोलाहरु प्रयोग गर्नु पर्ने बताए ।

डिभिजन वन कार्यालय पहलमानपुरका डिभिजनल वन अधिकृत रामचन्द्र कँडेलले वातावरण संरक्षणका लागि सबै जना एक हुनु पर्ने बताए ।

एक जनाले संरक्षण गरेर केही हुँदैन उनले भने “सबै निकायहरू एकजुट हुनु पर्छ ” ।
विभिन्न संरक्षकर्मिहरुले बोलेको कार्यक्रममा“प्लास्टिक होइन प्रकृति रोजौँ”, “प्रदूषण हटाऊ पृथ्वी बचाऔ”, “पुन प्रयोग गरौँ, पुन उपयोग गरौँ, पुन चक्रण गरौँ” लगायतका नारा लगाई र्‍याली समेत निकालिएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर

Как играть в казино Pinco на минимальные ставки и выигрывать?

Как играть в казино Pinco на минимальные ставки и выигрывать?

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

Mostbet সম্পর্কে জানতে চাই? উন্নত বেটিং প্রযুক্তি

सम्बन्धितखवर

छुटाउनु भयो कि !

समाचार

टीकापुरमा क्वारेन्टाइन कार्यालय पुनः स्थापनाका लागि नगर प्रमुख थारुद्वारा मन्त्रीलाई ज्ञापन पत्र

टीकापुर/ टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगाैरा थारुले प्लान्ट क्वारेन्टाइन र खाद्य गुणस्तर परिक्षण कार्यालयकाे पुनः स्थापनाका लागि मन्त्रीलाई ज्ञापन पत्र बुझाउनु भएको छ ।बिहीबार

अझै पढ्नुहोस्

Что такое Mellstroy Game? Mellstroy Game – онлайн‑казино, появившееся в 2023‑м году и уже привлекшее внимание казахстанских игроков.Платформа обещает современный игровой опыт: слоты, настольные игры

अझै पढ्नुहोस्